राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा शुभचिन्तक परिवारजनमा समवेदना व्यक्त

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा शुभचिन्तक परिवारजनमा समवेदना व्यक्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस २५ गते बिहिबार ०९:४१

समवेदना व्यक्त गर्ने टोलीमा पार्टीको जिल्ला, नगर समिति तथा वडा समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।

पार्टीद्वारा शोकसन्तप्त परिवारजनमा समवेदना पत्र हस्तान्तरण गरिएको थियो ।

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङ जिल्ला समितिद्वारा आफ्ना शुभचिन्तक परिवार जन शोकमा परेकोमा उहाँहरूको निवासमा पुगेर समवेदना व्यक्त गरेको छ । पार्टीका जिल्ला सभापति अशोक सापकोटाको नेतृत्वमा भएको एक टोलीले सो कार्य पुस २४ गते गरेको हो ।
बेसीशहर नगरपालिका– ७ को हाइस्कूल चोक निवासी रास्वपाका शुभचिन्तक बलराम खत्री÷गीता खत्री, गोविन्द खत्री÷शान्ता खत्री तथा रामबहादुर खत्री÷बन्दना खत्रीको निवासमा पुगेर समवेदना व्यक्त गर्ने काम गरेको हो । सो टोली एक समवेदना पत्रका साथ खत्री निवासमा पुगेको थियो । सो टोलीमा पार्टीको जिल्ला, नगर समिति तथा वडा समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।
रास्वपाका सोही वडाका अध्यक्ष राजकुमार घिमिरेले समवेदना पत्र पढेर सुनाउनु भएको थियो । त्यसलाई पार्टीका जिल्ला सभापति अशोक सापकोटा, जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, पार्टीको जिल्ला उपसभापति एवम् वडानं ६ का अध्यक्ष प्रकाश थापा, रास्वपाका जिल्ला सदस्यद्वय होमबहादुर राउत र सविता अधिकारी बराल, सोही दलका बेसीशहर नगर सभापति कृष्ण राउत, सोही वडाका पार्टी उपसभापति राजकुमार राउत, सो दलका वडानं ७ का सचिव विष्णु घिमिरे, वडानं २ का सामाजिक कार्यकर्ता हरि धिताललगायतका शुभचिन्तकहरूको उपस्थिति थियो ।
बलराम खत्री तीन भाइका पिता डिलबहादुर खत्रीको ८३ वर्षको उमेरमा भएको दुःखद तथा असामयिक निधनमा रास्वपा पार्टी परिवारले उहाँको निवासमा पुगेर स्वर्गीय बाबा डिलबहादुर खत्रीको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको हो । साथै स्वर्गीय आत्माको बैकुण्ठमा बास होस् भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङ परिवार कामना गरेको हो ।

प्रकाशित मिति २०८१ पुष २५, बिहीबार २१:४१ गते
हजुरको प्रतिक्रिया