विकासका आयोजनहरूको गुणस्तरमा किन उठ्छ सधैं प्रश्न ?

विकासका आयोजनहरूको गुणस्तरमा किन उठ्छ सधैं प्रश्न ?

नवराज पहाडी

@antaranganews

२०८१ जेठ १० गते बिहिबार ०५:०६

नालीमा ढुंगा तेस्रो गरी राखिएको तथा नालीमा प्रयोग गरिएको मसला पनि कमसल मात्र हैन ढुंगासमेत निर्धारित स्तरभन्दा ठूला प्रयोग गर्ने गरिएको, नालीमा प्लास्टर गर्दा उचित मसलाको प्रयोग नभएको, उचित मात्रामा स्विरिङ नगरिएको लगायतका कामहरू प्रष्ट देख्न सकिने फोटाहरू समेत हामीसँग सुरीक्षत छन् ।

साहिलीटार– भलायखर्क क्षेत्रमा सञ्चालन गरिएका सकड योजनाको गुणस्तरमा खरो प्रश्न उठेको हो ।

बोराङखोला(लमजुङ)– नेपालमा सञ्चालन हुने विकासका अधिकांश आयोजनामा गुणस्तरको प्रश्न उठ्ने गरेको छ । उही कच्चा पदार्थ प्रयोग गरेर व्यक्तिले आफ्नो घर लगायत निर्माण गरेका संरचना ६०– ७० वर्र्ष टिक्दै आएको छन् भने त्यस्तै निर्माण सामग्री प्रयोग गरेर बनाइएको विकासका योजनाहरू कति त उदघाटन हुन नपाउँदै फेलियर भएका हुन्छन् भने कति त कागजमा मात्र निर्माण हुने फिल्डमा शून्य स्थिति हुने पनि गरिआएको देखिने गरेको छ ।
यस्तै एक दरिलो उदाहरणका रुपमा खडा भएका छन् लमजुङको राइनास नगरपालिका– १ को साहिलीटार क्षेत्रमा सञ्चालन गरिएको बोराङ खोला– घिमिरे गाउँ– गैरीस्वाँरा– बीराबारी सडकको घिमिरे गाउँ सडक खण्डमा प्रदेशबाट तथा बोराङ खोला– घिमिरे गाउँ– भलायखर्क– पन्थेडाँडा– कोकेगाउँ सडक संघको बजेटबाट निर्माणको काम भइरहेको छ । ती दुवै सडक खण्डको घिमिरे गाउँ नजिकैका खण्डमा गरिएको निर्माण कार्यमा गुणस्तरका बारेमा व्यापक प्रश्न उठेको हो । प्रदेश सरकारको ३० लाख रुपैयाँ लगानीमा करिब आधा किमि सडकमा नाला निर्माण गर्ने कार्य गरिदैछ ।
संघ र प्रदेश सरकार मातहत लमजुङमा सञ्चालन भएका विकासका योजनाको गुणस्तर मापनको जिम्मा, आधार र के कस्तो, कस्को होला ? भन्ने प्रश्न खरो रुपमा उठेको छ । यस क्षेत्रमा निर्माणाधिन रहेका दुई सडक आयोजनामा भएको गुणस्तरहीन कार्यले त्यस्तो प्रश्न उठाउनु परेको हो ।
ती सडक खण्डमा निर्माण गरिएको नालीको ग्रेडिङ नमिलेको स्थानीयको गुनासो । त्यो नाली निर्माण कार्यमा प्रयोग गरिएको बालुवा निम्नस्तर(स्थानीय)को प्रयोग गरेको, नालीमा विच्छ्याइएका ढुंगाको गुणस्तर र तौलमा समेत ध्यान नदिएको, नाली प्लास्टर गर्दा प्रयोग हुने मसला मिक्चरबाट घोलिनु पर्नेमा सो कार्य नगरिएको, उठाइएको पर्खाला आदिमा क्विरिङको काममा ध्यान नदिएको जस्ता कार्यबारे स्थानीयबासीहरूबाट चर्को रुपमा गुनासो आएको हो ।
त्यही वालुवा सिमेन्ट पनि मिक्चरबाट घोलिनु पर्नेमा मिस्त्रिहरूलाई हातले घोल्न लगाइएको छ । बनाइएको नाली र नालीसँगै उठाइएका पर्खालहरूमा क्विरिङको काम समेतमा ध्यान नदिइएको स्थानीयको गुनासो छ । मुख्य त स्थानीय बालुवाको प्रयोग गरेर गुणस्तर बिगार्ने काम भएको छ । नालीको ग्रिडिङ नमिल्दा त्यसमा जम्मा भएको पानीको निकास कता, कसरी गरिने हो ? भन्न सकिने अवस्था छैन स्थानीयबासीहरू भन्छन् ।
यो प्रतिनिधिले सो क्षेत्रको स्थलगत भ्रमण गर्दा यस्ता गुनासो गर्नु हुनेमा स्थानीय सामाजिक कार्यकर्ता गोविन्दराज न्यौपाने, ज्ञानोदय माविका शिक्षकद्वय केशव घिमिरे र शंकर घिमिरे लगायत हुनुहुन्थ्यो । उहाँहरूले भन्नुभयो, ‘प्राविधिकलाई पनि यो विषयमा कति पटक भनियो, सुन्छन् र टुलुटुलु हेर्छन् मात्रै, केही बोल्दैनन्, न त गुणस्तरमा सुधार हुन्छ ।’ हामी जत्तीको बुझ्ने मानिस भएको ठाउँका योजनाको गति यस्तो छ भने दुरदराजका गाउँका योजनाको अवस्था कस्तो होला ? राज्यको पैसाको यसरी दुरुपयोग हुन दिन भएन नि ¤ यस्ता विषयमा राज्यको चौथो अंगको ध्यान जानु पर्दैन ? उहाँहरूको खरो जिज्ञासा थियो ।
सो क्षेत्रमा काम गरेका कामदारका नाइके सुरज चेपाङले ‘हामीले क्रसरको बालुवा नल्याउन भनेको छैन, हामीलाई जस्तो सामान दिन्छन् त्यस्तै प्रयोग गरेर काम गर्ने हो’ भने । क्विरिङका लागि पानीको समेत समस्या रहेको चेपाङले स्विकार गरे । ‘पानी र पाइपको अभावका कारणले नाली र उठाइएका वालमा क्विरिङको काम गर्न नसकेको’ उनले जानकारी दिए । ‘एक दिन त पानी नभएर काम नै रोकिएको थियो, कता क्विरिङ गर्ने पानी पाउनु’ मिस्त्री राजकुमार चेपाङले बताए । उनका अनुसार विहान आधा घण्टा मात्र धारामा पानी आउछ । त्यो बेलामा खानेपानी जम्मा गर्ने, नुहाउने, कपडा धुने कि ! के काम मात्र गर्ने ? उनले प्रति प्रश्न गरे ।
उनीहरू पेटीमा काम गर्ने मानिसहरू रहेछन् । असली ठेकेदार को हो ? भन्ने न त स्थानीयले न त ती कामदारले नै बताउन सके । सायद यस्तै कारणले पनि गुणस्तरमा समस्या सिर्जिएको हुन सक्छ ।
सो सडक खण्डको नाली निर्माणमा देखिएको वालुवाको समस्या, ग्रिडिङ, क्विरिङ, रिटर्निङ वाल लगायतका फोटाहरू :
बोराङखोला– घिमिरेगाउँ– गैरीस्वाँरा– भलायखर्क– कोके गाउँ सडकको संघीय योजना अन्तरगतको सडकमा नाली निर्माण गर्ने कार्यको गुणस्तरमा समेत प्रश्न उठेको हो । नालीको लेवलिङमासमेत समस्या देखिएको छ भने नाली निर्माण गर्दा ठाडो गरी ढुंगा राख्नु पर्नेमा तेर्सो गरी राखेर झारा टार्ने काम भएको छ । नालीमा प्रयोग गर्ने ढुंगाको मापदण्डभन्दा तेब्बर ठूला ढुंगा प्रयोग गरिएको छ । कतै खरीजस्तो फस्के ढुंगा त कतै चेपेखोलाका चिल्ला ढुंगा प्रयोग भएको छ त्यस्तोमा सिमेन्ट बालुवाले कसरी समाउँछ ? त्यसमा पनि बाहिर बाहिर सिमेन्ट पोत्ने काम गरिएको स्थानीयको गुनासो छ ।
गाउँमा खानेपानीको केही समस्या छ तर विहानमा धारामा पानी ५ बजेदेखि ७ बजेसम्म आउँछ, काम गर्नेहरू ७ः३० बजेसम्म सुत्छन्, अनि क्विरिङको काम कसरी हुन सक्छ ? क्विरिङको काममा समेत आफूहरूले आफ्नो घरको पानी र पाइप दिएर सहयोग गरेको हो र पनि चित्त बुझ्ने काम भएन भन्ने उहाँहरूले बताउनुभयो ।
नालीमा ढुंगा तेस्रो गरी राखिएको तथा नालीमा प्रयोग गरिएको मसला पनि कमसल मात्र हैन ढुंगासमेत निर्धारित स्तरभन्दा ठूला प्रयोग गर्ने गरिएको, नालीमा प्लास्टर गर्दा उचित मसलाको प्रयोग नभएको, उचित मात्रामा स्विरिङ नगरिएको लगायतका कामहरू प्रष्ट देख्न सकिने फोटाहरू :
घिमिरे गाउँ खण्डमा निर्माण गरिएको सडकमा लगाउनु पर्ने रिटेरिङवाल समेत निर्माण नगरेको गुनासो शिक्षक शंकर घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार त्यसबारेमा सम्झाउँदा समेत प्राविधिक र ठेकेदारले सुन्ने काम लगाएनन् । सडकको गुणस्तरका बारेमा हाम्रा वडाका जनप्रतिनिधि भएका वडाध्यक्षसँग गुनासो गर्न जाँदा उहाँले आफ्नो विरोध गरेको ठान्नु हुन्छ अर्का शिक्षक केशव घिमिरेले बताउनु भयो । बालुवा बोक्ने काममा वडाध्यक्षको ट्याक्टर प्रयोग गरी दिएको हुँदा पनि उहाँ द· हुनुहुन्छ, गुणस्तरसँग मतलब नै छैन ।
यस बारेमा सो वडाका अध्यक्ष विष्णुप्रसाद पौडेलसँग सम्पर्क गर्दा उहाँले संघीय योजना र प्रदेशको योजनामा हाम्रो पहुँच नहुने रहेछ भन्नुभयो । उहाँका अनुसार पलिकाको योजनामा हाम्रो हस्तक्षेप चल्छ तर संघीय योजना र प्रदेशको योजनामा नचलेको अनुभव छ । उदाहरण सहित उहाँले भन्नुभयो, ‘‘हाम्रोमा वडा भवन बनिरहेको छ, त्यसको एक पिल्लर टेडोजस्तो लाग्यो र हामीले भत्कायौं तर संघीय योजना र प्रदेशको योजनामा ‘यो त भएन नि ¤’ भन्यो भने त्यहाँ बसिञ्जेल गरेझैं गर्छन् हामी हिडेपछि उही पारा छ, छ, टेरिदैन ।’ उहाँसँग भोलि योजना सम्पन्न भएको भन्ने सिफारिस त तपाईले दिनु पर्ने होला नि ? भन्ने जिज्ञासामा गत वर्ष त्यस्तो सिफारिस मागिएन, यो वर्ष के गर्छन् थाहा भएन उहाँले भन्नुभयो ।
यस बारेमा जिल्ला स्थित प्राविधिक कार्यालयमा सम्पर्क गर्दा प्रदेशको योजना हेर्ने जिम्मा हाम्रो हो, कर्मचारी थोरै छौं, योजना धेरै छन् तर पनि सक्दो अनुगमन गर्ने गरिएको छ सो कार्यालयका प्रमुख विवेक सिग्देलले बताउनु भयो । उहाँका अनुसार यो बारेमा त्यही क्षेत्र हेर्ने प्राविधिक साथी दिपक देवकोटासँग बुझ्नु भए बेस होला ।
देवकोटासँग सम्पर्क गर्दा के कस्तो गुनासो आएको होला, सुझाव पाएमा हामी तुरुन्तै फलोअप गरेर सुधार गर्न लगाउँछौं भन्नुभयो ।

प्रकाशित मिति २०८१ जेष्ठ १०, बिहीबार १७:०६ गते
हजुरको प्रतिक्रिया