काठमाडौं– सर्वोच्च अदालत बार एसोसियसनको ३४ औँ कार्यसमिति निर्वाचनको नतिजा घोषणा गरिएको छ । उक्त निर्वाचनबाट अध्यक्षमा लोकतान्त्रिक समावेशी (डीएलए) समूहका वरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित हुनु भएको छ । मात्र १४ मत अन्तरले अध्यक्ष विजयी हुनुभएको हो ।
प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलले मतगणनाको नतिजा पुस २३ गते राती सार्वजनिक गरेको बताउनु भयो ।
पाँच पदाधिकारीमा तीनजना डीलएबाट र दुईजना पीएलएबाट निर्वाचित भएका छन् । सदस्यमा ६ जना डीलएबाट र चारजना पीलएबाट निर्वाचित भएका छन् ।
लोकतान्त्रिक समूहकै अधिवक्ता जगदीशचन्द्र पाण्डे उपाध्यक्षमा निर्वाचित हुुनु भएको छ । प्रगतीशील, पेसागत तथा गणतान्त्रिक (पीएलए) समूहका अधिवक्ता श्याम कुमार खत्री सचिव तथा सहसचिवमा डीएलएबाट सुजन लोप्चन र कोषाध्यक्षमा पीएलएबाट कपिलचन्द्र पोखरेल निर्वाचित हुनु भएको छ ।
महिला सदस्यमा अधिवक्ता सिर्जना कट्टेल निर्वाचित हुनु भएको छ । उहाँ पीएलएको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।
सदस्य पदमा अधिवक्ताहरू उत्तमराज पाठक, अनुपराज उप्रेती, रेशमराज रेग्मी, रूपनारायण श्रेष्ठ, प्रभुजी पन्त, देवी रेग्मी (पोखरेल), सुमनकुमार केसी, रामकुमार राउत (मातृदास), भीमप्रसाद ढकाल निर्वाचित हुनु भएका बताइएको छ ।
पाँच पदाधिकारी र १० सदस्य रहेको कार्यसमितिको दुई वर्ष कार्यकाल रहनेछ ।
नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो ।
सो निर्वाचनमा बृहत् लोकतान्त्रिक समूह र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह चुनावी प्रतिस्पर्धामा थिए ।
सर्वोच्च बारमा ६२१ मतदाता रहेकामा ५७३ मत खसेको थियो ।
प्रकाशित मिति २०७९ पुष २४, आईतवार ०५:४२ गते