प्रहरीको आँखा छल्दै जागिरको सोझो गर्दै २ दिन अघि मात्र हाजिरी पड्काएका उनीहरू आज दिउँसो पक्राउ परेका हुन् । सो ठगी काण्डमा मुछिएर फरार रहेका एक वडाध्यक्ष सहित ३७ जना अझै फरार रहेको स्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय, लमजुङद्वारा हिरासतमा राख्न प्रहरीद्वारा उनीहरू चारै जनाको स्वास्थ्य परीक्षण गराउँदै
बेसीशहर– लमजुङको जिल्ला सदरमुकाममा केन्द्रीय कार्यालय रहेको ठूलो बुहचर्चित सुनौलो भविष्य सहकारीका ठगी आरोपिहरूमध्येका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रहरीको आँखा छल्दै काममा फर्केका वडाध्यक्ष विजेन्द्र थापा, भक्ति नमूना माविका प्रावि शिक्षक थकित अधिकारी(यात्री) सहित चार जना रहेका छन् । यो समाचार तयार हुँदै गर्दा कार्तिक २ गते साँझ उनीहरूको स्वास्थ्य परीक्षणका लागि प्रदेश अस्पताल, लमजुङमा पठाइएको प्रहरी स्रोतको भनाइ छ । उनीहरू पक्राउ परेको लमजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रेशम बोहराले पुष्टि गर्नु भएको छ ।
सुनौलो भविष्य सहकारीको रकम अपचलन अर्थात ठगी धन्दा(मुद्दा)का आरोपिहरू ५० जनाका विरुद्धमा पक्राउ पूर्जी जारी भएको छ । तीमध्ये आजका मितिसम्म १३ जना मात्र प्रहरी सम्पर्कमा छन् । पक्राउ परेकामध्ये पनि ९ जना देशमा जेन जेड आन्दोलका कारण सिर्जिएको सुरक्षाको विषम परिस्थितिका कारण प्रहरी कष्टडीबाटै धरौटीमा रिह भएका छन् । अन्य ३७ जना भने प्रहरीको नजरमा फरार रहेका छन् ।
यो समाचार तयार गर्दा समेत बाँकी रहेका व्यक्तिहरूको खोजीकार्य जारी रहेको छ, उनीहरूलाई फेला पारेमा जुनकुनै पनि बेलामा पक्रने प्रहरी स्रोतले जनाएको छ ।
सो काण्डमा मुछिएका बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवप्रसाद जोशी भने अझै पक्राउ परेका छैनन् ।
पक्राउ परेका सुन्दरबजार नगरपालिका– ८ का वडाध्यक्ष विजेन्द्र थापा नगर कार्यपालिकाको बैठकमा दुई दिन अघिमात्र हाजिर भएका थिए । त्यस्तै, शिक्षक थकित यात्रीले असोज मसान्तको दिन विद्यालयमा उपस्थित भएर हाजिरी पड्काएका थिए ।
स्रोतका अनुसार सोही नगरपालिकाको भोटेओडार स्थित भक्ति नमूना माविको प्रावितहका शिक्षक थकित अधिकारी(यात्री) जो सुनौलो भविष्य सहकारी संस्थामा लामो समयसम्म लेखा समितिको संयोजक रहेका उनी सो समितिको बहालवाला संयोजक समेत छन्– ले समेत असोज ३१ गते विद्यालयमा हाजिर गरेको खुल्न आएको छ भने उनले अझै पनि सो माविको छात्रावासमा हालिमुहाली(वार्डेनमा) रजाई गर्न नछाडेको समेत स्रोतको दावी छ ।
उनले नोकरी अवधिमा पाउने तीन वर्षको वेतलवी विदा स्विकृत गराउन कम्मर कसेको समेत स्रोतले बताएको छ । स्रोतका अनुसार नोकरी अवधिमा तीन पटक मात्र वेतलवी विदा लिन पाइने व्यवस्था रहेको छ । यात्रीले यसअघि नै सो सुविधा लिएको तर तीन वर्षको अवधि भने केही महिना बाँकी रहेको हुँदा दबाब र प्रभावबाट त्यसको उपयोग गर्ने दाउमा रहेको बुझिन आएको स्रोतले जनाएको छ ।
उता, बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवप्रसाद जोशीले पनि वडा कार्यालयमा हाजिर भएर असोजमसान्तसम्म वडाध्यक्षका हैसियतले गर्नु पर्ने कामकाज गरेको भएपनि वडाकार्यालयको मात्र ५० मिटरको दुरीमा रहेको प्रहरी चौकीका प्रहरीले उनलाई नदेख्नु वा पक्रन चासो नदेखाउनु भने थप आश्चर्यको विषय भएको पीडितहरूले बताएका छन् ।
सुनौलो भविष्य सहकारीका ठगी आरोपिहरू सबै काँग्रेस र एमालेका कार्यकर्ता भएको बुझिएको छ । उनीहरूलाई यसअधिको सरकारले राम्रो संरक्षण गरेको भए पनि हालै बनेको नयाँ सरकारका पालामा पनि उनीहरूले उन्मुक्ति पाइरहनुलाई आश्चर्य लागेको सो सहकारीका पीडितहरूले बताउने गरी आएका छन् ।
स्मरणीय छ, यसअघि बेसीशहरमै केन्द्रीय कार्यालय रहेको कालिका सहकारीको यस्तै ठगी काण्डमा मात्र ३४ जनालाई प्रतिवादी बनाइएको थियो । त्यो काण्डका नायकहरूलाई छुटाउन एमाले नेतृत्वले निकै नै पापड पेल्ने काम गरी सफल भएको पनि देखिएको थियो । सो काण्ड कथित मिलापत्रमा टुंगियो भनिए पनि उल्टिन सक्ने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ । सुनौलो भविष्य सहकारीको मुद्दा के कसरी टुंगिने हो त्यो जान्न भने केही दिन कुर्नु पर्ने स्थिति उत्पन्न भएको स्रोतको भनाइ छ ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..