लमजुङ– प्रेस काउन्सिल अन्तरङ्ग र सम्पादक पहाडीप्रति पूर्वाग्रही भएको पुनः पुष्टि भएको छ । म जस्ता व्यक्तिले काउन्सिल मेरो पनि अभिभावक संस्था हो भनेर गर्व गर्ने कार्य गर्न पहाडीले सुझाव चैत ४ गते दिनु भएको छ । कालिका सहकारी ठगी काण्डका पीडक वेदराज खनियाले दिएको उजुरीका आधारमा पहाडीलाई ‘के कसो भएको हो ?’ प्रष्ट्याउन भन्दै लेखिएको पत्रको प्रतिउत्तरमा पहाडीले त्यस्तो उल्लेख गर्नु भएको हो । पीडकहरूले राजनीतिक पहुँचका आधारमा उन्मुक्ति पाउँदै आएको र काउन्सिललाई समेत प्रभावित पारेको भन्ने यस सम्बन्धि समाचारमा यसअघि गरिएको आशंका समेत पुष्टि हुन आएको पहाडीको भनाइ छ । उहाँका अनुसार प्रेस काउन्सिल समेत वेदराज खनियाको चंगुलमा फसेको अनुभूति भएको छ ।
पहाडीले तीन पेज लामो १० बुँदाको सो प्रतिउत्तर पत्रमा लेख्नु भएको छ, ‘सर्वप्रथम त काउन्सिलबाट व्यवहारमै पूर्वाग्रह रहित निष्पक्ष काम गरियोस् भन्ने अनुरोध गर्न चाहन्छु । ताकि म जस्ता व्यक्तिले काउन्सिल मेरो पनि अभिभावक संस्था हो भनेर गर्व गर्न सकुँ । बेलाखबतमा काउन्सिलबाट खासमा मप्रति पूर्वाग्रहपूर्ण व्यवहार लादिदै आएको अनुभव गरेको छु । अन्यथा काउन्सिलले मप्रति गरेको अन्यायका विरुद्धमा मैले न्यायका लागि सर्वोच्चको ढोका ढक्ढक्यान पर्दैनथ्यो । जो काम गर्न म बाध्य भएको विगत साक्षी छ ।’
२) यस घट्नामा पनि त्यो क्रम दोहोरिएको पाइन्छ । मलाई ताकेता भनिएको पत्रमात्र मेल सोही मिति २०८०/११/३० गते अर्थात मार्च १३ तारिख, २०२४ का दिनमा भने सो पत्र डवल प्रेषित गरिएको छ । पहिलो पत्र पठाएको हाम्रो मेलमा देखिएको छैन । जसको स्किनसट यसै पत्रका साथ संलग्न छ ।’ भन्ने उल्लेख छ ।
यसैगरी, ३) हाल मेरो चल्ने मेल nplamjung49@gmail.com हो । त्यो मेल खासै हेर्ने गरेको छैन । मलाई त्यो पत्र हुलाकमार्फत आउने होला भन्ने लागेको थियो । हुलाकबाट पत्र आउने समय भयो, किन आएन ? भनेर त्यो मेलामा हेर्दा भने पत्र देखियो । मैले त्यो मेल कहिले हेरें भन्ने समेत काउन्सिलबाट खोजिने (पत्ता लगाइने) नै छ । भनिएको छ ।
गोलमटोल गर्न र थर्काउने मनसायका साथ सो पत्र तयार :
४) उक्त समाचारको अध्योपान्त पढेर नै हामीलाई पत्र लेखिएको होला । जसमा कुन मितिमा समाचार प्रकाशित भएको थियो भन्नेसम्म पनि नलेखिनुले यहाँ पनि गोलमटोल गर्न खोजिएको र थर्काउने मनसायका साथ सो पत्र तयार गरिएको हो भन्ने बुझ्न कठिन छैन ।
५) उजुरकर्ता वेदराज खनिया कालिका बचत सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत र पीडक दुवै हन् । उनको साथमा त्यसका सञ्चालक सो कालिका सहकारी संस्थाका सचिव : कृष्ण केसी पत्रकार महासंघ लमजुङका पूर्वअध्यक्ष तथा लमजुङ दर्पण दैनिकका प्रकाशक छन्, मिलन शर्मा दनाई जो उक्त सहकारी संस्था एकीकरण हुँदाको समयका कोषाध्यक्ष र लमजुङ आवाज साप्ताहिकका प्रकाशक र खबरकुञ्ज अनलाइनका सञ्चालक हुन् भने सो सहकारीका उपाध्यक्ष श्रीकृष्ण लामिछाने पत्रकार महासंघका पूर्वजिल्ला उपाध्यक्ष हुन् र म त्यो सहकारीको पीडित हुँ ।
खनियालगायतका महोदयद्वारा सो सहकारीलाई नमूनाको उल्टो उदाहरण प्रस्तुत :
त्यत्तिको इज्जत कमाएका पत्रकार महोदयहरूबाट सञ्चालिन सहकारी संस्थाबाट गरिने हर कामहरू नमूना लायकको बन्नुपर्छ भन्ने मेरो मान्यता हो तर खनियालगायतका महोदयले सो सहकारीलाई नमूनाको उल्टो उदाहरण प्रस्तुत गरे र आजका मितिसम्म पनि गर्दै आएको स्थिति छ ।
पीडितहरू मेयर, उपमेयरका अगाडि डाकै छाडेर रोए तर पीडितका पक्षमा उभिन सकेन नगरपालिका ः
६) उक्त सहकारीका बचतकर्ता तथा शेयर सदस्यहरूले आफ्नो पैसा माग्न थालेको तीन वर्ष बितिसकेको छ । यो बीचमा आफ्ना नजिकका केही मान्छेलाई उनीहरूले बचत रकम र शेयर पूँजी समेत फिर्ता गरेका छन् । सो सम्बन्धि मुद्दा लमजुङ जिल्ला अदालतमा र उनीहरूलाई थुनामै राखेर कारवाही गर्नु पर्छ भन्ने मुद्दा उच्च अदालतमा समेत विचाराधिन छन् । सो सम्बन्धि मुद्दा परेपछि वेदराज खनिया, श्रीकृष्ण लामिछाने र मिलन शर्मा (१२– १२ लाख धरौटीमा) र कृष्ण केसी (७ लाख धरौटीमा) सहितका आठ जना जिल्ला अदालतबाट धरौटीमा तारेखमा रिहा भएका हुन् । त्यसअघि सो मुद्दा अनुसन्धान र मुद्दा तयार गर्नका लागि उनीहरूलाई प्रहरीले २६ दिन आफ्नो कष्टडीमा राखेको थियो ।
राजनीतिक पहुँचका आधारमा उनीहरूले उन्मुक्ति पाउँदै आएका हुन्छ/छन् । उनीहरूको नियत आफूले गरेका बदमासी(सहकारी ठगी)का कुराहरू समाचारमा आउँदैन(पत्रकार भएका नाताले) र नआओस् भन्ने मनसाय राख्दै आएका छन् । सहकारीका सञ्चालकहरू प्रायः सबै इज्जतदार छन् । केही समयमा हिसाब मिलाउलान्, काम गर्दा कहिलेकाहिँ सोचे जस्तो हुँदैन भनेर सहकारीको घोटाला छताछुल्ल भएको करिब छ महिनासम्म मैले पनि उनीहरू विरुद्ध समाचार नलेखैको हो । तर उनीहरूको सुध्रने मति देखिएन । त्यो सहकारीमा मेरो व्यक्तिगत र म अध्यक्ष रहेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालको गरी २(दुई) लाख रुपैयाँ बचत र ५० हजार शेयर थियो । मलाई पनि उनीहरूले छत्र्याउने काम गरिरहे । उता अन्य पीडितहरू ‘कालिका सहकारीका सञ्चालकहरूले पहाडीलाई कति पैसा दिएका रहेछन् र हाम्रो पीडाको समाचार लेख्दैन, नत्र त उ यसरी चुप बस्ने मानिस होइन ।’ भन्ने बजारमा हल्ला समेत चल्न थाल्यो । त्यो बीचमा बेसीशहर नगरपालिकामा सहकारीका पीडक र पीडितको सहभागितामा २ वटा भेला भयो, मेयर र उपमेयरको उपस्थितिमा । कृष्ण केसी सो नगरपालिकाको प्रेस सल्लाहकार र अन्य सञ्चालक श्रीकृष्ण लामिछाने, वेदराज खनियालगायतका कार्यकार्ता भएका कारण नगरपालिकाले उल्टै उनीहरूलाई उन्मुक्ति दियो । ५– ६ जना महिला र २– ३ जना पुरुष पीडितहरूले मेयर, उपमेयरका अगाडि डाकै छाडेर रोए तर पीडितको पक्षमा उभिन सकेन नगरपालिका । त्यस घटनापछि मैले कलम उठाएको हुँ । समाचार प्रकाशनमा आएपछि पीडकहरू केही सावधान भए । यो बीचमा धेरै पटक दोहोरी (समाचारमा) चल्न थाल्यो र त्यो क्रम आज पनि जारी नै छ ।
निर्दोषलाई फसाएर पानीमाथिको ओभानो हुने पीडकहरूको धृष्टता :
६) सो सहकारीको ठगी काण्डमा पहिलो पटक आठ जनाका विरुद्धमात्र पक्राउ पुर्जी जारी भएको थियो । तर खनिया लगायतका सञ्चालकहरूले बठ्याई गरेर थप २६ जना (जो प्रायः निर्दोष छन्)का विरुद्ध (आफ्ना मान्छे प्रयोग गरी खनियाहरूले ठगीमा हामीमात्र संलग्न छैनौं भन्ने देखाउन र आफू उपरको सजाय कम गराउन र मुद्दा लम्व्याउने नियतका साथ) उजुरी दिन लगाए । ती २६ जनामध्येका एक जना जिल्ला अदालतमा अझै हाजिर भएका छैनन् । त्यसैले मुद्दाको प्रक्रिया लम्बिन गएको छ । यसकारण, त्यो समाचार यौटा पत्रकारले भन्दा पनि पीडकले लेखे/पोखेको व्यथा हो । पीडा र आक्रोसमा मानिसले वेद पढ्दैन भनिन्छ । सहकारीका पीडकहरूको निर्दोषलाई फसाएर आफूहरू पानीमाथिको ओभानो हुने धृष्टता(दाउ) मात्र हो ।
उजुरकर्ता खनिया महोदयले तीललाई पहाड बनाएर उजुर गरेझैं आकाश खस्ने काम भएको छैन :
७) त्यो समाचार प्रकाशन भएको मिति र आजका दिनसम्मको बीचमा मर्स्याङ्दी नदीमा धेरै पानी बगिसकेको छ । यो बीचमा उजुरकर्ता खनिया महोदयले तीललाई पहाड बनाएर उजुर गरेझैं आकाश खस्ने काम भएको छैन र सायद हुँदैन पनि । देखल रुपमा उनी खनिया उजुरकर्ता भएता पनि यो सिकाउने पत्रकार महोदयहरू नै हुन् भन्ने तथ्य पनि छिपेको छैन ।
त्यो समाचार सत्य हो, लेखेकोमा मलाई कुनै पछुतो छैन ः
८) समाचारमा उल्लेख भएको विषय सत्य हो । सत्य कुरा समाचारमा लेख्न हुने नहुने भन्ने दोस्रो पाटो हो ।
९) साच्चै भन्ने हो भने त्यो समाचार लेखिएपछि नै धेरै पीडितहरूले बचत र शेयर रकम फिर्ता पाउने काम (व्यक्ति हेरेर) भएको छ । र यतिबेला उजुरकर्ता सबै पीडितहरूको रकम फिर्ता गराउन खनिया लगायतका पीडक सञ्चालकहरूको दौडधुप चलिरहेको छ । यसैले त्यो समाचार लेखेकामा मलाई कुनै पछुतो छैन । पत्रकारिताको धर्म पीडकहरूको आवाज बन्नु हो भन्ने मेरो बुझाई र गराई रहँदै आएको स्मरण गराउन चाहन्छु ।
जहाँसम्म आचारसंहिताको ख्याल गर्नु पर्ने भन्ने प्रेस काउन्सिलको मनसाय छ । त्यसतर्फ हाम्रो ध्यान गएको छ । आउँदा दिनमा त्यसको ख्याल राखिने छ भन्ने जानकारी गर्दछु प्रतिउत्तरपत्रमा भनिएको छ ।
साथमा काउन्सिलले मलाई पठाएको पत्रको मिति खुल्ने मेलको स्किनसटको प्रिन्ट प्रति समेत रहेको उल्लेख छ ।
प्रेस काउन्सिललाई समेत चंगुलमा राख्न उद्दत हुने खनिया महोयद लगायतका पीडकहरूले सहकारीका पीडितहरूलाई के के गरेका होलान् ? सहज अनुमान गर्न सकिन्छ ।
प्रकाशित मिति २०८० चैत्र ४, आईतवार ०७:४४ गते