मर्स्याङ्दी गाउँपालिकामा आठौँ मर्स्याङ्दी कप– २०८३ को दोस्रो दिन पनि जारी

मर्स्याङ्दी गाउँपालिकामा आठौँ मर्स्याङ्दी कप– २०८३ को दोस्रो दिन पनि जारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ कार्तिक १३ गते शुक्रबार ०८:१९

सम्पन्न आठ विधामा महेन्द्र देव मावि र त्रिभुवन माविले दुई दुई खेलमा पहिलो भएका छन् भने हिमचुली मावि, ग्रामकल्याण मावि, गंगामिलन मावि र शान्तिपूर्ण माविले एक एक खेलमा पहिलो स्थान हासिल गरेका छन् ।

दोस्रो दिन विभिन्न आठ खेलहरू छात्र र छात्रा दुवैतर्फका सम्पन्न भएका छन् ।

भूलभूले(लमजुङ)– लमजुङको मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा मर्स्याङ्दी गाउँपालिकामा आठौँ मर्स्याङ्दी कप– २०८३ को दोस्रो दिन विभिन्न खेल सम्पन्न भएका छन् । ‘खेल खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नाराका साथ सञ्चालित आठौँ मर्स्याङ्दी  कप– २०८३ प्रतियोगिता कार्तिक १२ गते पनि जारी रहेको हो ।
दोस्रो दिन विभिन्न विधाका खेलकुद प्रतियोगिताहरू उत्साहपूर्ण रूपमा सम्पन्न भए । आज सम्पन्न खेलहरूमा सटपुट, त्रिपल जम्प, हाइजम्प तथा ज्याभलिन थ्रोतर्फका खेलहरू सम्पन्न भएका छन् भने फुटबल र भलिबल प्रतियोगितासमेत सञ्चालन भइरहेको छ । सम्पन्न खेलहरूमा
१. छात्र सटपुटमा प्रथमः प्रदिप विक (त्रिभुवन मावि), द्वितीयः विधान गुरुङ (चन्द्रोदय मावि), तृतीयः महेश विक (महेन्द्रदेव मावि)
२. छात्रा सटपुटमा प्रथमः सरस्वती गुरुङ (हिमचुली आ.मा.वि.), द्वितीयः सलिना गुरुङ (प्रेम मिलन मावि), तृतीयः यशोदा गुरुङ (त्रिभुवन मावि)
३. छात्र त्रिपल जम्पमा प्रथमः विवेक विक (महेन्द्रदेव मावि), द्वितीयः मन्जिल तामाङ (हिमचुली आ.मा.वि.) र तृतीयः सन्तोष गुरुङ (प्रेम मिलन मावि)
४. छात्रा त्रिपल जम्पमा प्रथमः अनिष्मा दराई (महेन्द्रदेव मावि), द्वितीयः निष्मा तामाङ (हिमचुली आ.मा.वि.) र तृतीयः अस्मिता विक (गणेश मावि) रहेको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका स्वकीय सचिव प्रदिप गुरुङले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार ५. छात्रा हाइजम्पमा प्रथमः संजिता विक (ग्रामकल्याण मावि), द्वितीयः एन्जल गुरुङ (प्रेम मिलन मावि) र तृतीयः मन्जिता गैछ्रे (त्रिभुवन मावि) ६. छात्र हाइजम्पमा प्रथमः सिजन गुरुङ (गंगा मिलन मावि), द्वितीयः विवेक विक (महेन्द्रदेव मावि) र तृतीयः विकेश गुरुङ (प्रेम मिलन मावि) ।
७. छात्र ज्याभलिन थ्रोमा प्रथमः रेज गुरुङ (प्रभातशान्ति), द्वितीयः सन्देश गुरुङ (महेन्द्रदेव मावि) र तृतीयः विदान गुरुङ (चन्द्रोदय मावि) ।
यसैगरी ८. छात्रा ज्याभलिन थ्रोमा प्रथमः यशोदा गुरुङ (त्रिभुवन मावि), द्वितीयः विधा थापा (गणेश मावि) र तृतीयः शुष्मा गुरुङ (महेन्द्रदेव मावि) विजयी रहेका छन् ।

प्रकाशित मिति २०८३ कार्तिक १४, शुक्रबार ०८:१९ गते
हजुरको प्रतिक्रिया