नेपाल– असम बीच सांस्कृतिक आदान– प्रदानको नयाँ शृंखलाको तयारी

नेपाल– असम बीच सांस्कृतिक आदान– प्रदानको नयाँ शृंखलाको तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ कार्तिक ७ गते शनिवार ०९:५६

उक्त बैठकमा नेपाली संस्कृति सुरक्षा परिषद, असमका अध्यक्ष एल. वि. प्रधान, महासचिव वीरेन्द्र राणा, आमा मञ्चका अध्यक्ष डा. दैवकीदेवी तिमिल्सिना, आमामञ्चका महासचिव सरस्वती देवी सरुलगायतका पौने दर्जन बढी प्रतिनिधिहरूको सहभागिता थियो । त्यस्तै, ठाडोभाका लोककला प्रतिष्ठान नेपालबाट संरक्षक बुद्धिमान दुरा ‘धम्पु’, अध्यक्ष नवराज पहाडी, उपाध्यक्ष सीतादेवी दुरा, महासचिव देवराज गुरुङलगायत सहभागी हुनुहुन्थ्यो ।

नेपाली मौलिक संस्कृतिको खोज, संरक्षण र प्रवर्द्धनका कार्यमा जुटिरहेका नेपाल र असमका यी दुई संस्थाका बीचमा नेपाली संस्कृति आदानप्रदान गरी सांस्कृतिक एवम् साहित्यिक सम्बन्धलाई प्रगाढ बनाउने उक्त कार्यक्रमको मुद्द उद्देश्य रहेको छ ।

लमजुङ– नेपाल– असम(भारत) बीच सांस्कृतिक आदान– प्रदानको नयाँ शृंखलाको तयारी गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल र नेपाली संस्कृति सुरक्षा परिषद, असमका बीचमा भएको आपसी सहमति अनुसार सांस्कृतिक आदान– प्रदानको नयाँ शृंखलाको तयारी कार्तिक ७ गते थालिएको हो ।
नेपाली मौलिक संस्कृतिको खोज, संरक्षण र प्रवर्द्धनका कार्यमा जुटिरहेका नेपाल र असमका यी दुई संस्थाका बीचमा नेपाली संस्कृति आदानप्रदान गरी सांस्कृतिक एवम् साहित्यिक सम्बन्धलाई प्रगाढ बनाउने उक्त कार्यक्रमको मुद्द उद्देश्य रहेको आयोजकको भनाइ छ ।
दुवै संस्थाका अध्यक्ष, संरक्षक, उपाध्यक्ष, महासचिव लगायतका प्रतिनिधिहरूको संयुक्त जुम बैठकबाट सो कार्यक्रमलाई निरन्तरता दिने निर्णय भएको हो । उक्त जुम बैठकले कार्यक्रम दुई दिवसीय रुपमा सञ्चालन गर्ने, कार्यक्रमलाई ऐतिहासिक एवम् अविस्मरणीय बनाउनका लागि आवश्यक सबै कार्य गर्ने लगायतका निर्णय गरेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ले बताउनु भएको छ ।
उक्त बैठकमा नेपाली संस्कृति सुरक्षा परिषद, असमका अध्यक्ष एल. वि. प्रधान, महासचिव वीरेन्द्र राणा, आमा मञ्चका अध्यक्ष डा. दैवकीदेवी तिमिल्सिना, आमामञ्चका महासचिव सरस्वती देवी सरुलगायतको प्रतिनिधिहरू पौने दर्जन बढीको सहभागिता थियो । त्यस्तै, ठाडोभाका लोककला प्रतिष्ठान नेपालबाट संरक्षक बुद्धिमान दुरा ‘धम्पु’, अध्यक्ष नवराज पहाडी, उपाध्यक्ष सीतादेवी दुरा, महासचिव देवराज गुरुङलगायत सहभागी हुनुहुन्थ्यो ।
यसअघि ठाडोभाका लोककला प्रतिष्ठान नेपालको संयोजनमा नेपाली संस्कृति सुरक्षा परिषद, असमको टोली २०८१ सालको फागुनमा लमजुङ आएको थियो । त्यो बेलामा सो पाहुना टोलीलाई आयोजक प्रतिष्ठानको तर्फबाट गोरखा बजारमा स्वागत गरी गोरखा कालिकाको दर्शन गराई, गोरखा बजार घुमाएर लमजुङको चेपेघाट हुँदै राइनास नगरपालिका– ९ को बगुवा गाउँ, सर्वोदय सेवाश्रम, धर्मनाथ धाममा साहित्यिक गोष्ठी गरिएको थियो । त्यसपछि अवलोकन भ्रमण(पदयात्रा)को क्रममा सुन्दरबजार, दुराडाँडा, सिन्दूरे ढुंगा, ठाडोभाकाका सर्जक देउवहादुर दुराको जन्मस्थल बर्धन गाउँ र दुराको स्मृतिमा बनाइएको घुमाउने घरमा परिचयात्कम कार्यक्रम गरिएको थियो ।
त्यसपछि मध्यनेपाल नगरपालिका– २ को तान्द्राङ टक्सार स्थित जाल्पादेवीको आँगनमा ‘नेपाल– असम(भारत) लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्रा’को विशेष कार्यक्रम गरिएको थियो । त्यस समयमा १३ जोडीले मित लगाउने, लोकसंस्कृतिसम्बन्धि कार्यपत्रहरू प्रस्तुत गर्नुका साथै पाहुना टोलीलाई पात बजाउने कला(प्रतियोगितासहित) देखाइएको थियो ।
उक्त कार्यक्रम पछि, भ्रमणमा आएको टोलीलाई मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्ले, रिस्ती दोभान स्थित भानु– घाँसी पार्क, घाँसी कुवा आदिको अवलोकन गराई ईशानेश्वर महादेव मन्दिर परिसरमा लाग्ने शिवरात्रीको मेलाको अवलोकन गराइएको थियो ।
उक्त टोलीको नेतृत्व नेपाली संस्कृति सुरक्षा परिषद, असमका अध्यक्ष एल.वि. प्रधानले गर्नु भएको थियो । उहाँको नेतृत्वमा १३ सदस्यीय टोली लमजुङ आएको थियो । सो टोलीले मध्यनेपाल नगरपालिका– २ को तान्द्राङ टक्सार स्थित जाल्पादेवीको आँगनमा ‘नेपाल– असम(भारत) लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्रा’को विशेष कार्यक्रममा असमको पाहुना टोलीकातर्फबाट त्यहाँको बहुचर्चित ‘बिहु नाच’को समेत प्रदर्शन गरिएको थियो ।
सो पाहुना टोलीलाई पोखरा पुर्याएर लमजुङ घोषणा पत्र जारी गर्दै विदाई गरिएको थियो । त्यो बेलामा घोषणापत्रमा उक्त ‘नेपाल– असम(भारत) लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्रा’ कार्यक्रमलाई सार्क राष्ट्रस्तरको बनाउने सहमति भएको थियो ।
सोही अनुसार यो पटक भुटान र बर्माका प्रतिनिधिहरू पनि कम्तिमा एक नाचका साथमा उक्त कार्यक्रममा असम आउने भएको नेपाली संस्कृति सुरक्षा परिषद, असमका महासचिव वीरेन्द्र राणाले बताउनु भएको छ । उहाँका अनुसार त्यो कार्यक्रमलाई उपलब्धिपूर्ण बनाउनका लागि आफू, आफ्ना अध्यक्ष एल.वि. प्रधान र ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीका बीचमा विशेष वार्तालाप भई कार्यक्रमको रुपरेखा तयार गर्ने निर्णय भएको छ । उक्त अवसरमा नेपाली संस्कृति सुरक्षा परिषद, असमको भगिनी संस्था आमा मञ्चका अध्यक्ष डा. दैवकीदेवी तिमिल्सिनाको एकल कृतिकोसमेत विमोचन हुने भएको छ ।
उक्त कार्यक्रममा भाग लिन ठाडोभाका लोककला प्रतिष्ठानको २२ जनाको टोली असम जाने भएको प्रतिष्ठानका महासचिव देवराज गुरुङले बताउनु भएको छ । उहाँका अनुसार उक्त कार्यक्रम असममा आउँदो डिसेम्बरको तेस्रो साता तदनुसार मंसिरको अन्तिम सातामा हुने तय भएको छ ।

प्रकाशित मिति २०८३ कार्तिक ८, शनिबार ०९:५६ गते
हजुरको प्रतिक्रिया