काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीहरूले महिनावारी भएको समयमा ड्युटी गर्न नपर्ने व्यवस्था मिलाएको बताउनुु भएको छ । त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरूले स्वयंसेवकको रुपमा सडकमा सघाउने जेठ १५ गते उल्लेख गर्नु भएको हो ।
गृहमन्त्री रविले त्यो जानकारी आफ्नो सामाजिक सन्जाल फेसबुकमार्फत् दिनु भएको हो । सो प्रवन्ध गणतन्त्र दिवसको उपहार मानिएको छ । उहाँले उक्त दिवसका अवसरमा सानो प्रयास गरिएको भन्दै लेख्नु भएको छ, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनु हुनेछ ।’
प्रकाशित मिति २०८१ जेष्ठ १५, मंगलवार १६:३३ गते