
शिवधाम(लमजुङ)– लमजुङको सर्बोदय सेवाश्रम कदर पत्रबाट सम्मानित भएको छ । राइनास नगरपालिका– ८ को मर्स्याङदी नदी र पाउँदीको दोभानको किनारमा यहाँ रहेको आश्रमले समाजसेवाका क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल काठमाडौबाट सर्बोदय सेवाश्रम पुस २५ गते सम्मानित भएको हो ।
ब्रिलियन्ट कलेजका तर्फबाट क्याम्पस प्रमुख दुर्गाप्रसाद नेपाल र विभाग संयोजक कुलदीप चौधरीबाट हस्ताक्षरित कदर पत्रले सर्बोदय सेवाश्रमलाई सम्मान गरिएको हो ।
ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल काठमाडौंको स्नातक तह सामाजिक कार्य विभागमा अध्यनरत विद्यार्थीहरू यहाँ स्थित सर्बोदय सेवाश्रममा सामाजिक अभियानका बारेमा जानकारी लिन आएका थिए । उक्त टोलीलाई सामाजिक विकासमा सामाज सेवाको महत्व र सर्बोदयको सामाजिक सेवा अभियानका बारेमा विद्यार्थीहरूलाई सर्बोदयका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले प्रशिक्षण दिनु भएको थियो । ओलियाले समाज सेवा गर्दा जागृत हुने आनन्दाभूतिलाई करोडौं÷अर्बौैं खर्चदा पनि किन्न नसकिने उल्लेख गर्नु हुँदा विद्यार्थीहरूले मन्त्रमुग्ध भएर श्रवण गरिरहेका थिए ।
उक्त क्याम्पसको सामाजिक कार्य विभाग संयोजक कुलदीप चौधरीको नेतृत्वमा सो टोली अबलोकनका लागि यहाँ आएको हो । सो क्रममा विद्यार्थीहरूको टोलीले उक्त आश्रममा रहनु भएका बाबा आमाहरूका लागि व्यक्तिगत सरसफाईका सामग्री, न्यानोटोपी, मोजा, रुमाल प्रदान गर्नुका साथै आजको दिउँसोको खाजा (खिर÷तरकारी) समेत सौजन्य गर्नु भएको छ ।
सो अवसरमा सो टोलीका विद्यार्थी सुरजको जन्मदिन समेत भएको हुँदा केक काटेर शुभकामना दिदै हर्षोल्लासपूर्ण तवरबाट मनाइएको थियो ।
तीन दिने सामाजिक कार्यका लागि सो टोली लमजुङ आएको हो । सो टोली आजै सोही आश्रमको नेतृत्वमा पुनःनिर्माण गरिएको राइनासकोट गाउँमा अवलोकनका लागि पुगेको छ ।
प्रकाशित मिति २०७९ पुष २५, सोमबार २१:३३ गते