पत्रकार बास्तोलाको दुर्घटनामा निधन

पत्रकार बास्तोलाको दुर्घटनामा निधन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख ३० गते मङ्गलबार १२:०२

अघिल्लो स्थानीय तह निर्वाचनमा पोखरा– ११ मा एमालेबाट अध्यक्ष पदका उम्मेदवार उनी हाल पोखरा न्यूरोडको पिपल्स बचत तथा ऋण सहकारी संस्थाका सचिव थिए ।

४६ वर्षका बास्तोलाको मोटरसाइकल दुर्घटनामा परी निधन भएको हो ।

पोखरा– पोखरा– ११, फूलबारी निवासी पत्रकार देवेन्द्र बास्तोलाको निधन भएको छ । ४६ वर्षीय बास्तोलाको मोटरसाइकल दुर्घटनामा परेर उपचारकोक्रममा बैशाख २८ गते निधन भएको हो ।
४६ वर्षका बास्तोलाको मोटरसाइकल दुर्घटनामा परी निधन भएको आफन्त सञ्जयकिशोर बास्तोलाले जानकारी दिनुभयो । मृतक बास्तोला नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सदस्य हुनुका साथै एमालेका युवा नेता थिए । बास्तोला पत्रकारिता, समाजसेवा र राजनीतिमा क्रियाशील थिए ।
लेखनाथ तालवेंसीमा उनी सवार मोटरसाइकल दुर्घटना हुँदा ज्यान गुमाएका बास्तोला अघिल्लो स्थानीय तह निर्वाचनमा पोखरा– ११ मा एमालेबाट अध्यक्ष पदका उम्मेदवार थिए ।
बास्तोला पूर्व पत्रकार रहेका उनी हाल पोखरा न्यूरोडको पिपल्स बचत तथा ऋण सहकारी संस्थाका सचिव रहेका थिए । विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध उनले लामो समय मणिपाल शिक्षण अस्पतालमा समेत कार्य गरेका थिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल उनको शव पोस्टमार्टमका लागि राखिएको थियो । उनको २८ गते अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् ।
बास्तोलाको बुवाको गत मंसिरमा निधन भएको थियो । उनका आमा, श्रीमती र ९ वर्षका छोरा छन् ।

प्रकाशित मिति २०८२ बैशाख ३०, मंगलवार १२:०२ गते
हजुरको प्रतिक्रिया