विद्यालयको टंकी सफा गर्ने क्रममा करेन्ट लागेर ३५ बर्षीय श्रेष्ठको निधन

विद्यालयको टंकी सफा गर्ने क्रममा करेन्ट लागेर ३५ बर्षीय श्रेष्ठको निधन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख ५ गते मङ्गलबार ०३:२९

सुन्दरबजार नगरपालिका– ७ को बरेटार स्थित आदर्शबाल माध्यामिक विद्यालयमा पानी ट्यान्की सफाई गर्ने क्रममा सोही नगरपालिका– ९ भोटेओडार निवासी ३५ बर्षीय निरफ श्रेष्ठको करेन्ट लागि निधन भएको सो वडाका अध्यक्ष जयराम रेग्मीले बताउनु भयो । उहाँका अनुसार करेन्ट लाग्नासाथ उनलाई सु्न्दरबजार अस्पताल लगिएको थियो तर उनको उपचारका लागि केही गर्न सक्ने अवस्था नरहेको भन्ने डाक्टरले बताए ।

बिहान करिब ११ः३५ बजे घट्ना भएको

सुन्दरबजार(लमजुङ)– स्थानीय एक माविको खानेपानी टंकी सफा गर्ने क्रममा ३५ बर्षीय निरफ श्रेष्ठको करेन्ट लागेर निधन भएको छ । त्यो घट्ना बैशाख ५ गते बिहान करिब ११ः३५ बजे घटेको हो ।
सुन्दरबजार नगरपालिका– ६ को बरेटार स्थित आदर्शबाल माध्यामिक विद्यालयमा पानी ट्यान्की सफाई गर्ने क्रममा सोही नगरपालिका– ९ भोटेओडार निवासी ३५ बर्षीय निरफ श्रेष्ठको करेन्ट लागि निधन भएको सो वडाका अध्यक्ष जयराम रेग्मीले बताउनु भयो । उहाँका अनुसार करेन्ट लाग्नासाथ उनलाई सु्न्दरबजार अस्पताल लगिएको थियो तर उनको उपचारका लागि केही गर्न सक्ने अवस्था नरहेको भन्ने डाक्टरले बताए । उनले भने, ‘उनीहरूका तीन जना साथीहरू रहेछन् । छिटो हुन्छ भनेर मेटर लगाउने क्रममा टंकी भित्र पसेका श्रेष्ठको करेन्ट लागेर निधन भएछ ।’ मृतकका अन्य साथीहरू भने सकुनल रहेको रेग्मीले जानकारी दिनुभयो ।

उनीहरू, विद्यालयका प्रधानाध्यापक सूर्य बराल र स्थानीय प्रहरीले पोष्टमार्टमका लागि मृतक श्रेष्ठको शव जिल्ला सदरमुकाम बेसीशहर लिएर गएका छन् ।
भोलिदेखि नयाँ शैक्षिक सत्रको पढाई थालिने भएको हुँदा खानेपानीको टंकी सफा गर्ने क्रममा घट्ना भएको सो माविका प्रधानाध्यापक सूर्य बरालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मृतकको पोष्टमार्टमका लागि बेसीशहर लिएर आउदै छौं ।’

प्रकाशित मिति २०८० बैशाख ५, मंगलवार १५:२९ गते
हजुरको प्रतिक्रिया