काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घट्नामा गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँले साउन १२ गते एक विज्ञप्ति जारी गरी त्यस्तो बताउनु भएको हो ।
उहाँले यस घटना र यसले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति सिङ्गो पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको छ विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । उहाँले यस दुःखद घडीमा, घटनामा परी ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं भन्नुभएको छ ।
सभापति रविले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन सक्दैन भन्ने हाम्रो स्पष्ट मान्यता छ । नेपाली समाजको सबैभन्दा ठूलो शक्ति र सौन्दर्य भनेकै हाम्रो बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौंदेखिको सामाजिक सदभाव हो । यसलाई खलबलाउने, साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुरÞ्याउने गरी कुनै पनि गतिविधि नगर्न÷नगराउन हामी सम्पूर्ण आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्वहरू र सरोकारवाला पक्षहरूमा हार्दिक अपिल गर्दछौं । कुनै पनि प्रकारका उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउनु नै अहिलेको प्रमुख आवश्यकता हो विज्ञप्तिमा बताउनु भएको छ ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी शान्ति, न्याय र सामाजिक सदभावको पक्षमा सदैव अडिग छ । परिस्थितिलाई सामान्य बनाउन र आपसी संवादमार्फत् समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीको तर्फबाट आवश्यक हरेक सकारात्मक भूमिका निर्वाह गर्न हामी निरन्तर छलफलमा रहेका छौं ।
यस अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गर्दछौं । रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यहरू लगायत सम्पूर्णलाई शान्ति र सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न यसै विज्ञप्तिमार्फत् विशेष निर्देशन दिइन्छ भन्नुएको छ ।
उक्त विज्ञप्तिको पूर्ण विवरण :
सुनसरी लगायतका पूर्वी जिल्लामा हालै घटेको अत्यन्तै संवेदनशील र दुःखद घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गम्भीर ध्यानाकर्षण भएको छ । यस घटना र यसले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति सिङ्गो पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको छ ।
यस दुःखद घडीमा, घटनामा परी ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । साथै, घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं ।
कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन सक्दैन भन्ने हाम्रो स्पष्ट मान्यता छ । नेपाली समाजको सबैभन्दा ठूलो शक्ति र सौन्दर्य भनेकै हाम्रो बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौंदेखिको सामाजिक सदभाव हो । यसलाई खलबलाउने, साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुरÞ्याउने गरी कुनै पनि गतिविधि नगर्न÷नगराउन हामी सम्पूर्ण आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्वहरू र सरोकारवाला पक्षहरूमा हार्दिक अपिल गर्दछौं । कुनै पनि प्रकारका उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउनु नै अहिलेको प्रमुख आवश्यकता हो ।
यस संवेदनशील परिस्थितिमा तत्काल शान्ति सुरक्षा कायम गर्न, आम नागरिकको जिउधनको रक्षा गर्न र परिस्थितिलाई सामान्यीकरण गर्न हामी नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा छौं। साथै, यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी शान्ति, न्याय र सामाजिक सदभावको पक्षमा सदैव अडिग छ । परिस्थितिलाई सामान्य बनाउन र आपसी संवादमार्फत् समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीको तर्फबाट आवश्यक हरेक सकारात्मक भूमिका निर्वाह गर्न हामी निरन्तर छलफलमा रहेका छौं ।
यस अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गर्दछौं । रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यहरू लगायत सम्पूर्णलाई शान्ति र सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न यसै विज्ञप्तिमार्फत् विशेष निर्देशन दिइन्छ ।
दस्तखत
रवि लामिछाने
सभापति ।
प्रकाशित मिति २०८३ श्रावण १३, बुधबार ०८:४४ गते