निर्वाचन आयोगमा रास्वपाले केन्द्रीय समिति हेरफेरको विवरण बुझायो

निर्वाचन आयोगमा रास्वपाले केन्द्रीय समिति हेरफेरको विवरण बुझायो

एजेन्सी

@antaranganews

२०८१ साउन १७ गते बिहिबार ०९:३३

रास्वपाका निलम्बित महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई रास्वपाको केन्द्रीय समितिको बैठकले अनुशासनात्मक कारबाही गर्दै केन्द्रीय समितिको सदस्य समेतको जिम्मेवारीबाट पदमुक्तको निर्णय असार २५ गते गरेको थियो ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम राजनैतिक दल सम्बन्धी विवरण हेरफेरको जानकारी ३० दिनभित्र निर्वाचन आयोगलाई बुझाउनु पर्ने व्यवस्था छ ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा केन्द्रीय समिति फेरफेरको अद्यावधिक विवरण बुझाएको छ । रास्वपाले आयोगलाई केन्द्रीय समितिको अद्यावधिक विवरण साउन १७ गते बुझाउने काम गरेको हो ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम राजनैतिक दल सम्बन्धी विवरण हेरफेरको जानकारी ३० दिनभित्र निर्वाचन आयोगलाई बुझाउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम रास्वपाले एक महिना पुग्नु अगावै विवरण हेरफेरको जानकारी आयोगलाई विधिवत् रूपमा बुझाएको सो दलका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भयो ।
गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा. मुकुल ढकाललाई निलम्बन गरेको रास्वपाको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले अनुशासनात्मक कारबाही गर्दै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिको सदस्य समेतको जिम्मेवारीबाट पदमुक्त गरेको थियो । रास्वपाले त्यसको जानकारी निर्वाचन आयोगलाई लिखित रुपमा आज दिएको हो ।
रास्वपाले रिक्त महामन्त्रीको पदको जिम्मेवारी कार्यवाहक महामन्त्रीको रूपमा सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलाई र रिक्त प्रवक्ताको जिम्मेवारी कार्यवाहक प्रवक्ताको रूपमा सहप्रवक्ता एवं सांसद मनिष झालाई दिएको यसअघि नै खुलासा भइसकेको छ ।

प्रकाशित मिति २०८१ श्रावण १७, बिहीबार २१:३३ गते
हजुरको प्रतिक्रिया