
काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले संघीयतालाई बचाउन नसक्ने तर्क गर्दै देशको अर्थतन्त्रले मुलुकका मन्त्री र सांसद पाल्न सक्छ ? भन्ने प्रश्न उठाउनु भएको छ । प्रतिनिधि सभाको बैठकमा आफ्ना धारणा राख्नै उहाँले देशमा उद्योग कलकारखाना खोल्न नपर्ने तर देशमा मन्त्री, सांसद बन्ने कारखाना खोल्ने काम भएको हुँदा भएका कारखानालाई पनि निजीकरण गर्दा समस्या उत्पन्न भइरहेको पुस २५ गते बताउनु भएको हो ।
उहाँले अहिले देशमा मन्त्री, सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको दावी गर्दै अहिले पनि देश बेवारिसे भएको भन्दै राजनीतिक दलहरू सत्तामा कसरी जाने ? र जुनसुकै मूल्य चुकाएर भए पनि सरकारमा जानैपर्ने स्थिति विकराल बन्दै गएको उल्लेख गर्नु भयो ।
उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि धेरैले पानी खाँदै वकालत गरेको मैले सुनेको थिएँ, देश स्वीजरल्याण्ड बन्छ, भयो त त्यस्तो ? देशमा उद्योग कलकारखाना खोल्नुनपर्ने, भएका सार्वजनिक कलकारखाना निजीकरण गर्ने, भएका कारखाना व्यक्तिलाई दिने, यो संघीय प्रणाली खोलेको केको लागि भन्दा मन्त्री बन्नका लागि, सांसद हुनका लागि हो ?’
अध्यक्ष केसीले थप भन्नुभयो, ‘देशमा मन्त्रीको संख्या बढी भयो भने सांसदको संख्या बढी भयो भने त्यो देशको अर्थतन्त्रले धान्छ ? कुन प्रधानमन्त्रीले, कुन अर्थमन्त्रीले देशमा भ्रष्टाचार अन्त्य गर्नुहुन्न त्यसलाई बढाउनुपर्छ भनेर कसले भनेको छ ? तर वास्तवमा व्यवहारमा के छ ? अहिले पनि देश बेवारिसे नै छ, हामी विशुद्ध सत्तामा कसरी जाने ? जुनसुकै मूल्य चुकाएर भए पनि त्यहीँ छ ।’
यो अवस्था अहिलेका राजनीतिक दलहरूले थुपारेको दावी गर्दै उहाँले राजनीति पार्टीप्रति, नेता, सांसद, मन्त्रीप्रति जनताको आस्था नरहेको जिकिर गर्नु भयो ।
उहाँले ठोकुवा गर्दै भन्नुभयो, ‘चुनाव लडिसक्नु, गइनसक्नु भइसकेछ । यो कसका कारणले, यो अरूले थुपारेको हो ? राजनीति पार्टीहरूप्रति, नेता, सांसद, मन्त्रीप्रति जनताको आस्था छैन । पार्टीका कार्यकर्तालाई यही संस्कृति सिकाइराख्नु भने हामीले देश जोगाउन सक्दैनौं । संघीयता जोगिनै सक्दैन ।’
नेपालमा घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकार जस्तो भएको बताउँदै अध्यक्ष केसीले न्यायालयदेखि सबै क्षेत्रमा राजनीति हाबी भएको भन्दै सबैकुरा नसुध्रिएसम्म देशको विकास गर्न नसकिने उल्लेख गर्नु भयो ।
संसदको पहिलो बैठकमा आफ्ना धारणा राख्दै अध्यक्ष केसीले एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइमा प्रश्न उठाउँदै भन्नुभयो, ‘संसद् भत्काउन बामपन्थी गठबन्धन हो ? भन्ने प्रश्न गर्नु भयो । एका हुन् । ओलीले संसद् विघटन गरेर ताजा जनादेशमा जानु प्रतिगमन नभएको भन्दै संसद् बाहिरबाट सरकार बनाउनु प्रतिगमन हो ।’
‘संसद विघटन गर्नु प्रधनमन्त्रीको अधिकार हो । हो, त्यस्तै हो ? संविधानले त्यस्तै भनेको छ ?’ भन्ने प्रश्न गर्दै संसद् भत्काउन बामपन्थी गठबन्धन हो ? उहाँले संविधानको सम्मान गरेर व्यवस्था चलाउन आवश्यक भएको उल्लेख गर्नु भयो ।
प्रकाशित मिति २०७९ पुष २५, सोमबार १८:०२ गते