फरार भएका चालक १३ दिन पछि पक्राउ

फरार भएका चालक १३ दिन पछि पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर २६ गते मङ्गलबार ०५:५२

लमजुङ– वयोबृद्ध महिलालाई मोटरसाईकले ठक्कर दिई फरार भएका एक चालकलाई १३ दिन पछि लमजुङ प्रहरीले पक्राउ गरेको छ । बेसीशहर नगरपालिका– २ बोहोरा बेसी स्थित बेसीशहर– डुम्रे सडक खण्डमा पैदल यात्री बेसीशहर नगरपालिका वडा– २ बस्ने बयोबृद्ध...

लमजुङ– वयोबृद्ध महिलालाई मोटरसाईकले ठक्कर दिई फरार भएका एक चालकलाई १३ दिन पछि लमजुङ प्रहरीले पक्राउ गरेको छ । बेसीशहर नगरपालिका– २ बोहोरा बेसी स्थित बेसीशहर– डुम्रे सडक खण्डमा पैदल यात्री बेसीशहर नगरपालिका वडा– २ बस्ने बयोबृद्ध महिलालाई मोटरसाईकले ठक्कर दिई घटनास्थलबाट मोटसाईकल सहित चालक फरार रहेका एक व्यक्तिलाई मंसिर २६ गते लमजुङ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने व्यक्ति लमजुङकै सुन्दरबजार नगरपालिका– ७ बस्ने बर्ष १८ का सौगात परियार हुन् । सो घट्नामा घाईते भएकी ८० वर्षीया मनमाया धितालको उपचारको क्रममा मंसिर १५ गते चितवन मेडिकल कजेलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङ सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले बताउनु भयो । उहाँका अनुसार त्यसपछि मृतक बयोबृद्ध महिलालाई ठक्कर दिएको मोटरसाईलको नम्वर नखुलेको र मोटरसाईल चालक समेतको पहिचान नभएको अवस्थामा जिल्ला प्रहरी कार्यालय, लमजुङबाट उक्त घटनाको बिषयमा सुक्ष्म रुपमा अनुसन्धान थालिएको थियो । उहाँले भन्नुभयो, ‘सो क्रममा अनुसन्धान गर्दै जाँदा आज बयोबृद्ध महिलालाई ठक्कर दिने मोटरसाईकल चालकको पहिचान भई उनलाई पक्राउ गरिएको हो ।’
पक्राउ पर्ने व्यक्ति लमजुङकै सुन्दरबजार नगरपालिका– ७ बस्ने बर्ष १८ का सौगात परियार हुन । उनलाई घटनामा प्रयोग भएको ग ९ प ७६०६ नम्वरको २२० सिसिको पल्टर मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालक परियारलाई जिल्ला लमजुङ बेसीशहर नगरपालिका– ११ चिति भन्ने ठाउमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङ सूचना अधिकारी प्रहरी निरीक्षक चपाईले बताउनु भयो । उहाँका अनुसार पक्राउमा परेका सौगात परियारलाई जिल्ला अदालत लमजुङबाट दिन ५ को म्याद थप गरी सवारी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति २०८० मंसिर २६, मंगलवार १७:५२ गते
हजुरको प्रतिक्रिया