१० वटा प्रश्न गर्दा पार्टीको स्तरबृद्धिका लागि आफूले गरेका कम्तिमा तीनवटा काम पनि भन्ने गरौं : डिपि अर्याल उपसभापति रास्वपा

१० वटा प्रश्न गर्दा पार्टीको स्तरबृद्धिका लागि आफूले गरेका कम्तिमा तीनवटा काम पनि भन्ने गरौं : डिपि अर्याल उपसभापति रास्वपा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन ८ गते मङ्गलबार ०२:२४

रास्वपाले विपरित ध्रुवका काँग्रेस र एमालेलाई मिलाउने काम गरेको ठाकुवा गर्दै यो सानो उपलब्धी नठान्नु होला, यसलाई क्यास गर्न सक्नु पर्छ ।

पार्टी सभापतिले भदौदेखि देश दौडाहा सुरु हुने कार्यक्रम तय भएको छ ।

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डिपि अर्यालले पार्टी नेतृत्वलाई १० वटा प्रश्न गरिरहदा पार्टीको स्तरबृद्धिका लागि आफूले गरेका कम्तिमा तीन वटा काम मैले यो यो गरे समेत भन्न सक्ने गरी काम गरौं भन्ने कार्यकर्ताहरूलाई निर्देशन दिनु भएको छ । रास्वपाको गण्डकी प्रदेशस्तरीय स्थापना दिवसका अवसरमा आयोजित प्रदेशस्तरीय बैठक एवम् अन्तरक्रियामा प्रमुख आतिथ्यता मन्तव्य व्यक्त गर्ने क्रममा उहाँले साउन ७ गते त्यस्तो बताउनु भएको हो ।
सो अवसरमा कार्यकर्ता पंक्तिलाई कुनै पनि कलुस नराखी आफूलाई लागेका, अनुभव गरेका विषय भूलतः समसामयिक, पार्टी गतिविधि र विधान संशोधन तथा विविधा विषयमा केन्द्रत रही प्रश्न राख्नका लागि समय दिइएको थियो । उक्त अवसरमा सहभागी भएका विभिन्न जिल्लाका ३९ जनाले आ– आफ्ना जिज्ञासा राखेका थिए । ती सबै प्रश्नको सम्बोधनका प्रयास उपसभापति अर्यालबाट भएको थियो ।
पूर्वमन्त्रीसमेत रहनु भएका उपसभापति अर्यालले प्रश्नहरू धेरै उठे, यो जरुरी पनि छ, यो स्वभाविकै लागेको छ, यी प्रतिनिधि मूलक प्रश्न र देशभरीको अवस्थाको पनि हो भन्ने लागेको छ र अन्यथा रुपमा लिएको छैन भन्नुभयो । उहाँले यसलाई प्रतिवेदनको रुपमा सभापति र पार्टीको निकट भविष्यमा बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
आफै उपरको आर्थिक हिनामिना तथा अपारदर्शीताको प्रश्नबाट मन्तव्य प्रारम्भ गर्नु भएका उहाँले जीवनजल घोलिएको पानी पिउने बानी परेकाहरूलाई शुद्ध पानी मन नपर्न सक्छ भन्दै पार्टीको सबै हिसाव पारदर्शी छ र पार्टीका तीन तहबाट त्यसको जाँच हुने गरेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘पार्टीको लेखा शाखा, आर्थिक विभाग र लेखा परीक्षण हुन्छ ।’ त्यसबाहेक तपाईहरूले काठमाडौं आएको बेला हेर्न चाहनु भयो भने पाउनु हुन्छ, के केमा शंका लागेको हो, हाम्रा सबै हिसाबमा पारदर्शीता छ उहाँले भन्नुभयो । यो प्रश्न गर्दै गर्दा स्थापनाकालीन इतिहास र मेरो भूमिका पनि हेर्ने गर्नुस् भन्ने आग्रह गर्दै म राजनीति र रास्वपामा पैसा कमाउन आएको हैन, पैसा कमाउनका लागि मेरो आफ्नै पेशा छ उहाँले भन्नुभयो ।
रास्वपाको कुरा काट्ने दलहरूको मात्र पछिल्लो १० .बर्षको इतिहास हेर्नु भयो भने नियत प्रष्ट हुनेछ भन्नुभयो । हाम्रो त भरखर दुई वर्ष हुँदैछ, रास्वपा पार्टी घोषणा भएको दिनको जे स्थिति थियो, नीति, सिद्धान्त र केन्द्रीय गतिविधिका हिसावले केही फरक परेको वा विचलित भएको अवस्था छैन झनै सुदृढ भएको छ पहिलो दिनको भिडियो क्लिप हेर्न आग्रह छ भन्नुभयो । उहाँले हाम्रै कारणले गर्दा ऐले ३०/५० केजीका माला बन्न छाडेका छन् । त्यसमा पनि अप्रत्यक्ष हाम्रै लगानी थियो उहाँले भन्नुभयो । त्यस्तै, मिसन ८४ सुदुरपश्चिमको कार्यक्रममा जादा आफूले पहिलो पटक बोलेको स्मरण गर्दै दुई तिहाई बहुमतका लागि १८४ सिट चाहिने र अबको चुनाव पनि ८४ मा हुने हुँदा त्यसका लागि ‘मिसन ८४’ भनेको हो, त्यस्तो बोलेको थिएँ, पछि त के के भन्न थालियो, थालियो उहाँले भन्नुभयो ।
गलत प्रश्न गर्नेहरूलाई ‘हाम्रो नेताका सामु गएर आँखा जुधाएर कुरा गर’ भन्ने जवाफ दिनु पर्ने उल्लेख गर्दै उहाँले नेपालको ब्यूरोक्रेसी, प्रशासन, प्रहरी, सेना आदिका गतिविधि के छन् र के कसरी चलेका रहेछन् ? भन्ने थाहा पाउनका लागि पनि सरकारमा जान आवश्यक थियो र गएको हो भन्नुभयो ।
आफूलाई खाने तलबको राजस्व संकलन गर्ने बाहेक ब्यूरोक्रेसीले के गरेको छ ? भन्ने प्रश्न गर्दै रासन भत्ताका लागि लाग्ने वार्षिक १० खर्ब उठाउने बाहेकमा कर्मचारीको न त क्षमता छ र न त कुनै क्रियाशीलता छ ? पूर्वमन्त्री समेत हुनु भएका अर्यालले भन्नुभयो ।
रास्वपाले विपरित ध्रुवका काँग्रेस र एमालेलाई मिलाउने काम गरेको ठाकुवा गर्दै यो सानो उपलब्धी नठान्नु होला, यसलाई क्यास गर्न सक्नु पर्छ मिसन ८४ सफल बनाउन अर्को कुनै उपयोको खोजी गर्नु पर्दैन भन्नुभयो । उहाँले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्विकार गर्दै त्यसले अबका दिनमा गति लिन्छ उहाँहरू(ती समिति)को प्रतिवद्धता पनि आएको छ र पार्टी सभापतिले भदौदेखि देश दौडाहा सुरु हुने कार्यक्रम तय भएको छ साउनमा हामी दस्तावेज लेखनमा छौं भन्ने जानकारी दिनुभयो ।
गल्ती गर्ने कसैलाई छुट नहुने बताउँदै मन्त्री विदेश जाँदा चार जनाभन्दा बढी नजाने भन्ने कार्यविधि रहेको तर तोकओदशले २४– २७ जनाको लावालस्कर जाने प्रचलन नै रहेछ त्यसको पनि देशले एक दिन हिसाब खोज्ने छ उहाँले दृढताका साथ उल्लेख गर्नु भयो ।
यो देशको कसरी चलाइएको छ ? भन्ने उदाहरण दिदै उहाँले भन्नुभयो, ‘सिलेवस चार वर्ष अघि नै परिवर्तन गरिएको रहेछ । तर चौथों वर्षमा पनि पुरानै सिलेवस पढाइएको रहेछ, किन ? भनेको कोर्षबुक छाप्ने ठेकेदारले चार वर्षका लागि किताव पहिल्यै छापिसकेको रहेछ, त्यसको उपयोगका लागि त्यही पढाएको भन्ने जवाफ पाइयो, यस्तो पनि हुन्छ ? उहाँले प्रतिप्रश्न गर्नु भयो ।
गल्ती नै गल्तीको भूमरीमा फसेकाहरूले हामीलाई राम्रो कसरी भन्न, देख्न सक्छन् ? भन्नुहुँदै सहकारी ठगीका बारेमा एक दुई जना व्यक्तिको पक्राउको मात्र प्रश्न हैन रास्वपा सबै बचतकर्ताको रकम फिर्ता गराउने अभियानमा छ । एलेसम्मको आंकडा अनुसार दुई खर्ब बढी रुपैयाँ सहकारीमार्फत सर्वसाधारणको डुवेको जानकारीमा आएको छ । त्यसबारेमा पार्टीले दस्तावेज समेत तयार गरेको छ उहाँले भन्नुभयो ।
‘यो मर्दको देश हो, केही समय धैर्य गरौं’ भन्ने आह्वान गर्दै कार्यकर्ताहरूलाई नआत्तिन र विचलित नहुन अपिल गर्नु भयो । उहाँले भन्नुभयो, ‘रास्वपाले हारेको छैन, हार्दैन ।’ उहाँले भन्नुभयो, ‘शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको’ विश्वका अन्य कुनै देशको समाचार सुन्नु भएको छ ? हामीलाई अल्मल्याउने, बिचलित बनाउने प्रयास भएका छन्, त्यस्तो स्याल हुँइयाँमा लाग्न जरुरी छैन उहाँले उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेशसभाका सभापति राजन गौतमको सभापतित्वमा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य एवम् सांसद शिव परियार, केन्द्रीय सदस्य गोमा क्षेत्री, गण्डकीको अनुशासन आयोगका संयोजक योगेन्द्र केसी लगायतले शुभकामना मन्तव्यसहित आ– आफ्ना धारणा राख्नु भएको थियो ।
मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लाको प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा लमजुङका नवराज पहाडी, धु्रव ढकाल, तनहुँको भानु नगरका सभापति विष्णु पोखरेल, निर्वाचन क्षेत्रनं २ का संयोजक शेषरमण न्यौपाने, शशी रुपाखेती सहित छ जना, गोरखाबाट आनन्दराज पाण्डे सहित २ जना, नवलपुरबाट नरेश्वर लामिछानेसहित २ जना, स्यांङ्जाबाट रुक्मांगत भण्डारी, डिल्लीराम कोइरालासहित तीन जना, बाग्लुङबाट देवजङ बुढाथोकी सहित चार जना र कास्कीबाट विष्णुगुरुङ ‘एकता’, विश्वराज काफ्ले, बैकुण्ठ बराल, यदुनाथ अधिकारीसहित १७ जना, यम बसेल म्याग्दीले सो अवसरमा विभिन्न प्रश्न राख्नु भएको थियो ।
उक्त अवसरमा कार्यकर्ताबाट संगठन विस्तारका लागि सभापतिले देश दौडाहा गर्नु पर्ने, उपसभासित अर्यालकै विरुद्ध आर्थिक अपचलनको प्रश्न उठ्नुको कारण ? विभिन्न समितिलाई काम खोई ? प्रशिक्षण खै ? रास्वपा जस्तो पार्टीलाई अधिवेशन घोषणा गरेर पनि अनिश्चितकालसम्म लम्व्याउन सुहाउँछ ? पार्टीमा व्यक्तिवाद र आफन्तवाद हावी भएको हो ? पार्टीको शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विषयको मार्ग दर्शन के हो ? विधान एक पटक स्वीकृत नभई केन्द्रीय समितिले नै त्यसलाई संशोधन गर्न मिल्छ ? तुरुन्त विधान अधिवेशन बोलाउने काम गरियोस् भन्ने माग गरिएको थियो । त्यस्तै, सरकारमा जाने निर्णय केन्द्रीय समितिबाट किन भएन ? बाराको चुनावी हारको राम्रो समीक्षा नगर्नु संगठन बिना बढी आशा गरेको कारण इलाममा मार खानु परेको हो, पार्टी स्थापनाको दुई वर्ष वित्दा पनि प्रचार सामग्री शून्य किन ? ती बिना संगठन विस्तारमा सहजता कसरी हुन्छ ? रास्वपा जस्तो प्रारम्मिक निर्वाचन पद्दति अपनाउने र टीकेप्रथाको विरोध गर्ने पार्टीले ठूला पद जति सबैमा टीका लगाएपछि टीकेहरूले सभापतिको चाडकी गर्छन् कि संगठन विस्तार र पार्टी उन्नतिको काम ? त्यसैले यस्तो प्रथा तत्काल खारेज हुनुपर्छ, पाँच ‘ज’को उपयोग गर्ने बारेमा तथा निजी क्षेत्रप्रति पार्टीको धारणा के छ ? संगठन समावेसी बनाउनु पर्ने, कार्यकर्तामा आएको जिल्ला समिति कम्तिमा ५१ सदस्यीय हुनुपर्छ, निर्वाचन क्षेत्र समितिलाई सक्रिय बनाउनु पर्यो, सहकारीका काण्डका जिबी राईलाई किन ल्याउन नसक्या ? अन्य काण्ड फेरि हराउँछन् कि तिनको फाइल खुल्दै जान्छन् ? लगायतका प्रश्न गरिएको थियो ।

प्रकाशित मिति २०८१ श्रावण ८, मंगलवार १४:२४ गते
हजुरको प्रतिक्रिया