कतै चुक्यौं भने पद र कुर्सीको लोभमा झुण्डिने छैनौं : उपप्रधानमन्त्री रवि लामिछाने

कतै चुक्यौं भने पद र कुर्सीको लोभमा झुण्डिने छैनौं : उपप्रधानमन्त्री रवि लामिछाने

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस २५ गते सोमबार ०७:०३

उपप्रधान तथा गृहमन्त्री रबिले आफ्ना सांसदहरूबाट कुनै पनि किसिमको गल्ती नहुने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले प्रतिवद्धताका साथ भन्नुभयो, ‘हाम्रो सांसदहरुको सांसदका कारण शिर झुकाउनुपर्ने छैन । अनियमितताको काम हामीबाट हुने छैन, भएको खण्डमा निर्मम भन्दा निर्मम सजाय दिने वाचा हामी गर्न चाहन्छौं ।’ अब भ्रष्टाचारका फाइल खोलिने छ उहाँको थप दृढोक्ति थियो ।

‘आफूहरूले पाएको मत आशाको हो, निराशाको होइन’

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आम नागरिकका अपेक्षा पूरा गर्न आफूहरू सरकारमा गएको बताउनु भएको छ । उहाँेले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै दुई ठूला दलका शीर्ष नेताहरूले प्रतिबद्धता जनाएपछि काम गर्न आफूहरू सरकारमा गएको उल्लेख गर्दै ‘आफूहरूले पाएको मत आशाको हो, निराशाको होइन’ पु्स २५ गते भन्नुभयो ।
उहाँले थप भन्नुभयो, ‘दवाव र प्रभावमा नपरी काम गर्न प्रतिबद्ध र कटिबद्ध छौं ।’ आम नागरिकका अपेक्षा, माया र विश्वासका कारण आफूहरू संसदमा आइपुगेको बताउँदै काम गर्ने क्रममा कहीँकतै गल्ती भएमा पदमा नबस्ने उहाँको दृढोक्ति थियो ।
उहाँले ‘यसमा सत्ता साझेदार दलहरू निर्धक्क रहनुहोला ।’ भन्दै हामी कहीँकतै चुक्यौं भने पद र कुर्सीको लोभमा झुण्डिने छैनौं भन्ने प्रष्ट्याउनु भयो । यो सरकारको कार्यकाल सफल हुनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले जनतासँग गरिएका बाचा पूरा गर्न लागिपर्ने बताउनु भयो ।
उपप्रधान तथा गृहमन्त्री रबिले आफ्ना सांसदहरूबाट कुनै पनि किसिमको गल्ती नहुने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले प्रतिवद्धताका साथ भन्नुभयो, ‘हाम्रो सांसदहरुको सांसदका कारण शिर झुकाउनुपर्ने छैन । अनियमितताको काम हामीबाट हुने छैन, भएको खण्डमा निर्मम भन्दा निर्मम सजाय दिने वाचा हामी गर्न चाहन्छौं ।’ अब भ्रष्टाचारका फाइल खोलिने छ उहाँको थप दृढोक्ति थियो ।
कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको विषयमा सरकार निर्मम हुने उहाँको प्रतिवद्धता छ । त्यस्ता भ्रष्टाचार छानबिनमा सरकार कटिबद्ध रहेको उहाँले उल्लेख गर्नु भयो । उहाँले भ्रष्टाचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाव र प्रभाव पार्न नहुने बताउँदै भन्नुभयो, ‘कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिनुहोला ।’
यसैबीच, नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रिपरिषद्मा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटी पन भएको टिप्पणी गर्नु भएको छ । राष्ट्रिय सभाको बैठकमा रायमाझीले संसदीय प्रणालीमा प्रधानमन्त्रीको नेतृत्वमा जनता र संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै सरकारको उपप्रधान तथा गृहमन्त्रीले सरकारको प्रतिनिधिभन्दा प्रतिपक्षको भूमिकामा उभिने भन्नेबाट कानूनको पालना नहुने आज बताउनु भएको हो ।
उहाँले संसदीय व्यवस्थामा प्रधानमन्त्रीको मन्त्री भएर मन्त्रिपरिषद्मा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन वा अनपेक्षित पद प्राप्तिपछिको उत्साह र अहम् व्यवस्थाको मूल्य र मान्यतालाई कायम गर्न नसक्ने दावी गर्नुभयो ।

प्रकाशित मिति २०७९ पुष २५, सोमबार १९:०३ गते
हजुरको प्रतिक्रिया