मालिका देवीको महाआरतीमा सर्बोदय सेवाश्रम धर्मनाथ धामको टोली सहभागी

मालिका देवीको महाआरतीमा सर्बोदय सेवाश्रम धर्मनाथ धामको टोली सहभागी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज ४ गते सोमबार १२:३४

विगतका ११ महिनादेखि हरेक महिनाको पहिलो शनिबार रुद्री, हवन, भजन–कीर्तन तथा साँझ महाआरती हुँदै आएको छ । यही धार्मिक परम्पराको निरन्तरतामा त्यस दिन एघारौँ महाआरतीमा सर्बोदय सेवाश्रम धर्मनाथ धामको टोली पनि श्रद्धापूर्वक सहभागी भई महाआरती कार्य सम्पन्न भएको हो ।

‘हामीले एक आपसमा भावनाहरू साटासाट गर्यौं । शिव र शक्तिको मिलन भए जस्तो भयो ।’ सर्बोदय सेवाश्रम धर्मनाथ धामका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले बताउनु भयो ।

धान्सिङ(लमजुङ)– धार्मिक पर्यटकीय गन्तव्यका रुपमा समेत पहिचान बनाउन अघि बढेको लमजुङमा मालिका देवीको महाआरती कार्यले निरन्तरता पाइरहेको छ । लमजुङको मध्यनेपाल नगरापलिका– १०, थान्सिङ नेटास्थित मालिका देवी मन्दिरमा मासिक रुपमा पहिलो शनिबार महाआरती कार्य थालिएको हो । यसै सन्दर्भमा असोज ३ गते पहिलो शनिबार आयोजित एघारौँ महाआरतीमा सर्बोदय सेवाश्रम धर्मनाथ धामको टोली श्रद्धापूर्वक सहभागी भएको हो ।
विगतका ११ महिनादेखि हरेक महिनाको पहिलो शनिबार रुद्री, हवन, भजन–कीर्तन तथा साँझ महाआरती हुँदै आएको छ । यही धार्मिक परम्पराको निरन्तरतामा त्यस दिन एघारौँ महाआरतीमा सर्बोदय सेवाश्रम धर्मनाथ धामको टोली पनि श्रद्धापूर्वक सहभागी भई महाआरती कार्य सम्पन्न भएको हो । सो कार्यक्रममा भाग लिने क्रममा ‘हामीले एक आपसमा भावनाहरू साटासाट गर्यौं । शिव र शक्तिको मिलन भए जस्तो भयो ।’ सर्बोदय सेवाश्रम धर्मनाथ धामका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले बताउनु भयो ।
उहाँका अनुसार महाआरती केवल दीप प्रज्वलन गर्ने धार्मिक विधि मात्र होइन, मनको अन्धकार हटाएर श्रद्धा, शान्ति, सद्भाव र सकारात्मक ऊर्जातर्फ उन्मुख गराउने आध्यात्मिक साधना पनि हो । ओलियाले भन्नुभयो, ‘आरतीका दीपहरू बलिरहँदा भक्तजनका मनमा आशा र विश्वासको ज्योति पनि प्रज्वलित हुन्छ । दैवी शक्तिप्रतिको आस्था र सामूहिक प्रार्थनाले मानिसलाई सत्कर्म, सेवा र परोपकारको बाटोमा अघि बढ्न प्रेरणा दिन्छ ।’ दीपको ज्योति बाहिर मात्र होइन प्रत्येक मनभित्र पनि बलोस् । यही महाआरतीको सन्देश हो ओलियाको भनाइ छ । उहाँका अनुसार मालिका देवी मन्दिर संरक्षण समितिको र स्थानीय वडा अध्यक्ष रामचन्द्र भण्डारीको स्वागत आतिथ्य सत्कार र सद्भावनाको लागि आभारी छौं ।
मालिका देवीको पवित्र परिसरमा गुञ्जिएको मन्त्र, भजन र आरतीको ध्वनिले वातावरणलाई भक्तिमय बनाएको थियो । धर्मनाथ धाम र मालिका देवी मन्दिरबीचको यस्तो आध्यात्मिक सहभागिताले धार्मिक पर्यटन, संस्कार र सामाजिक सद्भावलाई अझ बलियो बनाउने विश्वास गर्न सकिन्छ ।
लमजुङ जिल्लामा एक पवित्र धार्मिक पर्यटन क्षेत्रको रुपमा मालिका देवी मन्दिर स्थापित भएको छ । स्थानिय समाज र स्थानिय सरकारको सहकार्य अनुकरणीय छ ।

प्रकाशित मिति २०८३ आश्विन ५, सोमबार १२:३४ गते
हजुरको प्रतिक्रिया