कोरोना भाइरसले फेरि लिन थाल्यो ज्यान : एक जनाको मृत्यु

कोरोना भाइरसले फेरि लिन थाल्यो ज्यान : एक जनाको मृत्यु

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस २३ गते शनिवार ०८:१४

कोरोना संक्रमणका कारण अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।

लामो समयपछि आज एक जनाको मृत्यु भएको हो ।

काठमाडौं– कोरोना भाइरसले फेरि ज्यान लिन थाल्यो । त्यसको संक्रमणबाट पुस २३ गते एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भाइरसको संक्रमणबाट लामो समयपछि आज एक जनाको मृत्यु भएको हो ।
कोरोना संक्रमणका कारण अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।
आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ भने दुई जना उपचारपछि कोरोना जितेर घर फर्किएका छन् ।
हाल मुलुकभर २१ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रोग निम्त्याउने गर्दछ । मानिसहरूमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ । जुन सामान्य ज्वरो देखि सार्स, मर्स तथा कोभिड– १९ जस्ता प्राणघातक पनि हुन सक्छ ।
यस भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो । यो भाइरस चीनको वुहान प्रान्तमा प्रथम पटक मानिसमा सरेको थियो ।

प्रकाशित मिति २०७९ पुष २३, शनिबार २०:१४ गते
हजुरको प्रतिक्रिया