जेन जेड आन्दोलनको करिब डेढ महिनापछि खुल्यो मेयर बालेनको मुख : कांग्रेस–एमालेले देश जलाएको दावी

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक ६ गते बिहिबार ०२:१७

‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौ ! चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?’ मेयर साहले थप लेख्नु भएको छ ।

‘तुइन र काठको पूल बनाउने नेताहरू भन्छन्, यो देश विदेशीले बिगार्यो, भिसा पाउनलाई तिमीहरूको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ ?’ उहाँको प्रश्न छ ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको जेन–जी आन्दोलनको झण्डै डेढ महिना पछि मुख खुलेको छ । सो आन्दोलनका क्रममा कांग्रेस–एमालेले देश जलाएको उहाँले सामाजिक सञ्जालमा स्टाटसमार्फत कार्तिक ५ गते त्यस्तो दाजी गर्नु भएको हो ।
उहाँले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आन्दोलनमा कांग्रेस र एमालेले देश जलाएको तर दोष जेन–जीहरूलाई लगाएको उल्लेख गर्नु भएको छ । मेयर साहले भिसा पाउन नेताहरूको घर धाउनुपर्ने तर उनीहरूले नै अरूलाई विदेशीको एजेन्ट भएको आफ्नो स्टाटसमा जनाउनु भएको छ ।
उहाँले लेख्नु भएको छ, ‘तुइन र काठको पूल बनाउने नेताहरू भन्छन्, यो देश विदेशीले बिगार्यो, भिसा पाउनलाई तिमीहरूको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ ?’
चिया पिउने टाइममा रगत पिउनेहरूले अरूलाई लुसिफरको भन्ने गरेको उहाँको कथन छ ।
‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौ ! चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?’ मेयर साहले थप लेख्नु भएको छ ।

प्रकाशित मिति २०८२ कार्तिक ६, बिहीबार १४:१७ गते
हजुरको प्रतिक्रिया