सुन्दरबजार(लमजुङ)– कुनै दिन काँग्रेसको किल्ला मानिने र प्रजातन्त्रको विगुल फुकिएको ऐतिहासिक थलो दुराडाँडा तथा सुन्दरबजार क्षेत्रका ६४ जना नेपाली काँग्रेसका क्रियाशील नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । उहाँहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भई आफ्नो प्यारो पार्टी नेपाली काँग्रेस परित्याग गरेको घोषणा गर्न बाध्य भएको फागुन ६ गते बताउनु भएको हो ।
रामचन्द्र अधिकारी(दुराडाँडा), अम्बिका पण्डित, निर्मल के.सी., क्या. कृष्णबहादुर के.सी.,) सुन्दरबजारको नेतृत्वमा पार्टी परित्याग गर्ने काम भएकको हो । उहाँहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, महामनानव वि.पि. कोइरालाले कल्पना गरेको प्रजातान्त्रिक समाजवाद अत्यन्त वैज्ञानिक र नेपालको माटो सुहाउँदो सिद्धान्त हुँदाहुँदै उहाँको परिकल्पना सबै नेपालीको बस्नको लागि घर, थोरै भएपनि गरिखाने जमिन, दूध खानका लागि सबैको गोठमा एउटा दूध दिने गाई, शिक्षा, स्वस्थ्य जस्ता विषय सबैको लागि सहज र निःशुल्क प्रवन्ध । आहा ! कति राम्रो व्यवस्थाको सोच ! यस्तो व्यवस्थालाई पञ्चायतले त पचाउन सकेन सकेन, स्वय काँग्रेसका नेता कार्याकर्तालाईसमेत अपच भयो ।

वि.पि.को चिन्तन अनुसार चल्न खोज्ने नेता तथा कार्यकर्तालाई त पार्टी भित्र रहेर बाच्न र आफ्नो जीवन निर्वाह गर्न समेत गार्हो भयो, स्वाभिमान बचाएर काँग्रेस भएर बाच्नै नपाउने परिणाम स्वरूप पार्टीका संस्थापक एवम् सन्त नेता कृष्णप्रसाद भट्टराई र लौहपुरुष गणेशमान सिंहलेसमेत जीवन भरि काँग्रेसमा लागेर मर्ने वेलामा रूँदै पार्टी परित्याग गरेको घोषाणा गर्नु प¥यो दृश्य हाम्रो नजरमा यतिबेला नाची रहेको छ । त्यतिबेला हामीलाई लाग्थ्यो नेताहरूबाट किन यति कठोर निर्णय भएको ेहोला ? तर आज हामीहरूले पनि आफ्नास्तरका नेता कार्यकर्ताहरूबाट उस्तै नियति पटक पटक भोग्न परेपछि बल्ल थाहा भयो । बाध्यता कस्तो हुदोरहेछ, हामी तपसिल बमोजिमका काँग्रेसका क्रियाशील नेता तथा कार्यकर्ताहरूले पनि पार्टी सिद्धान्त राम्रो हँुदाहुँदै पनि रोईरोई २० देखि ५० वर्षसम्मको पार्टीमा गरेको योगदानलाई तिलन्जली दिदै हामी सबैले आजसम्म पार्टीमा रहेको सबै जिम्मेवारीबाट अलग भई आफ्नो प्यारो पार्टी नेपाली काँग्रेस परित्याग गरेको घोषणा गर्न बाध्य भएका छौं ।

तपसिल
१. अम्विका प्रसाद पण्डित, २. रामचन्द्र अधिकारी, ३. निर्मल के.सी., ४. क्या. कृष्णबहादुर के.सी., ५. धु्रवराज पोखरेल, ६. प्रकाश चन्द्र अधिकारी, ७. सन्तबहादुर अधिकारी, ८. माधव ढुङ्गाना, ९. पदमबहादुर भुजेल, १०. नवराज सापकोटा, ११. गोविन्द अधिकारी, १२. डम्बर थापा, १३. रेवती श्रेष्ठ, १४. आनन्द ढुङ्गाना, १५. सूर्यकुमार गुरूङ, १६. चन्द्रप्रसाद पोखरेल, १७. विष्णुप्रसाद पौडेल, १८. खुशीराम मिश्र, १९. रामबहादुर के. सी., २०. विदुर पौडेल, २१. शुकबहादुर श्रेष्ठ, २२. सुवे. बुद्धिमान श्रेष्ठ, २३. प्रदिप अधिकारी, २४.राम नारायण श्रेष्ठ हुनुहुन्छ ।
यसैगरी, काँग्रेस परित्याग गर्नु हुने अन्यमा २५. गजेन्द्र वानिया, २६. रमेश पन्डित, २७. मनोज अधिकारी, २८. यज्ञ प्रसाद अधिकारी, २९. गंगाबहादुर सुनार, ३०. दान बहादुर भुजेल, ३१. भीष्मराज अधिकारी, ३२. प्रेमलाल श्रेष्ठ, ३३. कमल श्रेष्ठ, ३४. बाल कृष्ण रेग्मी, ३५. सुदिप श्रेष्ठ, ३६. विमोद पन्डित, ३७. देविदत्त कडेल, ३८. क्या. मीन बहादुर भुजेल, ३९. श्रीचन्द्र लामिछाने, ४०. विशाल अधिकारी हुनुहुन्छ ।
त्यस्तै, ४१. सूर्य नाथ ढकाल, ४२. शुक बहादुर श्रेष्ठ, ४३. राम कुमार कोइराला, ४४. विष्णु बस्नेत, ४५. आशबहादुर तमाङ, ४६. लाल कुमार श्रेष्ठ, ४७. यज्ञराज घिमिरे, ४८. मनिलाल श्रेष्ठ, ४९. गणेश अधिकारी, ५०. पुर्णबहादुर के.सी., ५१. सूर्यप्रसाद न्यौपाने, ५२. अनिल अधिकारी, ५३. दिलिप अधिकारी, ५४. आदर्श अधिकारी, ५५. रामेश्वर अधिकारी, ५६. आषिस अधिकारी, ५७. शिवराम तिम्लसेना, ५८. नमुना अधिकारी, ५९. बरूणचन्द्र घिमिरे, ६०. सोमबहादुर न्यौपाने, ६१. कमल ढकाल, ६२. कमल अधिकारी, ६३. सूर्यकान्त ढकाल ६४. अलिफदिन मिया हुनुहुन्छ ।
स्मरणीय छ, यसअघि सुन्दरबजार नगरपलिका– १०, धुसेनी जुन सो नगरपालिकाका हालका मेयर एवम् नेपाली काँग्रसको दुई कार्यकाल जिल्ला सभापति भई बिताएका कृष्णप्रसाद कोइरालाको गृहगाउँ समेत हो– का १५५ जना युवाहरू गाउँबाट बस नै रिजर्भ गरेर काठडमाडौंको घण्टी घरमा गएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । सो कार्यको नेतृत्व स्थानीय सुजन कोइरालाले गर्नु भएको थियो ।
त्यस कार्यको १५ दिन नबित्दै काँग्रेसमा अर्को पहिरो गएको रुपमा यो घट्नालाई हेरिएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन ६, बुधबार १९:३५ गते