नमुना सामुदायिक अस्पतालद्वारा वार्षिक प्रगति सार्वजनिक

नमुना सामुदायिक अस्पतालद्वारा वार्षिक प्रगति सार्वजनिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन २६ गते शनिवार ०६:०८

अस्पतालको भावि योजनामा शैया संख्या १५ बाट २५ शैया पुर्याउने, स्वास्थ्य बिमा कार्यक्रमको अनुमति लिई सेवा प्रदान गर्ने, बिशेषज्ञ स्वास्थय सेवा (हार्डजोर्नी, बाल रोग, आँखा उपचार) सेवा सुचारु गर्ने, घरमै स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने, समुदायस्तरमा निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्ने रहेको जानकारी दिइएको छ ।

अस्पतालले १३ हजार ३ सय ४९ जनालाई बहिरंग र ८ सय ३६ जनालाई अन्तरङ्ग सेवा उपलब्ध गराएको छ ।

सुन्दरबजार(लमजुङ)– यहाँ स्थित एचडिसिएस नमुना सामुदायिक अस्पतालले एक वर्षको अवधिमा गरेको प्रगति सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ को कुल अवधिमा अस्पतालबाट भए गरेका कार्यको प्रगतिको तथ्यांक अस्पताल प्रशासनले हालै सार्वजनिक गरेको हो ।
सो अवधिमा अस्पतालले १३ हजार ३ सय ४९ जनालाई बहिरंग र ८ सय ३६ जनाले अन्तरंग सेवा उपलब्ध गराएको बताएको छ । गत वर्ष २० वर्ष मुनी सुत्केरी हुने महिलाको संख्या ४ वजना रहेको उल्लेख गर्दै कुल २ सय ९७ जनाले गर्भवती जाँच सेवा लिएको, विभिन्न स्थानमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ३ हजार ३ सय जनालाई सेवा प्रदान तथा टेलिमेडिसिन सेवा १४ जनाले र सर्पदंश सेवा १४ जनाले लिएको अस्पताल प्रशासनले जानकारी लिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अस्पतालबाट १५ जनाले सामान्य प्रसुती सेवा र ८ जनाले शल्यक्रिया मार्फत प्रसुती सेवा लिएका छन् ।
उहाँले भन्नुभयो, ‘आकस्मिक सेवा लिने २ हजार ५ सय ३८ जना, ल्याव परीक्षण सेवा लिने संख्या ७ हजार ४ सय ९० जना तथा एक्सरे सेवा ४ हजार १८ जनाले लिएका छन् । मनोबिमर्श सेवा लिनेहरू ३ सय ६२ जना छन् भने ७ सय ७ जनाले ई.सि.जी सेवा, १ हजार १ सय ४३ जनाले शल्यक्रिया सेवा, ३ हजार ३ सय ३९ जनाले दन्त सेवा तथा ४ सय ७३ जनाले फिजियोथेरापी सेवा लिएका छन् ।’
अस्पतालमा आफूहरूले सोवा सुरु गरेको छोटो अवधिमा सुन्दबजार क्षेत्रका नागरिक समाजको मन जित्न सफल भएको बताउँदै आगामी दिनमा सेवा प्रवाहलाई थप गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरूले मेहनत गरिरहेको अस्पताल प्रमुख श्रेष्ठले बताउनुभयो ।
गतवर्ष अस्पतालले सुन्दरबजार नगरपालिकाका विभिन्न स्कुल, समुदायहरू तथा व्यक्तिगत सरसफाई, महिला स्वास्थ्य सम्बन्धि, मानसिक स्वास्थ्य तथा, सचेतना मुलक अभिमुखीकरण गरेको उहाँको भनाइ छ ।
यसैगरी, अस्पतालले सुरु गरेको नमूना समुदाय प्रतिकार्य परियोजना अन्तर्गत सुन्दरबजार २, ५, ६, ७ मा विपद व्यस्थापन सम्बन्धि विभिन्न कार्यक्रम सञ्चालन गरेको, अस्पतालले विपद तथा जलवायु परिवर्तन सम्बन्धि चित्रकला र लोकदोहोरी प्रतियोगिता आदि कार्यक्रम समेत सञ्चालन गरेको अस्पताल प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ ।
WHO को सहयोगमा अस्पतालका कर्मचारीहरूका लागि Vaccine Preventable Disease (VPD) सम्बन्धि अभिमुखीकरण कार्येक्रम गरिएको, अस्पतालमा भर्ना भएर बस्नु भएका बिरामी तथा बिरामी कुरुवाहरूलाई निःशुल्क स्वास्थ्य शिक्षा दिने सुरुवात गरिएको, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ, स्वास्थ्य निर्देशनालय पोखरा, स्वास्थ्य कार्यालय लमजुङ, स्वास्थ्य शाखा सुन्दरबजारबाट अस्पतालको निरीक्षण तथा अनुगमन भएको अस्पताल प्रमुख श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार गण्डकी प्रदेशका पूर्व तथा वर्तमान मुख्यमन्त्री, लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रमुख सेनानी, प्रहरी प्रमुख, ईलाका प्रहरी प्रमुखहरूबाट अस्पतालको अनुगमन तथा निरीक्षण साथै अस्पतालमा स्वागत तथा परिचय कार्यक्रम गरिएको थियो ।
अस्पतालको भावी योजना :
यसैगरी, अस्पतालको भावी योजनाबारेमा जानकारी दिनु हुँदै अस्पताल प्रमुख श्रेष्ठले भन्नुभयो, शैया संख्या १५ बाट २५ शैया पुर्याउने, स्वास्थ्य बिमा कार्यक्रमको अनुमति लिई सेवा प्रदान गर्ने, बिशेषज्ञ स्वास्थय सेवा (हार्डजोर्नी, बाल रोग, आँखा उपचार) सेवा सुचारु गर्ने, घरमै स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने, समुदायस्तरमा निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्ने तथा समुदाय तथा विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने रहेको छ ।

प्रकाशित मिति २०८१ श्रावण २६, शनिबार ०६:०८ गते
हजुरको प्रतिक्रिया