
काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले भारतको स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नु भएको छ । भारतको ८० औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहले भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा सुख, शान्ति र समृद्धिको लागि साउन ३० गते शुभकामना व्यक्त गर्नु भएको हो ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत शुभकामना सन्देशमा नेपाल र भारतबीचको गहिरो ऐतिहासिक सम्बन्ध तथा दुई देशका जनताबीच रहेको आत्मीय सम्बन्धलाई थप मजबुत बनाउन निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्नु भएको छ । उहाँद्वारा जारी सन्देशमा नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध, जनस्तरको निकटता तथा सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘नेपाल र भारतबीचका गहिरो ऐतिहासिक सम्बन्ध, जनताबीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस् ।’
उहाँले नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नु भएको छ ।
‘नेपाल र भारतबीचका गहिरो ऐतिहासिक सम्बन्ध, जनताबीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस्,’ प्रधानमन्त्री शाहको शुभकामना सन्देशमा उल्लेख छ ।
प्रकाशित मिति २०८३ श्रावण ३०, शनिबार १७:५२ गते