निःशुल्क एक दिने स्वास्थ्य परीक्षणमा ९२ जना लाभान्वित

निःशुल्क एक दिने स्वास्थ्य परीक्षणमा ९२ जना लाभान्वित

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन ८ गते मङ्गलबार ०८:४४

शिविरमा स्वास्थ्य परीक्षणमा आउने हुने ९२ जनामध्ये ५० प्रतिशत भन्दा धेरै जनाको सुगर लेवल हाई रहेको तथा ४२ जनाको उच्च रक्तचाप रहेको पाइएको सो अस्पतालका प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ ।

पाँच जनालाई अस्पतालमा भर्नाका लागि रिफर

पाउँदी(लमजुङ)– लमजुङको मुख्य प्रवेश नाका रहेको पाउँदी बजारमा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविर एचडिसिएच नमूना सामुदायिक अस्पताल सुन्दरबजारको आयोजना तथा दोभान एकता युवा क्लब, पाउँदी बजारको समन्वयमा साउन ८ गते सञ्चालन गरिएको हो ।
सो अवसरमा शिविरमा स्वास्थ्य परीक्षणमा आउने हुने ९२ जनामध्ये ५० प्रतिशत भन्दा धेरै जनाको सुगर लेवल हाई रहेको तथा ४२ जनाको उच्च रक्तचाप रहेको पाइएको सो अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार उच्च रक्तचापका साथै सुगर लेवल धेरै भएकोहरू पाँच जनालाई अस्पातलमा थप उपचारको लागि रिफर गरी पठाइएको छ ।

उहाँले भन्नुभयो, ‘ती विरामीका लागि यातायात खर्च सहित फ्रि टिकटको प्रवन्ध गरिएको छ ।’ तत्कालका लागि उहाँहरूले भर्ना भएरै उपचार गर्नु पर्ने स्थिति देखिए पछि रिफर गरिएको श्रेष्ठले जानकारी दिनुभयो । आज पहिलो दिन हो श्रेष्ठले जानकारी दिनुभयो । 
आजको शिविरमा बिशेषज्ञ चिकित्सक डा. निंगी प्यांग, मनोविमर्शदाता शोभा ठकुरी, अस्पताल प्रमुख हेमन्त श्रेष्ठ सहितको टोलिद्वारा सेवा प्रदान गरेको अस्पताल प्रशासनले जनाएको छ ।
अब आउँदो सातादेखि प्रत्येक हप्ताको मंगलबारका दिन १० बजेदेखि २ बजेसम्म आज जस्तै निःशुल्क स्वास्थ्य परीक्षण विशिर सञ्चालन गर्ने निर्णय अस्पतालले गरेको समेत अस्पतालका प्रमुख श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सर्वसाधारणमा सेवाको पहुँच विस्तार गर्ने योजना अनुसार शिविर सञ्चालन गरिएको हो ।

प्रकाशित मिति २०८१ श्रावण ८, मंगलवार २०:४४ गते
हजुरको प्रतिक्रिया