आयो नुनको कतिमा किन्नु हुन्छ ? पैकेटमा मूल्य कति उल्लेख छ हेर्नु भएको छ ?

आयो नुनको कतिमा किन्नु हुन्छ ? पैकेटमा मूल्य कति उल्लेख छ हेर्नु भएको छ ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ २३ गते शनिवार ०८:१५

पैकेटमै उल्लेख भएको मूल्यभन्दा ५– १० रुपैयाँ अन्तर हुँदा र दिनहुँ प्रयोग गर्नु पर्दा पनि यसबारेमा न त नियमनकारी निकायलाई पत्तो छ न त विक्रीकर्ताहरू न त खरिदकर्ता उपभोक्तालाई थाहा भएको पाइन्छ । यो बजार अव्यवस्थाको एक नमूना उदाहरण हो ।

सरकारले सञ्चालन गरेको कम्पनीको यो अवस्था छ भने अन्यको के कुरा गर्ने ? बजारमा के कसरी ब्रह्म लुट मञ्चाउने गरिएको छ भन्ने एक ज्वलन्त नमूना हो यो ।

बेसीशहर– आयो नुनको बजार मूल्य लमजुङका सदरमुकाम लगायत अधिकांश बजारमा २५ रुपैयाँ प्रति पैकेट खुद्रा मूल्यमा विक्री गर्ने गरिएको छ भने सदरमुकामबाट करिब ७ किमि दुरीको गाउँशहर दरबार क्षेत्रमा पैकेटको ३० रुपैयाँ पर्ने गरेको खुलासा भएको छ ।
आयो नुनको प्रति पैकेट २५ रुपैयाँमा खरिद गर्न थालेको एक वर्ष बढी भएको बेसीशहर नगरपालिका– ८ को झ्याङ्खोलामा बस्नु हुने लमजुङ रत्न साप्ताहिकका प्रकाशक सुधा ढकालले बताउनु भएको छ । तर त्यो पैकेटमा भने बजार मूल्य २० रुपैयाँ उल्लेख भएको रहेछ । विश्वासका किन्ने गरेको हो, त्यसरी मूल्य त हेर्ने गरकै थिइन उहाँले भन्नुभयो । अर्का पत्रकार एवम् लक्ष्मीनारायण साकोसकी अध्यक्ष सिर्जना घिमिरेले एक महिनाअघि पैकेटको २५ रुपैयाँमा खरिद गरेको बताउनु भयो ।
बेसीशहरमा मात्र हैन लमजुङको प्रवेश नाका रहेको सुन्दरबजार नगरपालिका– ६ को सुन्दरबजार स्थिति नमूना टोलकी ५२ वर्षीया गृहिणी कमला गुरुङले दुई महिना अघि दुई पैकेट २५ रुपैयाँका दरले किनेको बताउनु भयो ।
सरकारले सञ्चालन गरेको कम्पनीको यो अवस्था छ भने अन्यको के कुरा गर्ने ? बजारमा के कसरी लुट मञ्चाउने गरिएको छ भन्ने एक ज्वलन्त नमूना हो यो ।
आयो नुनको विक्री प्रवन्ध गर्न सरकारले साल्ट टे«निङ क.लि.लाई जिम्मा दिएको छ । जो सरकारी स्वामित्वकै कम्पनी हो भन्दा फरक पर्दैन । किनकि, बडादशैंका बेलामा सरकारले सस्तो बजारको प्रबन्ध गर्ने पनि सोही कम्पनीले हो ।
यसरी पैकेटमै उल्लेख भएको मूल्यभन्दा ५– १० रुपैयाँ अन्तर हुँदा र दिनहुँ प्रयोग गर्नु पर्दा पनि यसबारेमा न त नियमनकारी निकायलाई पत्तो छ न त विक्रीकर्ताहरू न त खरिदकर्ता उपभोक्तालाई थाहा भएको पाइन्छ । यो बजार व्यवस्थाको एक नमूना उदाहरण हो ।
एक पसलकी सञ्चालिकाले आफूले होलसेलमै प्रति पैकेट २० रुपैयाँमा किनेपछि छ २, ५ रुपैयाँ नाफा त राख्दै पर्यो, ढुवानी खर्च, लगानीको व्याज आफ्नो समय आदिको पनि त मूल्य लिनु पर्छ नि नामनछाप्ने सर्तमा उल्लेख गर्नु भयो । उहाँले होलसेलमा २० रुपैयाँमा खरिद गरेको बिल सुरक्षित रहेको दावी समेत गर्नुभयो ।
स्वास्थ्य बीमा कार्यक्रमकी जिल्ला संयोजक अनुपमा रेग्मले आफूले एकवर्ष अघिदेखि आयो नुनलाई प्रति पैकेट २५ रुपैयाँमा खरिद गर्ने गरेको बताउनु भयो ।
यसबारेमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा त्यस्तो छ र ? भरखरै थाहा भयो, म उद्योग कार्यालयसँग पनि बुझ्छु प्रजिअ रामकृष्ण अधिकारीले बताउनु भयो । उहाँसँग समाचारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दा समाचारले मूल्य नियन्त्रण गर्न सहजनै हुन्छ सहकार्य पनि हुन्छ ठीकै होला उहाँले भन्नुभयो ।
यसैगरी, बजार अनुगमनको जिम्मा पाएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापासँग सम्पर्क गर्दा उहाँले अनभिज्ञता व्यक्त गर्नु हुँदै बजारमा नपसी कसरी भन्न सकिने भो र ? भन्दै प्रतिप्रश्न गर्नु भयो । उहाँको भान्सामा कति रुपैयाँमा खरिद गरेको नुन चल्ने गरेको छ ? भन्ने बताउन चाहनु भएन ।

प्रकाशित मिति २०८० भाद्र २३, शनिबार ०८:१५ गते
हजुरको प्रतिक्रिया