१५औँ महाधिवेशनको कार्यतालिका अनुसार लमजुङका ७३ वटामा अधिवेशन सकिएको काँग्रेसको दावी

१५औँ महाधिवेशनको कार्यतालिका अनुसार लमजुङका ७३ वटामा अधिवेशन सकिएको काँग्रेसको दावी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज ४ गते सोमबार १०:४७

वडा अधिवेशनको अपडेटका यसबारेमा काँग्रेसका निर्वाचन अधिकृत सन्तोष लामिछानेसँग सम्पर्क गर्दा औचारिक रेकर्ड आएको छैन । त्यसैले बेलुकासम्म केही होला ऐलेलाई भएन भन्नुभयो ।

लमजुङ जिल्लाका ७५ वडामध्ये हिजो सम्पन्न ७३ वडा अधिवेशनमध्ये एक मात्र महिला वडासभापति राइनास नगरपालिका– ५ तीनपिप्लेमा सुस्मा भट्ट वडा सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

बेसीशहर– नेपाली काँग्रेसको संस्थापन पक्षले घोषणा गरेको १५औँ महाधिवेशनको कार्यतालिका अनुसार लमजुङका ७३ वटामा अधिवेशन सकिएको दावी सो पार्टीले गरेको छ । जिल्लामा रहेको ७५ वडामध्ये ७३ वडाको अधिवेशन असोज ४ गते एकै दिन सकिएको काँग्रेसले जनाएको हो ।
सो अनुसार सबै अपडेट हुन भने अरु १, २ दिन लाग्ने सक्ने काँग्रेसका जिल्ला सचिव विमल श्रेष्ठले बताउनु भयो । सो दलको बेसीशहर नगरपालिका सम्पन्न वडाहरूको सभापति पदमा वडानं– १ मा विकास पौडेल, २ मा गणेश कँडेल, ३ महेन्द्र दनाई, वडानं– ४, पुरानोकोटका वडा सभापति गम बहादुर गुरुङ, ७ मा होमबहादुर राउत, ८ मा सुवे. लोठबहादुर गुरुङ, ९ मा गंगाबहादुर अधिकारी, १० मा कृष्णबहादुर तामाङ, ११ मा रामुराज पन्त चयन हुनु भएको छ ।
यसैगरी, सुन्दरबजार नगरपालिका– १ को वडा सभापतिमा श्रीमान दुरा, २ को सभापतिमा कृष्णकान्त सेढाई चयन हुनु भएको छ । सोही नगरपालिका– ३ का धर्मराज तिमिल्सिना, ४ मा कृष्णविलास न्यौपाने, ५ मा रामचन्द्र घिमिरे, ६ मा शंशेरबहादुर लौडारी, ७ मा भूमिनन्द तिमिल्सिना, ८ मा जिवेन्द्र थापा र वडा नं ९ वडा सभापति आनन्द ढुंगाना चयनु हुनु भएको छ । त्यस्तै, वडानं– १० मा वडा सभापति जयबहादुर अधिकारी, ११ मा मनबहादुर दुरा चयन हुनु भएको छ ।

यसैगरी, मर्स्याङदी गाउँपालिका– ८ मा बुद्धिप्रसाद गुरुङ, मर्स्याङदी– ९ वडाका सभापति दिपक भण्डारी चयन हुनुभएको छ ।
दूधपोखरी गाउँपालिकाको वडानं २ को वडा सभापतिमा गम बहादुर गुरुङ तथा वडानं– ४ को सभापति नरबहादुर गुरुङ चयन हुनु भएको छ ।
त्यस्तै, दोर्दी गाउँपालिका– ३ उमा कान्त आचार्य, ८ मा राजु गुरुङ चयन हुनु भएको छ ।
राइनास– ५ मा एकमात्र वडा सभापतिमा महिला सुस्मा भट्ट निर्विरोध :
यसैबीच, लमजुङ जिल्लाका ७५ वडामध्ये हिजो सम्पन्न ७३ वडा अधिवेशनमध्ये राइनास नगरपालिका– ५ तीनपिप्लेमा सुस्मा भट्ट वडा सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ । वडा सभापतिको रूपमा निर्विरोध निर्वाचित हुने भट्ट एकमात्र महिला रहेको बताइएको छ । यसैगरी सो नगरपालिका– ३ का केशबहादुर पौडेल, ६ मा हरिश्चन्द्र पाण्डे सभापति चयन हुनु भएको छ । नेपाली कांग्रेसको राइनास नगरपालिका– ९ को वडा प्रेमबहादुर थापा वडा सभापतिसमेत सबै पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनबाट वडा उपसभापतिमा देउबहादुर भुजेल र सरिता घर्ती थापा, गंगाबहादुर थापा सचिव तथा सरोज ओलिया सहसचिवमा सर्वसम्मत चयन भएका छन् । वडा कार्यसमिति सदस्यमा मिलन गुरुङ, मनिषा थापा, खुसिमाया गुरुङ, डिलमाया गुरुङ, पूर्णबहादुर थापा (क), रमेश कोइराला, पूर्णबहादुर थापा (ख) र शोभा नेपाली सर्वसम्मत निर्वाचित भएका छन् ।
वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा सुमित्रा गुरुङ, सरिता थापा, डिलमाया गुरुङ, राजकुमार पाण्डे, खड्गबहादुर गुरुङ, रामबहादुर थापा, कृष्णबहादुर थापा, लुबिन्द्र गुरुङ, लक्ष्मी गुरुङ, बालसिंह गुरुङ, देवराज गुरुङ, मोहनबहादुर थापा, पूर्णबहादुर थापा, राजकुमार भुजेल, वर्तमान गुरुङ, दानबहादुर थापा, मोहनबहादुर थापा, दुर्गा थापा, देवेन्द्र श्रेष्ठ, सबिन गुरुङ, रेवती पराजुली, हिरा बि.क. र रमेश कोइराला चयन भएको बताइएको छ ।
क्ब्होलासोंथर गाउँपलिका– ७ को अशोक गुरुङ, ८ मा सभापति ईश्वरबहादुर गुरुङ, ४ र ५ मा आज अधिवेशन हुने कार्यक्रम छ ।
मध्यनेपाल नगरपालिका वडा नः ९ मा महेश पाण्डे, १० मा गणेश गुरुङको सभापतिमा वडा कार्यसमिति गठन भएको छ ।
वडा अधिवेशनको अपडेटका यसबारेमा काँग्रेसका निर्वाचन अधिकृत सन्तोष लामिछानेसँग सम्पर्क गर्दा औचारिक रेकर्ड आएको छैन । त्यसैले बेलुकासम्म केही होला ऐलेलाई भएन भन्नुभयो ।

प्रकाशित मिति २०८३ आश्विन ५, सोमबार १०:४७ गते

हजुरको प्रतिक्रिया