कर शिक्षा सचेतनाका साथमा अन्तरक्रिया

कर शिक्षा सचेतनाका साथमा अन्तरक्रिया

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ जेठ २० गते आईतबार ०८:११

‘पारदर्शिता, प्रविधि मैत्री कर प्रसासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सु–शासन’ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गरिएको हो ।

करदाता सेवा कार्यालय बेसीशहरको आयोजना र सुन्दरबजार चेम्बर अफ कमर्स लमजुङको संयोजनमा कार्यक्रम आयोजना

सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजारमा कर शिक्षा सचेतनाका साथमा अन्तरक्रिया गरिएको छ । करदाता सेवा कार्यालय बेसीशहरको आयोजना र सुन्दरबजार चेम्बर अफ कमर्स लमजुङको संयोजनमा जेठ १९ गते भएको हो ।
सुन्दरबजार नगरपालिकाको सभाहलमा भएको उक्त कार्यक्रममा ‘पारदर्शिता, प्रविधि मैत्री कर प्रसासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सु–शासन’ भन्ने मुल नाराका साथ गरिएको हो । सो अवसरमा करदाता सेवा कार्यलय बेसीशहरका प्रमुख हरिप्रसाद ढकालले करदाता सेवा तथा शिक्षाका बारेमा प्रकाश पार्नु हुँदै सहभागीहरूका जिज्ञासा मेट्ने काम गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यावसायीलाई स्थायी लेखा नम्बर, मूल्य अभिबृद्धि कर, अन्तशुल्क लगायतका बिषयामा सोही कार्यालयका ना.सु.द्वय बिनोदकुमार यादव र नासु महेश शर्माले जानकारी दिनु भएको थियोे ।
अन्तरक्रिया कार्यक्रमको अध्यक्ष एवम् सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले सुन्दरबजार चेम्बरले करदाता सेवा कार्यलय लमजुङसँग समन्वय गरी नियमित रुपमा यस्ता कार्यक्रम सञ्चालन गर्ने बताउँदै कर कार्यलय र व्यवसायी बीच सुमधुर सम्बन्ध समन्वय हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा लमजुङ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष प्रमोदकुमार श्रेष्ठ, लउबा संघका पूर्वकार्यबाहक अध्यक्ष रामबाबु श्रेष्ठ, लउवासंघका पूर्वउपाध्यक्ष राजेन्द्रमान श्रेष्ठ, लउवा संघ सुन्दरबजार इकाईका अध्यक्ष आनन्दराज श्रेष्ठ, सुन्दरबजार चेम्बर अफ कमर्स भोटेओडारका अध्यक्ष सरोजकुमार श्रेष्ठ, सुन्दरबजार चेम्बर अफ कमर्स चन्द्रेश्वरका अध्यक्ष देवराज मिश्र, सुन्दरबजार नगरपालिका राजस्व शाखाका कर्मचारी हरिप्रसाद कुमाल लगायतको सहभागिता रहेको थियोे ।
सुन्दरबजार चेम्बरका उपाध्यक्ष निपेन्द्र श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमको सञ्चालन सुन्दरबजार चेम्बर अफ कमर्सका महासचिव देवीप्रसाद अधिकारिले गर्नु भएको थियोे । उहाँका अनुसार उक्त कार्यक्रममा ९३ जना व्यावसायीको सक्रिय सहभागीता रहेको थियोे ।

प्रकाशित मिति २०८१ जेष्ठ २०, आईतवार ०८:११ गते
हजुरको प्रतिक्रिया