बेसीशहर– सांसदद्वयद्वारा डुम्रे– बेसीशहर– चामे सडकखण्डको अनुगमन, निरीक्षणको काम भएको छ । मनाङका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री टेकबहादुर गुरुङ तथा लमजुङका सांसद धर्म केसी, दुवै जिल्लाका सुरक्षा निकाय, डुम्रे– बेसीशहर– चामे सडक आयोजनाका प्रमुख तथा अन्य कर्मचारीका साथमा दुवै जिल्लामा कार्यरत पत्रकारहरूको टोलीले सो सडकको वस्तुगत अवस्था बुझ्नका लागि साउन ११ गते अनुगमन, निरीक्षण गरिएको हो ।
सो टोलीले मुलतः लमजुङको सदरमुकाम बेसीशहरदेखि मनाङको सीक्षा क्षेत्र म्यार्दी खोलासम्मको खण्डमा अनुगमन निरीक्षण गरेको हो । टोली नेता सांसद द्वय गुरुङ र केसीले बेलाउती बिसौना नजिकको खरखरे भिर, लगायतका जोखिमयुक्त क्षेत्रमा रोकिएर नै निरीक्षण गर्ने र सडक आयोजना छिटो निर्माणका लागि के गर्न सकिन्छ भन्ने बारेमा उक्त आयोजनाका प्रमुख सिनियर डि.ई. सतिस सुबेदीसँग जानकारी लिने काम गर्नु भएको थियो ।
दुवै जिल्लाका सांसदले अबको तीन वर्षभित्र बेसीशहर– चामेसम्मको करिब ६० किमि दुरीको सडक खण्डलाई कालोपत्रे गरी छाड्ने प्रतिवद्धता पत्रकारहरूमाझ व्यक्त गर्नु भएको छ ।
सो निरीक्षणका क्रममा सांसद गुरुङका साथमा काठमाडौं देखि रास्वपाका नेता पदमराज पन्थी(लमजुङ) पनि साथमै आउनु भएको थियो । उहाँ सांसद गुरुङका साथमा मनाङमा समेत जानु भएको छ ।
सांसद गुरुङलाई भोटेओडारमा स्वागत :
मनाङका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री टेकबहादुर गुरुङलाई बेसीशहर– चामे सडकको स्थलगत निरीक्षणका क्रममा लमजुङको भोटेवडारमा स्वागत गरिएको छ । डुम्रे– बेसीशहर– चामे सडकखण्डको अवस्था, मर्मत तथा सञ्चालनको अवस्थाबारे निरीक्षण गर्न आउने क्रममा भोटेवडार बगैंचामा भोटेओडार युथ क्लबका अध्यक्षसहित नेपाल तरुण दल लमजुङका नेता तथा कार्यकर्ताले सांसद गुरुङलाई स्वागत गरेका हुन् ।
भेटघाटका क्रममा स्थानीयले बेसीशहर–चामे सडकको स्तरोन्नति, नियमित मर्मत र वर्षायाममा सडक सञ्चालनलाई सुरक्षित तथा सहज बनाउन आवश्यक पहल गर्न आग्रह गरेका थिए । सांसद गुरुङसँगको भेटघाटका क्रममा स्थानीयले बेसीशहर–चामे सडकको स्तरोन्नति, नियमित मर्मत र वर्षायाममा सडक सञ्चालनलाई सुरक्षित तथा सहज बनाउन आवश्यक पहल गर्न मा गरिएको थियो ।
बेसीशहर– चामे सडकखण्डको अवस्था, मर्मत तथा सञ्चालनको अवस्थाबारे निरीक्षण गर्न जाने क्रममा भोटेओडार बगैंचामा भोटेओडार युथ क्लबका अध्यक्षसहित नेपाल तरुण दल लमजुङका नेता तथा कार्यकर्ताले सांसद गुरुङलाई स्वागत गर्नु भएको हो ।
सांसद केसी सर्वोदय सेवाश्रममा :
सांसद गुरुङ झैं सांसद केसी पनि उक्त सडकको निरीक्षणमा जानु अघि हिजो साउनको दोस्रो सोमबारका दिन सर्वोदय सेवाश्रम धर्मनाथ धाममा लाग्ने बोलबम मेलामा सरिक हुनु भएको थियो । सो अवसरमा उहाँले धर्मनाथ धामको परिक्रमा गर्नुका साथै आरोग्य ग्राममा निर्माण गर्न लागिएको व्यायाम शालाको शिलान्यास गर्नु भएको थियो । सो हातामा बृक्षारोपण समेत गर्नु भएका केसीले संक्षेपमा सम्बोधन समेत गरी सर्वोदय सेवाश्रम जिल्लामा दरिलो धार्मिक पर्यटकीय स्थलका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नु भएको थियो । उहाँले त्यो वातावरणका लागि सरकारबाट सक्दो सहयोग गर्ने वातावरण बनाउनका लागि आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
प्रस्तुत छ, सांसदद्वयद्वारा डुम्रे– बेसीशहर– चामे सडकखण्डको अनुगमन, निरीक्षण गर्दाको फोटो फिचर समेत ।

प्रकाशित मिति २०८३ श्रावण १२, मंगलवार २१:१० गते