लमजुङ– लमजुङमा जिपको ठक्करबाट पैदलयात्री महिला सख्त घाईते भएकी छन् । करिब ५० वर्षकी महिला घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । सो घटना फागुन १६ गते अपराह्न करिब साठे चार बजे भएको हो ।
बेसीशहर नगरपालिका– २ मनकामना टोलको डुम्रे– बेसीशहर सडक खण्डको भकुण्डे– गैरी भित्री सडक खण्डमा सो दुर्घटना भएको हो । भकुण्डेबाट गैरीतर्फ आउदै गरेको ग ३ च ९१३ नं.को जिपले पैलयात्री महिलालाई ठक्कर दिएको प्रहरी भनाइ छ । लमजुङको बेसीशहर नगरपलिका– २ बस्ने बर्ष ५० कि मंगली सुवेदीलाई ठक्कर दिदा घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार घाइते महिलालाई उपचारका लागि प्रदेश अस्पताल लमजुङमा ल्याइएकोमा प्राथमिक उपचार पछि थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ । घाइते महिलाको टाउकोमा चोट लागेको छ । प्रहरीले घाइतेको अवस्था सिरियस रहेको भन्दै अन्य विवरण पछि जानकारी दिने जनाएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन १६, शनिबार २१:४७ गते