नसर्ने रोग न्यूनीकरण, पोषण तथा मिक्स सातु बनाउने चार दिने तालिम समापन

नसर्ने रोग न्यूनीकरण, पोषण तथा मिक्स सातु बनाउने चार दिने तालिम समापन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ ३ गते सोमबार ०७:०२

चार दिने सो तालिम अवधिभर सहभागीहरूलाई स्थानीय स्रोत र साधनको प्रयोग गरी मिक्स सातु तथा विभिन्न पोषणयुक्त परिकार बनाउन सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण भोटेओडार सामुदायिक सिकाइ केन्द्र, सुन्दरबजार– ९ को आयोजना तथा HDCS– नमूना सामुदायिक अस्पतालद्वारा सञ्चालन गरिएको थियो ।

नसर्ने रोग न्यूनीकरणका लागि उहाँले शुद्ध पिउने पानीको प्रयोग गर्ने, रङ्ग राखेका फलफूल नखाने साथै सुनपानी राखेर पकाएको केरा समेत सेवन गर्न नहुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँका प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत ज्योती आचार्यले जानकारी दिनु भएको थियो ।

सुन्दरबजार(लमजुङ)– लमजुङमा नसर्ने रोग न्यूनीकरण, पोषण तथा मिक्स सातु बनाउने सम्बन्धी चार दिने तालिम समापन गरिएको छ । भोटेओडार सामुदायिक सिकाइ केन्द्र, सुन्दरबजार– ९ को आयोजना तथा HDCS– नमूना सामुदायिक अस्पतालद्वारा सञ्चालित Step Up and Scale Up परियोजनाको प्राविधिक सहयोगमा सञ्चालन ‘असल खानपानमा सुधार तथा मिक्स सातु बनाउने तालिम– २०८३’ जेठ ४ गते सम्पन्न भएको हो ।
सुन्दरबजार नगरपालिका– ७, ८ र ९ अन्तर्गत रहेका सामुदायिक तथा निजी विद्यालयका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा समुदायका महिला– पुरुषका लागि सो तालिम दिइएको हो ।
नसर्ने रोग न्यूनीकरण तथा स्वस्थ जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा गरी १८ जनाले भाग लिएको भोटेओडार सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष मधुकुमारी भट्टराईले बताउनु भयो । उहाँका अनुसार कार्यक्रमका प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण प्रसाद कोइरालाले प्रशिक्षणका सहभागीहरूलाई तालिममा सहभागिताको प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
प्रमाणपत्र वितरण पछि प्रमुख अतिथि कोइरालाले पछिल्लो समय बढ्दो मधुमेह, उच्च रक्तचाप, मुटुरोग लगायतका नसर्ने रोग न्यूनीकरणका लागि स्वस्थ खानपान र जीवनशैलीमा सुधार अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीयस्तरमा उपलब्ध खाद्य सामग्रीको सदुपयोग गर्दै पोषणयुक्त आहारको प्रयोग बढाउन यस्ता तालिम प्रभावकारी हुने हुँदा प्राप्त सीपको उपयोग गनै सहभागीहरूलाई आग्रह गर्नुभयो ।
सो तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँका प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत ज्योती आचार्य मुख्य प्रशिक्षकको रूपमा रहनुभएको थियो । आचार्यले मिक्स सातु बनाउने सैद्धान्तिक र प्रयोगात्मक विधिबारेमा जानकारी दिदै व्यवसायिकताका लागि समेत प्रयोग गर्न सकिने जानकारी दिनुभयो । उहाँले व्यवसायिक प्रयोगमा नभए पनि आफ्नो घरमा बालबालिका, बृद्धबृद्धा तथा वयस्कले समेत यसको सेवन गर्न सक्ने बताउनु भयो । सातु उत्पादन गरेपछि त्यसको प्याकेजिङ विधि, गुणस्तर कायम, ब्राण्डिङ गर्ने लगायतका विषयमा जानकारी दिनु भएको थियो ।
त्यस्तै, नसर्ने रोग न्यूनीकरणका लागि उहाँले शुद्ध पिउने पानीको प्रयोग गर्ने, रङ्ग राखेका फलफूल नखाने साथै सुनपानी राखेर पकाएको केरा समेत सेवन गर्न नहुने जानकारी दिनु भएको थियो ।

चार दिने सो तालिम अवधिभर सहभागीहरूलाई स्थानीय स्रोत र साधनको प्रयोग गरी मिक्स सातु तथा विभिन्न पोषणयुक्त परिकार बनाउन सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो । साथै स्वस्थ खानपान, सन्तुलित आहार तथा दैनिक जीवनशैली सुधार सम्बन्धी जानकारीसमेत दिइएको थियो ।

कार्यक्रममा सहभागीहरूलाई तालिममा सिकेका सीपलाई व्यवसायमा रूपान्तरण गर्न प्रोत्साहित गरिएको थियो । स्थानीयस्तरमै उपलब्ध स्रोत साधनको उपयोग गरी सर्वोत्तम पिठो तथा पोषणयुक्त खाद्य सामग्री उत्पादनमार्फत स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गर्न सकिने विषयमा समेत सहजीकरण गरिएको आयोजकको भनाइ छ ।
जेठ १ गतेदेखि सुरु भई ४ गते सम्पन्न भएको उक्त तालिम HDCS– नमुना सामुदायिक अस्पतालका मनोबिमर्सदाता तथा कार्येक्रम संयोजक शोभा ठकुरीको नेतृत्वमा सञ्चालन भएको थियो । समापन कार्यक्रमको अध्यक्षता भोटेओडार सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष मधुकुमारी भट्टराईले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८३ जेष्ठ ४, सोमबार १९:०२ गते
हजुरको प्रतिक्रिया