
काठमाडौँ– वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन भएको छ । श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि भदौ २७ गते बिहान सतुंगलस्थित सशस्त्र प्रहरी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । वरिष्ठ पत्रकार गौतमको ६६ वर्षका हुनुहुन्थ्यो ।
बेहोस अवस्थामा उपचारका निम्ति सशस्त्र प्रहरी अस्पताल पुर्याएर गौतमको स्वास्थ्य परीक्षण गर्दा उहाँको मुटुको चाल बन्द भएपछि निधन भएको अस्पतालका चिकित्सक डा. दिवाकार सिंह थापाले जानकारी दिनु भयो ।
श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि भोलि २८ गते थप परीक्षणका लागि चिकित्सकले समय दिएका थिए । तर, आज बिहान निकै उहाँलाई निकै गाह्रो भएपछि थानकोटबाट सशस्त्र प्रहरी अस्पताल लगिएको थियो । गौतमको दाहसंस्कार २८ गरिने भएको छ ।
परिष्ठ पत्रकार गौतम लामो समयदेखि मृगौला, कलेजो र फोक्सोको समस्याबाट पीडित हुनुहुन्थ्यो । २०१६ माघ ७ गते इलाममा जन्मिनुु भएका गौतम पछिल्ला वर्षमा काठमाडौंको थानकोटमा बस्दै आउनु भएको थियो ।
। लेखकसमेत रहेका गौतम गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक पनि हुनुहुन्थ्यो । विभिन्न पत्रिकाका स्तम्भकारका रुपमा काम गर्नु भएका उहाँले नेपाल टेलिभिजन, रेडियो नेपालमासमेत काम गरेको अनुभव थियो ।
उहाँको शव हाल अस्पतालमै राखिएको छ । उहाँको भोलि २८ गते अन्त्येष्टि गरिने बताइएको छ । उहाँको छोरी भोलि लन्डनबाट आइपुग्नुहुन्छ । त्यसपछि पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्तेष्टि गरिने परिवारस्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति २०८३ भाद्र २७, शनिबार १५:५३ गते