
लमजुङ– जिल्ला अदालत लमजुङबाट साढे ९ वर्ष कैद, तीन लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएका कास्की कारागारमा कैद भुक्तान गर्दै गरेको व्यक्ति सो कारगारबाट जेन्जी आन्दोलनमा फरार एक कैदी पक्राउ प्रहरीले पक्राउ गरेको छ । उनलाई पुनः कास्की कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ ।
ती व्यक्ति प्रतिवादी अमृत बहादुर अधिकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्र बहादुर थापाले बताउनु भयो । उहाँका अनुसार प्रतिवादी अमृत बहादुर अधिकारीलाई जबरजस्ती करणी उद्योग मुद्दामा लमजुङ जिल्ला अदालतबाट ९ वर्ष ६ महिना कैद र तीन लाख ५० हजार रुपैया जरिवाना ठहर तथा फैसला भई जिल्ला कारागार कास्कीमा कैद भुक्तानी गरिरहेका थिए । उनी गत वर्ष २०८२ को भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको क्रममा उक्त कारागारबाट भागी हालसम्म फरार रहेका थिए ।
उनलाई खोजतलासी गर्ने क्रममा असोज ४ गते, विहान ०९ः३० बजेको समयमा लमजुङको वेसीशहर नगरपालिका– २ भकुण्डेमा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारी तत्काल पक्राउ गरी निजलाई आवश्यक कानूनी प्रक्रिया पुरा गरी कैद भुक्तानको लागि जिल्ला कारागार कास्कीमा पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्र थापाले बताउनु भयो । उहाँका अनुसार परिवर्तित नामथर २०८०।०८१–३८ (ड) कुमारीको जाहेरीले वादी नेपाल सरकार वादी रहेको मुद्दामा अधिकारीलाई त्यस्तो सजाय भएको हो ।
उनी लमजुङ राइनास नगरपालिका– ९ मा स्थायी वतन भएका व्यक्ति भएको प्रहरी भनाइ छ । सो मुद्दा २०८१ पुस ३ गते फैसला भएको थियो ।

प्रकाशित मिति २०८३ कार्तिक ६, बिहीबार १२:३६ गते