आउदो वर्ष पाेखरामा क्यान्सरको अस्पताल बन्ने : स्वास्थ्य मन्त्री गण्डकी : फोटो फिचर

आउदो वर्ष पाेखरामा क्यान्सरको अस्पताल बन्ने : स्वास्थ्य मन्त्री गण्डकी : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस २२ गते आईतबार ०८:५४

मन्त्री सिंखडाले क्यान्सर पीडितलाई उपचारका लागि याे वर्षबाट एकलाख दिने भएको जानकारी दिदै यश अघि त्यस्तो रकम ५० हजार मात्र थियाे भनिन् । उनलेे अस्पतालहरु प्रदेशका १२ वटालाई निर्देशन दिईसकेकाे स्मरण गर्दै कुनै पनि नेपालीले उपचार नपाएर मर्नु पर्ने स्थिति नहाेस् भन्नेमा सरकार सचेत छ ।

लुम्ले(कास्की)- गण्डकी प्रदेशका सामाजिक तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले आउदो वर्ष पाेखरामा क्यान्सरको अस्पताल बन्ने बताएकी छन् । अर्बुद राेग निवारण संस्थाका्े ३३ आैं केन्द्रीय सभाको यहाँ उद्घाटन गर्दै मन्त्री सिंखडाले शनिबार त्यस्तो बताएकी हुन् । उनले आजका दिनसम्म गण्डकीमा क्यान्सरको एउटै अस्पताल पनि नभएको हुदा आउदो वर्ष त्यो अस्पताल बनाउन कार्यविधि तयार भइसकेको र मन्त्री परिषद्ले पास गर्न मात्र बाकी रहेको बताइन् । क्यान्सरकाे भयावह स्थिति राेक्न सरकार लागि परेको छ, महिलाको पाठेघरकाे मुखको क्यान्सर र स्तन क्यान्सर तथा पुरुषमा फाेक्साेकाे क्यान्सरकाे स्थितिल् आफूलाई चिन्तित बनाएको मन्त्री सिंखडाले उल्लेख गर्नु भयाे ।

मन्त्री सिंखडाले क्यान्सर पीडितलाई उपचारका लागि याे वर्षबाट एकलाख दिने भएको जानकारी दिदै यश अघि त्यस्तो रकम ५० हजार मात्र थियाे भनिन् । उनलेे अस्पतालहरु प्रदेशका १२ वटालाई निर्देशन दिईसकेकाे स्मरण गर्दै कुनै पनि नेपालीले उपचार नपाएर मर्नु पर्ने स्थिति नहाेस् भन्नेमा सरकार सचेत छ । त्यसैले अस्पतालमा आएकाे बिरामीको स्थिति हेर्ने हाे, मुख र चेक हैन उनले जाेड दिदै गण्डकी अस्पताल र निजीकाे भन्न सक्दिन, अन्य १२ अस्पताल प्रति कुनै गुनासो र सुझाव भए दिनुहाेला । अर्को एक फरक प्रसड्गमा मन्त्री सिंखडाले याे सवै उपलब्धि गणतन्त्रले ल्याएकाे हाे, लामाे संघर्ष, रगत र पसिना बगाएर ल्याएको हुदा यसलाई कम आक्न हुन्न र अफवाहका पछि लाग्न हुदैन भनिन् ।

आयाेजक संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले स्वागत गर्दै कार्यक्रमकाे उद्देश्यमा प्रकाश पारेका थिए । उनले साे स्ंस्थाले क्यान्सर बारेमा सचेतना फैलाउने काम गरेको जानकारी दिए । निवर्तमान केन्द्रीय अध्यक्ष लाेकेन्द्कुमार श्रेष्ठ ईश्वरले सूर्तीजन्य पदार्थको निशेध गर्ने कार्यमा प्रदेशस्तरमा याे नीति लागू गरिदिने हाे भने पालिकाविरुद्ध मुद्दा पर्ने थिएन भने । साे अवसरमा एनडिआईका निर्देशक डा जयकुमार गुरुङले धुमपान निशेधकाे स्टेअर्डर छिटोभन्दा छिटाे टुंगियोस् भन्ने कामना गर्नु भयो ।

३३ आैं केन्द्रीय सभाको आतिथ्य शाखा अर्बुद राेग निवारण संस्था कास्कीका अध्यक्ष प्रेम भुजेलले साे अवसरमा धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियोे । उनका अनुसार उक्त सभाका ४६ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरु प्रति जिल्ला ३ जना, सातै प्रदेशका समिति, केन्द्रीय समिति समेत दुई सय बढीले भाग लिएका छन् । फोटो फिचर:

प्रकाशित मिति २०८० पुष २२, आईतवार २०:५४ गते
हजुरको प्रतिक्रिया