वित्तीय क्षेत्रका अनुभवी व्यक्तित्व सन्तोष गुरुङ सांसद धर्मराज केसीको स्वकीय सचिव

वित्तीय क्षेत्रका अनुभवी व्यक्तित्व सन्तोष गुरुङ सांसद धर्मराज केसीको स्वकीय सचिव

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज ४ गते सोमबार ०८:०५

नवनियुक्त स्वकीय सचिव गुरुङले सांसद केसीको सचिवालयबाट गर्नु पर्ने जनसम्पर्क, समन्वय, सम्वाद तथा जिल्लाको विकास एवम् संसदीय कार्य लगायतका गतिविधिमा भूमिका निभाउनु पर्नेछ ।

बेसीशहरकै मर्स्याङदी बहुमुखी क्याम्पसबाट स्नातकोत्तर (MBS) गर्नु भएका सन्तोषले एक दश लामो वित्तीय क्षेत्रको अनुभव हासिल गर्नु भएको छ ।

बेसीशहर– लमजुङकाका प्रतिनिधिसभा सदस्य(सांसद) धर्मराज केसीको स्वकीय सचिवमा वित्तीय क्षेत्रका अनुभवी व्यक्तित्व सन्तोष गुरुङ नियुक्त हुनु भएको छ । सांसद केसीबाट स्वकीय सचिवको जिम्मेवारीको नियुक्तिपत्र असोज ४ गते प्राप्त गर्नु भएको हो । गुरुङले हिजैदेखि पदभार समेत ग्रहण गर्नु भएको छ ।
नवनियुक्त स्वकीय सचिव गुरुङले सांसद केसीको सचिवालयबाट गर्नु पर्ने जनसम्पर्क, समन्वय, सम्वाद तथा जिल्लाको विकास एवम् संसदीय कार्य लगायतका गतिविधिमा भूमिका निभाउनु पर्नेछ ।
लमजुङको उत्तरी क्षेत्र स्थित मर्स्याङदी गाउँपालिका– २ घनपोखरा निवासी सन्तोष गुरुङ बाबा पदम ध्वज गुरुङ र आमा विष्णु कुमारी गुरुङको एकल छोराका रुपमा २०५४ चैत्र १२ गते जन्मिनु भएको हो भने उहाँका तीन दिदी र एक बहिनी हुुनुहुन्छ ।
गुरुङले जन्म गाउँमै रहेको त्रिभुवन माविका अध्ययन गरी सोही विद्यालयबाट एसएलसी उतीर्ण गर्नु भएको हो । तत्कालीन जनविकास मावि बेसीशहरबाट प्लसटु पास गर्नु भएका बेसीशहरमै रहेको जनविकास कलेजबाट उहाँले व्याचलर उतीर्ण गर्नु भएको हो । बेसीशहरकै मर्स्याङदी बहुमुखी क्याम्पसबाट स्नातकोत्तर (MBS) गर्नु भएको सन्तोषले एक दश लामो वित्तीय क्षेत्रको अनुभव हासिल गर्नु भएको छ ।
२०७३ सालमा सहकारी संस्थाबाट वित्तीय क्षेत्रमा प्रवेश गर्नु भएका गुरुङ रिलायन्स फाइनान्स, हिमालय लाइफ इन्स्योररेन्स जस्ता संस्थामा पनि काम गरेको अनुभव छ ।
जागिरे जीवनमा रहेका कारणले खुलेर राजनीतिमा सक्रिय हुने मौका नमिले पनि उहाँले आन्तरिक रुपमा पार्टीको स्थापनाकालदेखि नै संगठन विस्तारको भूमिकामा हुनुहुन्थ्यो । रास्वपाको मस्र्याङ्दी गाउँपालिकाको सचिव रहनु भएका उहाँ गत संसदीय निर्वाचनमा निकै सक्रियपूर्वक खट्नु भएको थियो ।
भाइ भतिजा तथा वरिवारवादबाट मुक्त :
गुरुङको निजी सचिवमा नियुक्ति भएबाट सांसद केसी विगतका जनप्रतिनिधिहरूभन्दा भिन्न भाइ भतिजा तथा वरिवारवादबाट मुक्त भएको सन्देश दिनु भएको छ । विगतका जनप्रतिनिधिहरू कतिपयले आफ्नै श्रीमतीलाई स्वकीय सचिव राखेका उदाहरण समेत जिल्लामा इतिहास बनिसकेको छ । सांसद धर्म केसी त्यो अपगालबाट मुक्त हुनुभई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नीति, सिद्धान्त एवम् कार्यशैली अनुसार अघि बढिरहनु भएको पाइएको आम बुझाई छ ।
केसीको सचिवालयका अनुसार सूचना तथा जानकारीको प्रभावकारी समन्वय, संवाद, सम्प्रेषण र सहकार्य जस्ता कार्यलाई पारदर्शी रुपमा कार्यान्वय गर्ने उद्देश्यले गुरुङलाई जिम्मेवारी दिइएको हो ।
सचिवालयले गुरुङले लमजुङवासी तथा आम नागरिकसँगको सम्बन्धलाई सर्वप्रिय बनाउँदै जनसेवामा सक्रिय भूमिका निर्वाह गर्नुका साथ प्राप्त जिम्मेवारी इमानदारी, निष्ठा, अनुशासन र उत्तरदायित्वका साथ पूर्ण गर्ने विश्वास व्यक्त गरेको छ ।
गाउँदेखि सिंहदरबारको यात्रा :
हिजो सांसदको हातबाट स्वकीय सचिवको नियुक्ति ग्रहण गर्दै गर्दा मन खुसीले भरिएको र साथसाथै जिम्मेवारीको अनुभूतिले झनै गम्भीर बनाएको सन्तोषले उल्लेख गर्नु भएको छ । उहाँका अनुसार यो यात्राको पहिलो सुरुवात मात्र हो, निश्चित समयमा टुंगिएला तर सिकाइ र अनुभव जीवनभर रहनेछ । उहाँले भन्नुभयो, ‘उपलब्धिभन्दा अनुभव बढी प्राप्त गर्ने कुरामा विश्वस्त छु ।’
मलाई प्राप्त भएको जिम्मेवारीलाई इमानदारी, निष्ठा र जिम्मेवारीबोधका साथ निर्वाह गर्न सक्ने सामथ्र्य प्राप्त होस् भन्ने शुभेच्छा सहित उहाँले सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति २०८३ आश्विन ५, सोमबार ०८:०५ गते
हजुरको प्रतिक्रिया