एमालेमा व्यापक मनोनयन र जिम्मेवारी हेरफेर : माधवको साथ छाडेकालाई उपहार

एमालेमा व्यापक मनोनयन र जिम्मेवारी हेरफेर : माधवको साथ छाडेकालाई उपहार

एजेन्सी

@antaranganews

२०८१ साउन १७ गते बिहिबार ०९:२०

कृष्णगोपाल श्रेष्ठलाई यस पटक पनि बागमतिको इन्चार्ज बनाइएन । गत २०७९ मंसिरको चुनावमा सिंगो बागमती प्रदेशमै एमालेबाट चार जनाले जित्दा राजधानी शहर काठमाडौंमा पार्टीलाई शून्य हुनबाट जोगाउने नेताका रुपमा नेता श्रेष्ठ चिनिनु हुन्छ ।

१७ जनालाई केन्द्रीय सदस्य मनोनित

काठमाडौँ– नेकपा एमालेमा व्यापक मनोनयनका साथ जिम्मेवारी हेरफेरको निर्णय भएको छ । एमाले सचिवालयको होटल बसेरामा बसेको बैठकले साउन १७ गते त्यस्तो निर्णय गरेको हो । च्यासलस्थित केन्द्रीय कार्यालय डुबानमा परेपछि होटलमा बैठक बसेको एमालेले जनाएको छ ।
घोषित निर्णय अनुसार गुरु बराललाई रिक्त उपाध्यक्ष पदमा मनोनयन गरिएको महासचिव शङ्कर पोखरेलले बताउनु भयो । उहाँका अनुसार उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि सो पद रिक्त रहेको थियो । एमाल बैठकले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरेको छ । श्रेष्ठ हाल पार्टीको मधेस प्रदेशका पोलिटब्युरो सदस्य रहेकामा एमालेले स्थायी कमिटी सदस्य बनाइएको हो ।
न्यौपाने केही अघि नेकपा एकीकृत समाजवादी परित्याग गरेर एमालेमा फर्किनु भएको थियो । माधव नेपालको साथ छाडेर पुरानै घर फर्किनु भएका उहाँलाई एमालेले स्थायी कमिटीमा ल्याएर सो पद समेत उपहार दिएको बताइन्छ । एमालेले प्रदेश इन्चार्जहरू पनि तोकेको छ । सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई तोकेको महासचिव शङ्कर पोखरेलले बताउनु भयो । उहाँका अनुसार यसअघि एमालेले फरक भूगोलमा नेताहरूको जिम्मेवारी दिएकोमा त्यसलाई परिवर्तन गर्दै अहिले भूगोलका आधारमा प्रदेश इन्चार्ज बनाउने काम गरेको हो ।
एमालेले आजै १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम),गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) हुनुहुुन्छ ।
त्यस्तै, एमालेले निर्वाचन आयोगमा अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलवस्तु),नर्मदा भण्डारी (गुल्मी), रत्ना गुरुङ (काठमाडौँ) कमला केसी (कैलाली) पनि केन्द्रीय सदस्यमा मनोनीत हुनु भएको छ । यसैगरी मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनीत भएको छ ।
एमालेले सल्लाहकार परिषद् सदस्यमा पनि नेताहरूलाई मनोनयन गरेको छ । जसमा कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (रोल्पा), पिएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी), एकवाल मियाँ (कपिलवस्तु), डा. गोपाल खनाल (नवलपुर),खालित हुसेन हक (सुनसरी), पदमा हरि रिजाल (प्युठान), प्रेमबहादुर सिंह (कालिकोट) हुनुहुन्छ । त्यस्तै, कृष्णप्रसाद दाहाल (मकवानपुर), बिनु ढकाल (मोरङ), सानु श्रेष्ठ (बागमती) सिर्जना शर्मा (गण्डकी), प्रदीप भण्डारी (कोसी), अर्जुनबहादुर थापा (सुदूरपश्चिम), श्याम ढकाल (बर्दिया), नारायण मरासिनी (स्याङ्जा), धनेन्द्र घिमिरे (पाल्पा), नन्दलाल रोकाया (बाँके), जनक पौडेल (बागलुङ), मेघनाथ सुवेदी (पर्वत), नारायण मलासी (डोटी),सुवासचन्द्र ठकुरी(मकवानपुर) पनि सो पदमा मनोनीत हुनु भएको छ ।
यसैगरी, महासचिव पोखरेलले जानकारी दिए अनुसार शान्तकुमार ओली (रोल्पा), विना ज्ञवाली (बर्दिया), हरि पोखरेल (खोटाङ), कवीन्द्र शेखर रिमाल (काठमाडौँ), सर्वध्वाज सावा लिम्बु (सुनसरी), गणेशसिंह धामी (दार्चुला), नन्द केशर ढकाल (रुपन्देही), लक्ष्मी प्रसाद जोशी (डडेलधुरा), रामहरी सुवेदी (काभ्रे),सरस्वती पाटी (भक्तपुर)लगायतलाई परिषद् सदस्यमा मनोनीत गरिएको छ ।
कृष्णगोपालको नाम फेरि छुटाइयो :
यसैबीच, नेकपा एमालेले सचिवालय बैठकबाट पदाधिकारी सहित केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरिरहँदा काठमाडौंका नेता कृष्णगोपाल श्रेष्ठको नाम फेरि छुटाइएको छ । गत २०७९ मंसिरको चुनावमा सिंगो बागमती प्रदेशमै एमालेबाट चार जनाले जित्दा राजधानी शहर काठमाडौंमा पार्टीलाई शून्य हुनबाट जोगाउने नेताका रुपमा कृष्णगोपाल श्रेष्ठ चिनिनु हुन्छ ।
तर उहाँलाई आजको पार्टी बैठकले फेरि पनि निराश बताएको छ । त्यसो त केही समय अगाडि राजधानीमा आयोजित एक पार्टी कार्यक्रममा अध्यक्ष ओलीले कृष्णगोपाल श्रेष्ठलाई चिठ्ठा परेर जितेका टिप्पणी गर्नु भएको थियो ।
बैठकमा श्रेष्ठलाई बागमती प्रदेशको इन्चार्ज बनाउनुपर्ने प्रस्ताव केही पदाधिकारीले उठाए पनि राजन भट्टराई इन्चार्ज बन्नुभयो । अनुभवी नेताको सूचिमा पर्नु हुने श्रेष्ठको चाहना पनि बागमती प्रदेशको इन्चार्ज हुने थियो । तर अन्तिम निर्णय गर्दा बैठकले उहाँको नाम काटियो ।
दशौं राष्ट्रिय महाधिवेशन पछि श्रेष्ठले बागमतीको इन्चार्ज पद पाए संगठन बलियो बनाउन भूमिका खेल्ने बताउँदै आउनु भएको थियो । तर त्यसबेला अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका टोपबहादुर रायमाझीलाई बागमतीको इन्चार्जको जिम्मेवारी दिनु भयो । त्यसो त रायमाझी इन्चार्ज बन्दा कसैको आपत्ति भएन । बरु भुटानी शरणार्थी प्रकरणमा रायमाझी आफैं जेल परेका पछि भने धरै चकित परेका थिए । अन्ततः कृष्णगोपाल फेरि स्वास्थ्य तथा जनसंख्या विभागमै रहनु भएको छ ।

प्रकाशित मिति २०८१ श्रावण १७, बिहीबार २१:२० गते
हजुरको प्रतिक्रिया