भारतबाट घटेर आएपछि, नेपालमा पनि प्रति लिटर तीन रुपैयाँ घट्यो पेट्रोल–डिजेलको भाउ

भारतबाट घटेर आएपछि, नेपालमा पनि प्रति लिटर तीन रुपैयाँ घट्यो पेट्रोल–डिजेलको भाउ

एजेन्सी

@antaranganews

२०८२ बैशाख ३ गते बुधबार ०६:३७

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन । आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ ।

आयल निगमको विज्ञप्ति अनुसार आज ३ गते विहान १ बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको हो ।

काठमाडौं– नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा तीन रूपैयाँ घटाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ वैशाख २ गते तोकेको हो । डिजेल÷मट्टीतेल पनि लिटरमा तीन रूपैयाँ घटाएको जानकारी दिएको छ ।
आयल निगमको विज्ञप्ति अनुसार आज ३ गते विहान १ बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँले घटाइएको जनाएको छ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।
पहिलो वर्गमा अब पेट्रोलको भाउ १५७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४३ रूपैयाँ ५० पैसा पर्ने भएको छ ।
सो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् ।
दोस्रो वर्गमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४५ रूपैयाँ पर्नेछ । यो क्षेत्रमा सुर्खेत र दाङ क्षेत्र पर्छन् ।
त्यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । ती क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४६ रूपैयाँ पर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन । आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।

प्रकाशित मिति २०८२ बैशाख ३, बुधबार ०६:३७ गते
हजुरको प्रतिक्रिया