महोत्सवमा भोलिदेखि तीन दिनसम्म क्रमशः शिक्षक, अभिभावक र विद्यार्थीका लागि एक एक दिन उत्प्रेरणाका कार्यक्रम गरिने छ । त्यस्तै, पछिल्ला तीन दिन विद्यार्थीहरूका प्रतीभा उजागर गर्ने मस्र्याङ्दी कपका कार्यक्रमहरू सञ्चालन गरिने छ ।
मर्स्याङदी गाउँपालिका– ३ को खुदी बजार स्थित अमर माविको हातामा भएको उक्त महोत्सवको आयोजना
खुदी(लमजुङ)– लमजुङको उत्तरी क्षेत्रमा रहेको मस्र्याङदीमा सप्ताहव्यापी शैक्षिक मेला शुरु भएको छ । संविधानसभाका सदस्य जमिन्द्रमान घलेले उक्त महोत्सवको उदघाटन गर्नु हुँदै जिल्लाको शैक्षिक उन्नयनमा यो पालिकालाई नमूनायुक्त बनाउने यो महोत्सवले कोशेढुंगाको काम गर्ने विश्वास व्यक्त गर्नु भएको छ । सोही गाउँपालिका– ३ को खुदी बजार स्थित अमर माविको हातामा भएको उक्त महोत्सवको फोटो फिचर ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..