कर्ण दयालका चार मुक्तक

कर्ण दयालका चार मुक्तक

कर्ण दयाल ‘सोराडी’

@antaranganews

२०७९ पुस २९ गते शुक्रबार ०६:०९

सबैले सगैं मिलेर सबैलाई खोला तारेछन् , कहिल्यै हात पार्न नसकेको बाजि मारेछन । खुशीको मातमा आफ्नो टिमलाई भुलेपछि , करिब बिजयको नजिक पुगेको युद्ध हारेछन् । ।१। फेरि रहन्छ सत्ताको बोली पल पल भित्र , उम्रि रहेकोछ गुटको बीउ हरेक दल भित्र...

सबैले सगैं मिलेर सबैलाई खोला तारेछन् ,
कहिल्यै हात पार्न नसकेको बाजि मारेछन ।
खुशीको मातमा आफ्नो टिमलाई भुलेपछि ,
करिब बिजयको नजिक पुगेको युद्ध हारेछन् ।

।१।
फेरि रहन्छ सत्ताको बोली पल पल भित्र ,
उम्रि रहेकोछ गुटको बीउ हरेक दल भित्र ।
बाहिर एउटा कुरा आउँछ यिनीहरुको तर ,
भित्र अर्कै चलिरहेको हुन्छ छलफल भित्र ।।
।२।
शरहमा मान्छेले मान्छेलाई किन्दा रहेछन् ,
आफ्नैले आफ्नैलाई पनि उछिन्दा रहेछन् ।
अघिपछि हामी छौ.भनरे ढाटस दिनेहरु पनि ,
समस्या परेको बेला झन नचिन्दा रहेछन ।।
।३।
उज्यालो खोजे कहाँ भेटिएला अन्धकार भित्र ,
कहिले सम्म देखिन्छ ?वरदान निराहार भित्र ।
निहत्था पशुहरुको बिभत्स हत्या कहिले सम्म
आफ्नो आकाँक्षा पुरा गर्न देवताको द्वार भित्र ।।

।४।

मेलौली नपा– ७ , बैतडी

प्रकाशित मिति २०७९ पुष २९, शुक्रबार ०६:०९ गते
हजुरको प्रतिक्रिया