रास्वपाका सभापति रविद्वारा प्रधानमन्त्रीसँग जवाफ माग

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण ७ गते सोमबार ०६:१५

उहाँले ललिता, सुन र भुटानी शरणार्थी लगायतमा हेरिएको भन्दै आफ्ना मान्छेको अनुहार आउने वित्तिकै कमजोर बनाउने न्यायालयलाई समेत बद्नाम गरिएको जिकिर गर्नुभयो ।

‘नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार नबनोस् ।’

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिन आग्रह गर्नु भएको छ । बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा जोड दिदै जाँचबुझ आयोगले मन्त्री ज्वालालाई दोषी किटान गरिसकेको अवस्थामा न उनले नैतिकताको आधारमा राजीनामा दिएको न कुनै कारबाहीको छनक दिएको भन्दै उहाँले फागुन ६ गते त्यस्तो माग गर्नु भएको हो ।
रविले भन्नुभयो, ‘सरकार प्रमाण नभेटेकालाई खोजेर, नक्कली उजुरी गरेर भए पनि लागिरहने तर छताछुल्ल प्रमाण भएकालाई केही नगर्ने हो भने अव विधिको सुशासनका लागि नबोले हुन्छ, नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार नबनोस् ।’
रास्वपाले सरकारले गरेको राम्रो कामको सम्मान गरिरहेको भन्दै उहाँले फाइल खोल्ने हो भने आफ्नै पार्टीबाट गर्न चुनौती दिँदै अव अरू पार्टीका फाइल नखोल्न आग्रह गर्नुभयो । उहाँले ललिता, सुन र भुटानी शरणार्थी लगायतमा हेरिएको भन्दै आफ्ना मान्छेको अनुहार आउने वित्तिकै कमजोर बनाउने न्यायालयलाई समेत बद्नाम गरिएको जिकिर गर्नुभयो ।

प्रकाशित मिति २०८० फाल्गुन ७, सोमबार ०६:१५ गते
हजुरको प्रतिक्रिया