वरिष्ठ अधिवक्ता (काँग्रेसका) त्रिपाठीमाथि कुटपिट उपर ज्यान मार्ने उद्योग कसुरमा म्याद थप

वरिष्ठ अधिवक्ता (काँग्रेसका) त्रिपाठीमाथि कुटपिट उपर ज्यान मार्ने उद्योग कसुरमा म्याद थप

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ ६ गते आईतबार ०८:५५

पक्राउ परेका केसी त्रिपार्टी कै पार्टी नेपाली काँग्रेसका पूर्वकार्यकर्ता भएको बताइएको छ । पछिल्लो समय केसी काँग्रेसप्रति वितृष्णा जागृत भएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)तर्फ आकर्षित भए पनि उनले रास्वपाको सदस्यता भने लिइनसकेको रास्वपाको पार्टी स्रोतले जनाएको छ ।

यस काण्डमा पनि रास्वपाका कार्यकर्तालाई फसाउने र बदनाम गर्ने सरकारको धेय भने पुष्टि हुन सकेको छैन ।

काठमाडौँ– वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठी (काँग्रेसका) माथि कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । दोलखाको तामाकोशी गाउँपालिका– १ का ४८ वर्षीय ललितकुमार केसीलाई माघ ४ गते पक्राउ गरेको हो ।
केसी हाल जिल्ला ललितपुर जिल्लाको महालक्ष्मी नगरपलिका– ५ को टिकाथली बस्ने गरेको बताइएको छ । प्रहरीले काठमाडौँ जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा त्रिपाठीमाथि माघ २ गते आक्रमण भएको थियो ।
पक्राउ परेका केसीलाई ज्यान मार्ने उद्योग कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी नवराज अधिकारीले बताउन्ु भएको छ । सो दिन अदालतबाट बहस सकेर निस्केपछि, सडक पार गर्ने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीउपर लछारपछार भएको थियो । त्यस समयमा त्रिपाठीलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो ।
उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका केसी त्रिपार्टी कै पार्टी नेपाली काँग्रेसका पूर्वकार्यकर्ता भएको बताइएको छ । पछिल्लो समय केसी काँग्रेसप्रति वितृष्णा जागृत भएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)तर्फ आकर्षित भए पनि उनले रास्वपाको सदस्यता भने लिइनसकेको रास्वपाको पार्टी स्रोतले जनाएको छ ।
यस काण्डमा पनि रास्वपाका कार्यकर्तालाई फसाउने र बदनाम गर्ने सरकारको धेय भने पुष्टि हुन सकेको छैन ।

प्रकाशित मिति २०८१ माघ ६, आईतवार ०८:५५ गते
हजुरको प्रतिक्रिया