नेपाली कांग्रेस : फेरि फेरियो अधिवेशन तालिका, जिल्ला र प्रदेशको अधिवेशन केन्द्रीय महाधिवेशनपछि ?

नेपाली कांग्रेस : फेरि फेरियो अधिवेशन तालिका, जिल्ला र प्रदेशको अधिवेशन केन्द्रीय महाधिवेशनपछि ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ २२ गते मङ्गलबार ०७:०७

केन्द्रीय महाधिवेशनको मिति हेरफेर गरिएको छैन । जसमा असोज १७ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति यथावत राखिएको छ ।

बैठकको निर्णय पछि जारी गरिएको विज्ञप्तिमा जिल्ला अधिवेशन र प्रदेशको समय तालिका दोस्रो चरणमा प्रकाशित गरिने उल्लेख छ ।

काठमाडौं– नेपाली कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन गरेको छ । परिमार्जित कार्यतालिकाअनुसार गाउँ–नगर अधिवेशन ३ र ४ असोजमा हुने भएका छन् । निर्वाचन समितिको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति नतोकेरै तल्लो तहका अधिवेशनको कार्यतालिका भदौ २३ गते सार्वजनिक गरेसँगै त्यस्तो खुलासा भएको हो ।
फ्ुटको संघारमा पुगेको काँग्रेसलाई फुटबाट जोगाउन अर्थात ‘पार्टी फुटाएको’ अपगालको भागी कोही हुन तयार नभए पछि यस्तो स्थिति उत्पन्न भएको बताइएको छ । जस अनुसार केन्द्रीय महाधिवेशनको मिति हेरफेर गरिएको छैन ।
जसअनुसार केन्द्रीय महाधिवेशनको मिति असोज १७ देखि १९ गतेसम्म यथावत राखिएको छ । महामन्त्री गुरुराज घिमिरेले केन्द्रीय महाधिवेशन सार्ने सुविधा पार्टीलाई नरहेको दाबी गर्दै कार्यतालिका परिमार्जन भएको बताउनु भएको छ । उहाँका अनुसार जिल्ला र प्रदेशको अधिवेशन पछि गर्ने सुविधा भने हामीलाई छ । उहाँले भन्नुभयो, ‘हामीलाई महाधिवेशन गर्नका लागि फराकिलो समय छैन । १५ औं महाधिवेशन सार्न पाउने सुुविधा पनि हामीलाई छैन ।’
परिमार्जित कार्यतालिका अनुसार जिल्ला र प्रदेशबाहेक पार्टी संरचनाका चार तहका अधिवेशन हुने भनिएको छ । वडा अधिवेशन असोज ३ र ४ गर्नु पर्ने भनिएको छ । जसमा बैठकले दुई दिनमध्ये कुनै एक दिन स्थानीय अनुकूलतामा अधिवेशन गर्न भनेको छ । गाउँ– नगर अधिवेशन असोज ७ गते, प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन असोज १० गते हुनेगरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
केन्द्रीय महाधिवेशनको मिति हेरफेर गरिएको छैन । जसमा असोज १७ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति यथावत राखिएको छ ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा भने ती जिल्लामा तोकिएको निर्वाचन अधिकृतले पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ ।
यसअघि बसेको बैठकले वडा अधिवेशन २४ भदौमा गर्ने भन्दै कार्यतालिका परिमार्जन गरेको थियो । नयाँ परिमार्जित कार्यतालिका अनुसार ७ असोजमा गाउँ– नगर र १० असोजमा प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने भएको छ ।
यसअघिको निर्णयअनुसार १६–१९ असोजमै केन्द्रीय महाधिवेशन हुने निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्त प्रेमबहादुर खड्काले बताउनु भयो ।
त्यस्तै नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशहरूको अधिवेशन १० असोजभित्र सम्पन्न गरिसक्न भनिएको छ ।
बैठकको निर्णय पछि जारी गरिएको विज्ञप्तिमा जिल्ला अधिवेशन र प्रदेशको समय तालिका दोस्रो चरणमा प्रकाशित गरिने उल्लेख छ ।

प्रकाशित मिति २०८३ भाद्र २३, मंगलवार १९:०७ गते
हजुरको प्रतिक्रिया