राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा बेसीशहर– ९ पाखाथोक निवासी स्व. कृष्णमायाप्रति श्रद्धाञ्जली अर्पण

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा बेसीशहर– ९ पाखाथोक निवासी स्व. कृष्णमायाप्रति श्रद्धाञ्जली अर्पण

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १० गते बुधबार ०६:३८

रास्वपाको बेसीशहर नगरपालिका– ९ वडा समितिकोतर्फबाट व्यक्त गरिएको श्रद्धाञ्जली पत्र शोकसन्तप्त परिवारजनमा सो दलका जिल्ला सल्लाहकार परिषदका संयोजक, वरिष्ठ पत्रकार नवराज पहाडीले हस्तान्तरण गर्नु भएको हो ।

समवेदना पत्र हस्तान्तरण गर्नु अघि स्व. कृष्णमायाको आत्माको चिरशान्तीको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बेसीशहर नगरपालिका– ९ वडा समितिद्वारा पाखाथोक निवासी स्व. कृष्णमायाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । उहाँको निवासमा पुगेर सो दलको एक टोलीले स्व.कृष्णमायाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको परिवारजनमा हार्दिक समवेदना पुस १० गते व्यक्त गरेको हो ।
स्व. कृष्णमायाको सातौं पुण्य तिथिका दिन रास्वपाको बेसीशहर नगरपालिका– ९ वडा समितिका सभापति भागवत सिंह अर्यालको नेतृत्वमा एक टोली उहाँको निवासमा पुगेर स्व.आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पणका साथ शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको हो ।
रास्वपाको बेसीशहर नगरपालिका– ९ वडा समितिकोतर्फबाट व्यक्त गरिएको श्रद्धाञ्जली पत्र शोकसन्तप्त परिवारजनमा सो दलका जिल्ला सल्लाहकार परिषदका संयोजक वरिष्ठ पत्रकार नवराज पहाडीले हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा रास्वपाको बेसीशहर नगरपालिका– ९ वडा समितिका सपभाति भागवत सिंह अर्याल, सो दलको सोही समितिका उपसभापति वमबहादुर अधिकारी, सोही वडाको सो दलका सचिव श्याम अर्याल र रास्वपाको बेसीशहर नगरपालिका– ७ वडा समितिका सचिव विष्णु घिमिरे लगायतको सहभागिता थियो ।
समवेदना पत्र हस्तान्तरण गर्नु अघि स्व. कृष्णमायाको आत्माको चिरशान्तीको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो । रास्वपाको बेसीशहर नगरपालिका– ९ वडा समितिका सपभाति भागवत सिंह अर्यालले स्व. कृष्णमायाप्रति व्यक्त गरिएको श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति व्यक्त गरिएको समवेदना पत्र वाचन गरेर सुनाउनु भएको थियो । उहाँले स्व. कृष्णमाया पछिल्लो छ वर्षदेखि मृगौला फेल भई पीडित हुनुभएर डाइलोसिस गर्दै जीवन धान्दै आउनु भएको जानकारी दिनु भएको थियो ।
उक्त कार्यक्रममा स्व. कृष्णमायाका सुपुत्रद्वय शम्भु र जिवन दिक्षीत, छारीहरू रामपियारी, पदमा र शारदा तथा बुहारीद्वय क्रमशः धनसरी दिक्षीत र ममता दिक्षीतसमेत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति २०८१ पुष १०, बुधबार १८:३८ गते
हजुरको प्रतिक्रिया