नयाँ मोडमा कालिका सहकारी ठगी काण्ड, वेदराज खनियाको चंगुलमा प्रेस काउन्सिल : अन्तरङ्ग र सम्पादक पहाडीप्रति पूर्वाग्रही भएको पुनः पुष्टि

नयाँ मोडमा कालिका सहकारी ठगी काण्ड, वेदराज खनियाको चंगुलमा प्रेस काउन्सिल : अन्तरङ्ग र सम्पादक पहाडीप्रति पूर्वाग्रही भएको पुनः पुष्टि

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत ४ गते आईतबार ०७:४४

त्यत्तिको इज्जत कमाएका पत्रकार महोदय मिलन शर्मा, कृष्ण केसी, श्रीकृष्ण लामिछानेहरूबाट सञ्चालिन सहकारी संस्थाबाट गरिने हर कामहरू नमूना लायकको बन्नुपर्छ भन्ने मेरो मान्यता हो तर खनियालगायतका महोदयले नमूनाको उल्टो उदाहरण प्रस्तुत गरे र आजका मितिसम्म पनि गर्दै आएको स्थिति छ भन्ने प्रतिउत्तर पत्रमा उल्लेख छ ।

म जस्ता व्यक्तिले काउन्सिल मेरो पनि अभिभावक संस्था हो भनेर गर्व गर्ने कार्य गर्न पहाडीको सुझाव

लमजुङ– प्रेस काउन्सिल अन्तरङ्ग र सम्पादक पहाडीप्रति पूर्वाग्रही भएको पुनः पुष्टि भएको छ । म जस्ता व्यक्तिले काउन्सिल मेरो पनि अभिभावक संस्था हो भनेर गर्व गर्ने कार्य गर्न पहाडीले सुझाव चैत ४ गते दिनु भएको छ । कालिका सहकारी ठगी काण्डका पीडक वेदराज खनियाले दिएको उजुरीका आधारमा पहाडीलाई ‘के कसो भएको हो ?’ प्रष्ट्याउन भन्दै लेखिएको पत्रको प्रतिउत्तरमा पहाडीले त्यस्तो उल्लेख गर्नु भएको हो । पीडकहरूले राजनीतिक पहुँचका आधारमा उन्मुक्ति पाउँदै आएको र काउन्सिललाई समेत प्रभावित पारेको भन्ने यस सम्बन्धि समाचारमा यसअघि गरिएको आशंका समेत पुष्टि हुन आएको पहाडीको भनाइ छ । उहाँका अनुसार प्रेस काउन्सिल समेत वेदराज खनियाको चंगुलमा फसेको अनुभूति भएको छ ।
पहाडीले तीन पेज लामो १० बुँदाको सो प्रतिउत्तर पत्रमा लेख्नु भएको छ, ‘सर्वप्रथम त काउन्सिलबाट व्यवहारमै पूर्वाग्रह रहित निष्पक्ष काम गरियोस् भन्ने अनुरोध गर्न चाहन्छु । ताकि म जस्ता व्यक्तिले काउन्सिल मेरो पनि अभिभावक संस्था हो भनेर गर्व गर्न सकुँ । बेलाखबतमा काउन्सिलबाट खासमा मप्रति पूर्वाग्रहपूर्ण व्यवहार लादिदै आएको अनुभव गरेको छु । अन्यथा काउन्सिलले मप्रति गरेको अन्यायका विरुद्धमा मैले न्यायका लागि सर्वोच्चको ढोका ढक्ढक्यान पर्दैनथ्यो । जो काम गर्न म बाध्य भएको विगत साक्षी छ ।’
२) यस घट्नामा पनि त्यो क्रम दोहोरिएको पाइन्छ । मलाई ताकेता भनिएको पत्रमात्र मेल सोही मिति २०८०/११/३० गते अर्थात मार्च १३ तारिख, २०२४ का दिनमा भने सो पत्र डवल प्रेषित गरिएको छ । पहिलो पत्र पठाएको हाम्रो मेलमा देखिएको छैन । जसको स्किनसट यसै पत्रका साथ संलग्न छ ।’ भन्ने उल्लेख छ ।
यसैगरी, ३) हाल मेरो चल्ने मेल nplamjung49@gmail.com हो । त्यो मेल खासै हेर्ने गरेको छैन । मलाई त्यो पत्र हुलाकमार्फत आउने होला भन्ने लागेको थियो । हुलाकबाट पत्र आउने समय भयो, किन आएन ? भनेर त्यो मेलामा हेर्दा भने पत्र देखियो । मैले त्यो मेल कहिले हेरें भन्ने समेत काउन्सिलबाट खोजिने (पत्ता लगाइने) नै छ । भनिएको छ ।
गोलमटोल गर्न र थर्काउने मनसायका साथ सो पत्र तयार :
४) उक्त समाचारको अध्योपान्त पढेर नै हामीलाई पत्र लेखिएको होला । जसमा कुन मितिमा समाचार प्रकाशित भएको थियो भन्नेसम्म पनि नलेखिनुले यहाँ पनि गोलमटोल गर्न खोजिएको र थर्काउने मनसायका साथ सो पत्र तयार गरिएको हो भन्ने बुझ्न कठिन छैन ।
५) उजुरकर्ता वेदराज खनिया कालिका बचत सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत र पीडक दुवै हन् । उनको साथमा त्यसका सञ्चालक सो कालिका सहकारी संस्थाका सचिव : कृष्ण केसी पत्रकार महासंघ लमजुङका पूर्वअध्यक्ष तथा लमजुङ दर्पण दैनिकका प्रकाशक छन्, मिलन शर्मा दनाई जो उक्त सहकारी संस्था एकीकरण हुँदाको समयका कोषाध्यक्ष र लमजुङ आवाज साप्ताहिकका प्रकाशक र खबरकुञ्ज अनलाइनका सञ्चालक हुन् भने सो सहकारीका उपाध्यक्ष श्रीकृष्ण लामिछाने पत्रकार महासंघका पूर्वजिल्ला उपाध्यक्ष हुन् र म त्यो सहकारीको पीडित हुँ ।
खनियालगायतका महोदयद्वारा सो सहकारीलाई नमूनाको उल्टो उदाहरण प्रस्तुत :
त्यत्तिको इज्जत कमाएका पत्रकार महोदयहरूबाट सञ्चालिन सहकारी संस्थाबाट गरिने हर कामहरू नमूना लायकको बन्नुपर्छ भन्ने मेरो मान्यता हो तर खनियालगायतका महोदयले सो सहकारीलाई नमूनाको उल्टो उदाहरण प्रस्तुत गरे र आजका मितिसम्म पनि गर्दै आएको स्थिति छ ।
पीडितहरू मेयर, उपमेयरका अगाडि डाकै छाडेर रोए तर पीडितका पक्षमा उभिन सकेन नगरपालिका ः
६) उक्त सहकारीका बचतकर्ता तथा शेयर सदस्यहरूले आफ्नो पैसा माग्न थालेको तीन वर्ष बितिसकेको छ । यो बीचमा आफ्ना नजिकका केही मान्छेलाई उनीहरूले बचत रकम र शेयर पूँजी समेत फिर्ता गरेका छन् । सो सम्बन्धि मुद्दा लमजुङ जिल्ला अदालतमा र उनीहरूलाई थुनामै राखेर कारवाही गर्नु पर्छ भन्ने मुद्दा उच्च अदालतमा समेत विचाराधिन छन् । सो सम्बन्धि मुद्दा परेपछि वेदराज खनिया, श्रीकृष्ण लामिछाने र मिलन शर्मा (१२– १२ लाख धरौटीमा) र कृष्ण केसी (७ लाख धरौटीमा) सहितका आठ जना जिल्ला अदालतबाट धरौटीमा तारेखमा रिहा भएका हुन् । त्यसअघि सो मुद्दा अनुसन्धान र मुद्दा तयार गर्नका लागि उनीहरूलाई प्रहरीले २६ दिन आफ्नो कष्टडीमा राखेको थियो ।
राजनीतिक पहुँचका आधारमा उनीहरूले उन्मुक्ति पाउँदै आएका हुन्छ/छन् । उनीहरूको नियत आफूले गरेका बदमासी(सहकारी ठगी)का कुराहरू समाचारमा आउँदैन(पत्रकार भएका नाताले) र नआओस् भन्ने मनसाय राख्दै आएका छन् । सहकारीका सञ्चालकहरू प्रायः सबै इज्जतदार छन् । केही समयमा हिसाब मिलाउलान्, काम गर्दा कहिलेकाहिँ सोचे जस्तो हुँदैन भनेर सहकारीको घोटाला छताछुल्ल भएको करिब छ महिनासम्म मैले पनि उनीहरू विरुद्ध समाचार नलेखैको हो । तर उनीहरूको सुध्रने मति देखिएन । त्यो सहकारीमा मेरो व्यक्तिगत र म अध्यक्ष रहेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालको गरी २(दुई) लाख रुपैयाँ बचत र ५० हजार शेयर थियो । मलाई पनि उनीहरूले छत्र्याउने काम गरिरहे । उता अन्य पीडितहरू ‘कालिका सहकारीका सञ्चालकहरूले पहाडीलाई कति पैसा दिएका रहेछन् र हाम्रो पीडाको समाचार लेख्दैन, नत्र त उ यसरी चुप बस्ने मानिस होइन ।’ भन्ने बजारमा हल्ला समेत चल्न थाल्यो । त्यो बीचमा बेसीशहर नगरपालिकामा सहकारीका पीडक र पीडितको सहभागितामा २ वटा भेला भयो, मेयर र उपमेयरको उपस्थितिमा । कृष्ण केसी सो नगरपालिकाको प्रेस सल्लाहकार र अन्य सञ्चालक श्रीकृष्ण लामिछाने, वेदराज खनियालगायतका कार्यकार्ता भएका कारण नगरपालिकाले उल्टै उनीहरूलाई उन्मुक्ति दियो । ५– ६ जना महिला र २– ३ जना पुरुष पीडितहरूले मेयर, उपमेयरका अगाडि डाकै छाडेर रोए तर पीडितको पक्षमा उभिन सकेन नगरपालिका । त्यस घटनापछि मैले कलम उठाएको हुँ । समाचार प्रकाशनमा आएपछि पीडकहरू केही सावधान भए । यो बीचमा धेरै पटक दोहोरी (समाचारमा) चल्न थाल्यो र त्यो क्रम आज पनि जारी नै छ ।
निर्दोषलाई फसाएर पानीमाथिको ओभानो हुने पीडकहरूको धृष्टता :
६) सो सहकारीको ठगी काण्डमा पहिलो पटक आठ जनाका विरुद्धमात्र पक्राउ पुर्जी जारी भएको थियो । तर खनिया लगायतका सञ्चालकहरूले बठ्याई गरेर थप २६ जना (जो प्रायः निर्दोष छन्)का विरुद्ध (आफ्ना मान्छे प्रयोग गरी खनियाहरूले ठगीमा हामीमात्र संलग्न छैनौं भन्ने देखाउन र आफू उपरको सजाय कम गराउन र मुद्दा लम्व्याउने नियतका साथ) उजुरी दिन लगाए । ती २६ जनामध्येका एक जना जिल्ला अदालतमा अझै हाजिर भएका छैनन् । त्यसैले मुद्दाको प्रक्रिया लम्बिन गएको छ । यसकारण, त्यो समाचार यौटा पत्रकारले भन्दा पनि पीडकले लेखे/पोखेको व्यथा हो । पीडा र आक्रोसमा मानिसले वेद पढ्दैन भनिन्छ । सहकारीका पीडकहरूको निर्दोषलाई फसाएर आफूहरू पानीमाथिको ओभानो हुने धृष्टता(दाउ) मात्र हो ।
उजुरकर्ता खनिया महोदयले तीललाई पहाड बनाएर उजुर गरेझैं आकाश खस्ने काम भएको छैन :
७) त्यो समाचार प्रकाशन भएको मिति र आजका दिनसम्मको बीचमा मर्स्याङ्दी नदीमा धेरै पानी बगिसकेको छ । यो बीचमा उजुरकर्ता खनिया महोदयले तीललाई पहाड बनाएर उजुर गरेझैं आकाश खस्ने काम भएको छैन र सायद हुँदैन पनि । देखल रुपमा उनी खनिया उजुरकर्ता भएता पनि यो सिकाउने पत्रकार महोदयहरू नै हुन् भन्ने तथ्य पनि छिपेको छैन ।
त्यो समाचार सत्य हो, लेखेकोमा मलाई कुनै पछुतो छैन ः
८) समाचारमा उल्लेख भएको विषय सत्य हो । सत्य कुरा समाचारमा लेख्न हुने नहुने भन्ने दोस्रो पाटो हो ।
९) साच्चै भन्ने हो भने त्यो समाचार लेखिएपछि नै धेरै पीडितहरूले बचत र शेयर रकम फिर्ता पाउने काम (व्यक्ति हेरेर) भएको छ । र यतिबेला उजुरकर्ता सबै पीडितहरूको रकम फिर्ता गराउन खनिया लगायतका पीडक सञ्चालकहरूको दौडधुप चलिरहेको छ । यसैले त्यो समाचार लेखेकामा मलाई कुनै पछुतो छैन । पत्रकारिताको धर्म पीडकहरूको आवाज बन्नु हो भन्ने मेरो बुझाई र गराई रहँदै आएको स्मरण गराउन चाहन्छु ।
जहाँसम्म आचारसंहिताको ख्याल गर्नु पर्ने भन्ने प्रेस काउन्सिलको मनसाय छ । त्यसतर्फ हाम्रो ध्यान गएको छ । आउँदा दिनमा त्यसको ख्याल राखिने छ भन्ने जानकारी गर्दछु प्रतिउत्तरपत्रमा भनिएको छ ।
साथमा काउन्सिलले मलाई पठाएको पत्रको मिति खुल्ने मेलको स्किनसटको प्रिन्ट प्रति समेत रहेको उल्लेख छ ।
प्रेस काउन्सिललाई समेत चंगुलमा राख्न उद्दत हुने खनिया महोयद लगायतका पीडकहरूले सहकारीका पीडितहरूलाई के के गरेका होलान् ? सहज अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति २०८० चैत्र ४, आईतवार ०७:४४ गते
हजुरको प्रतिक्रिया