लमजुङ दोस्रो भेट्रान भेटरान कप फुटसलको उपाधि रानीपानीलाई

लमजुङ दोस्रो भेट्रान भेटरान कप फुटसलको उपाधि रानीपानीलाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण १० गते शनिवार ०९:०८

सो प्रतियोगितामा बागलुङ, मकवानपुर, चितवन र लमजुङ गरी १४ वटा टिमले भाग लिएको आयोजक क्लबका सदस्य एवम् खेल संयोजक इन्द्र रानाले बताउनु भयो ।

पहिलो हुने टिमलाई ५५ हजार ५५५ नगद, खसी, ट्रफि, मेडल, त्यस्तै दोस्रो हुने टिमलाई ३३ हजार ३३३ नगद, भाले, ट्रफि, मेडलका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।

बेसीशहर । लमजुङमा आयोजना गरिएको दोस्रो भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि रानीपानी भेटरान क्लबले जितेको छ । आयोजकको रातो टिमलाई हराउँदै फागुन ९ गते उपाधि हासिल गरेको हो ।
लमजुङ भेटरान फुटबल क्लबद्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजना गरिएको सो प्रतियोगितामा लमजुङकै मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार स्थित रानीपानी भेटरान क्लब र आयोजक सदरमुकाम बेसीशहर स्थित लमजुङ भेटरान (रातो)का बीच भएको थियो । सो खेलमा ७– ३ गोल अन्तरले रानीपानी भेटरान क्लब विजयी भएको हो ।
बिजेता टिम निलो जर्सी र दोस्रो हुने आयोजक टिम रातो जर्सीमा सजिएर खेल मैदानमा उत्रिएका थिए ।
सो प्रतियोगितामा पहिलो हुने टिमलाई ५५ हजार ५५५ नगद, खसी, ट्रफि, मेडल, त्यस्तै दोस्रो हुने टिमलाई ३३ हजार ३३३ नगद, भाले, ट्रफि, मेडलका साथमा प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका सचिव भक्तबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्गट गोल किपर विजेता टिमका क्रमशः विजय गुरुङ, गंगाबहादुर तामाङ र भिमसेन दुरा भएका थिए । सर्वाधिक गोलकर्ताले खेल अवधिभर ७ गोल गरेका थिए । उनी तीनै जनालाई जनही एक हजार १११ नगद र मायाको चिनो प्रदान गरिएको थियो ।
यसअघि हिजै भएको सेमी फाइनल खेलमा विजेता रानीपानी भेटरान क्लबले लमजुङ दरबार भेटरान क्लबलाई ५– १ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै, फाइनलमा पुगेको आयोजक टिम रातोले मर्स्याङदी गाउँपालिका– २ को घनपोखरा भेटरान टिमलाई हराएको थियो । १०– २ को फराकिलो गोल अन्तरले घनपोखरा भेटरानलाई हराउँदै आयोजक टिम फाइनल प्रवेश गरेको हो ।
सो प्रतियोगितामा बागलुङ, मकवानपुर, चितवन र लमजुङ गरी १४ वटा टिमले भाग लिएको आयोजक क्लबका सदस्य एवम् खेल संयोजक इन्द्र रानाले बताउनु भयो । उहाँका अनुसार बाँकी खेल र फाइनल भोलि खेलाई समापन गरिने छ । उहाँले भन्नुभयो, ‘प्रतियोगितामा ३५ वर्ष उमेर नाघेका खेलाडीलाई नागरिकता सहित आफ्ना खेलाडीको नाम दर्ता गर्न अनुरोध गरिएको र सोही अनुसार खेल अघि बढाएको हो ।’
सो प्रतियोगिताको समापन अर्थात पुरस्कार वितरण कार्यक्रम आयोजक क्लबका अध्यक्ष सूर्यमान गुरुङको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव भक्तबहादुर गुरुङले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ फाल्गुन १०, शनिबार ०९:०८ गते
हजुरको प्रतिक्रिया