पत्रकारकै ह्वाट्स एप ह्याक गरी ठगी गर्न पैसा मागियो, पत्रकार बृत्तमा खैलाबैला

पत्रकारकै ह्वाट्स एप ह्याक गरी ठगी गर्न पैसा मागियो, पत्रकार बृत्तमा खैलाबैला

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक १५ गते शनिवार ०९:५७

उक्त सन्देशको जवाफ दिनेहरूसंग पैसा माग गर्दै कसैलाई ‘अनिकेत कुमार सहानी’को ईसेवा नम्बर ९७०५९९६२७० मा, कसैलाई एभरेष्ट बैंकमा ‘आशा भट्ट’को नाममा रहेको खाता नंं ०५९००५०१२०३८४३ मा पैसा पठाउन र कसैलाई ‘भावना आचार्य’को इसेवा नम्बर ९८२०६४०७७७ मा रकम पठाउन आग्रह गरिएको रहेछ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहरासँग सम्पर्क गर्दा उहाँले सुरुमा त त्यो म्यासेज मलाई आएर मैले नै मीनाजीलाई जानकारी गराएको हुँ, यौटा नंबर त ब्लक गर्न तत्कालै पठाएको थिएँ भन्नुभयो ।

बेसीशहर– लमजुङको रेडियो मस्र्याङदीका निर्देशक एवम् पत्रकार मीना गुरुङको ह्वाट्स एप ह्याक गरी विभिन्न व्यक्तिसंग पैसा माग्ने काम भएको छ । सामाजिक सञ्जाल ह्याक गरी विभिन्न व्यक्तिसंग पैसा माग्ने गिरोह फेरि सक्रिय हुन थालेको पछिल्लो घट्नासँगै कार्तिक १५ गते खुलासा भएको हो । त्यसले जिल्लाका पत्रकार बृत्तमा खैलाबैला मच्चिएको छ ।
रेडियो मर्स्याङदी जिल्लाकै पहिलो रेडियो हो । त्यसका निर्देशक समेत रहनु भएकी पत्रकार मीना गुरुङको ह्वाट्स एप ह्याक गरी विभिन्न व्यक्तिसंग पैसा माग्ने काम आज भएको रहस्य खुल्न आएको छ । त्यस्तो म्यासेज पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्देश पौडेल, महासंघकै संस्थापक अध्यक्ष नवराज पहाडी, महासंघका पूर्वकेन्द्रीय सदस्य नवीनराज कुइँकेल, महासंघकै पूर्वजिल्लाध्यक्ष आश गुरुङ, पत्रकारहरू सृजना बराल, अनुज अधिकारी, सरोज विक, सविना प्रजा, सुरज गुरुङ, सुमित्रा भुजेल, सीताराम बसेललगायतको ह्वाट्स एपमा समेत पैसा माग गरेको म्यासेज पुगेको उनीहरूबाट खुल्न आएको छ ।
ह्वाट्स एपबाट शुरुमा मीनाको मोबाइलमा सेभ गरिएका नम्बरहरूमा आफूलाई ‘अर्जेण्ट सानो समस्या परेको र सहयोग गर्न सक्छौ ?’ भनि सोधिएको रहेछ । उहाँलाई सहयोग गर्ने मन भएका र उहाँलाई नजिकबाट चिन्नेहरूले के भो ? कसो भो ? भन्दै उहाँसँग सोध्ने काम गरेछन् तर फोन भने गरेनछन् । उताबाट कसैलाई तत्काल पैसा पठाउनु पर्ने र आफ्नो खाताबाट पैसा नगएकाले पठाइदिन आग्रह गरिएछ । यसरी पैसा पठाउनका लागि विभिन्न व्यक्तिको बैंक खाता र इसेवाको क्यूआर कोडसमेत म्यासेजमा पठाउने काम भएछ ।
आज दिउँसो २.५६ बजे पहिलो पटक ह्याक भएको आफ्नो ह्वाट्स एपबाट विभिन्न व्यक्तिलाई नमस्ते भन्ने सन्देश गएको पत्रकार मीनाको भनाइ छ । दिउसो ३.०२ बजे पुनः ती नम्बरहरूमा कृपया मलाई तपाइँको तत्काल सहयोगको आवश्यकता परेको छ भन्दै अर्को सन्देश पठाइन्छ । दिउँसो २.५६ बजे ह्याक भएको वार्डसप यो समाचार तयार गर्दा ऐले ९ः ४५ बजेसम्म पनि नखुलेको मीनाले उल्लेख गर्नुभयो ।
उक्त सन्देशको जवाफ दिनेहरूसंग पैसा माग गर्दै कसैलाई ‘अनिकेत कुमार सहानी’को ईसेवा नम्बर ९७०५९९६२७० मा, कसैलाई एभरेष्ट बैंकमा ‘आशा भट्ट’को नाममा रहेको खाता नंं ०५९००५०१२०३८४३ मा पैसा पठाउन र कसैलाई ‘भावना आचार्य’को इसेवा नम्बर ९८२०६४०७७७ मा रकम पठाउन आग्रह गरिएको रहेछ ।
पत्रकार मीना गुरूङले यस्तो सन्देश कसैकोमा आएर पैसा माग गरिए नदिन आग्रह गर्नु भएको छ । उहाँका अनुसार मलाई पैसाको आवश्यकता परेमा आफ्नै क्युआर पठाउछु नि किन अरुको क्युआर पठाउदैनथे ?
यस अघि पनि यस्तो कार्यगरी सामाजिक अभियान्ता कृष्णराज ओलिया सहित केही व्यक्तिहरूबाट ह्याकरले झण्डै एक लाख रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
यस बारेमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहरासँग सम्पर्क गर्दा उहाँले सुरुमा त त्यो म्यासेज नै मलाई आएर मैले नै मीनाजीलाई जानकारी गराएको हुँ, यौटा नंबर त ब्लक गर्न तत्कालै पठाएको हुँ भन्नुभयो । ईसेवाका तीन वटा नंबर खुलेको देखिन्छ । त्यसबाट ती मान्छेहरू को कस्ता हुन् भन्ने पत्ता लाग्दैन र ? भन्ने जिज्ञासामा उहाँले ककस्को नागरिकता चोरेर खाता खोलेका बनाएका हुन्छन् भन्नुभयो । त्यस्तोमा या त बैंककै कर्मचारी संलग्न हुनुपर्यो अन्यथा त उम्कने चान्स हुन्न भन्ने लाग्छ नि ? अनि नागरिकता जस्तो कुरा जस्लाई पायो दिन हुन्छ त ? खोज्ने हो भने त पक्कै पत्ता लाग्छ नि हैन र ? भन्ने थप जिज्ञासामा हामीले डिटेल मागेका छौं, भोलि आउला, खोज्न प्रयास गर्छौं उहाँले भन्नुभयो ।
अन्तरङ्ग न्यूज डटकमका अध्यक्ष एवम् पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष नवराज पहाडीलाई पनि सो म्यासेज आएको रहेछ । त्यो बेलामा पहाडी यौटा फिचर समाचार तयार गर्नका लागि व्यस्त भएको बेला परेकोले रिप्लाई गर्न नभ्याएको स्थिति रहेको उहाँको भनाइ छ । त्यो म्यासेजको नमूना :
तपाइँलाई पनि कुनै साथी वा इष्टमित्रको फेसबुक म्यासेन्जर, ह्वाट्स एप आदिबाट मलाई यति पैसा आवश्यक प¥यो, सहयोग गर्नुहोला भनि म्यासेज आयो भने होसियार हुनुहोला भन्दै प्रहरीले सावधान रहन आग्रह गरेको छ । प्रहरीका अनुसार अझ म्यासेजसंगै क्यूआर कोड समेत पठाएर यसमा पैसा हाल्दिनु भनियो भने झनै सतर्क हुनु होला । त्यस्ता म्यासेज धेरैलाई आउन थालेको छ र ती म्यासेजको विश्वासमा पर्दा धेरै जना ठगिने गरेको प्रहरी भनाइ छ ।

प्रकाशित मिति २०८२ कार्तिक १५, शनिबार २१:५७ गते
हजुरको प्रतिक्रिया