विमान दुर्घटना : थप एकको शव भेटियो, एकजनाको शव बुझाइयो

विमान दुर्घटना : थप एकको शव भेटियो, एकजनाको शव बुझाइयो

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २ गते सोमबार १०:०४

पत्रकार त्रिभुवन पौडेल र लोकदोहोरी गायिका निरा छन्त्यालको शवको पोस्टमार्टम गरिएको हो ।
बाँकी शवको भोलि पोस्टमार्टम गरेर परिवारलाई बुझाउने तयारी छ ।

दुई जनाको अवस्था अझै अज्ञात

पोखरा– यती एयरलाइन्सको विमान दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । अब दुई जनाको मात्रै शव फेला पर्न सकेको छैन ।
आज साँझपख फेला परेको शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताउनु भयो । उहाँका अनुसार योसँगै दुर्घटनामा परेका ७० जनाको शव माघ २ गते साँझसम्म फेला परेको छ । उहाँले भन्नुभयो, ‘पछिलो पटक फेला परेको शव सेती खोंचमा भेटिएको हो ।’ अज्ञात रहेका दुई जनाको भोलि बिहानैबाट खोजी कार्य थाल्ने एसपी केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ड्रोन क्यामेराको सहायताले खोजी गर्ने तयारी छ ।
सो जहाजमा चालक दलका ४ सदस्य सहित ६८ यात्रु गरेर ७२ जना सवार थिए ।
अस्पतालमा लगिएका शवमध्ये २४ जनाको मात्रै पोखरामा पोस्टमार्टम गरिने भएको छ । एक जनाको पोस्टमार्टमा गरेर परिवारलाई शव बुझाइएको छ । थप दुई शवको पोस्टमार्टम गरिदै छ।
पोखरा विमान दुर्घटनाः सदाकतको शव परिवारलाई बुझाइयो
यसैबीच, जहाज दुर्घटनामा परेर मृत्यु भएका सदाकत अलिमियाँको शव परिवारलाई बुझाइएको छ । पोखरा महानगरपालिका– १३ मियाँपाटनका २६ वर्षीय मियाँको शव आज माघ २ गते साँझ परिवारलाई बुझाइएको हो । उनको हिजै सनाखत भएको थियो ।
उनको आजै मुस्लिम परम्पराअनुसार अन्त्येष्टि गर्ने पारिवारिक स्रोतको भनाई छ । सदाकत हजका लागि गएकी सानीआमालाई काठमाडौँ पु¥याएर फर्कने क्रममा सो दुर्घटनामा परेका थिए ।
पछिल्लो चरणमा थप तीन वटा शवको पोस्टमार्टम गरिएको छ । पत्रकार त्रिभुवन पौडेल र लोकदोहोरी गायिका निरा छन्त्यालको शवको पोस्टमार्टम गरिएको हो ।
बाँकी शवको भोलि पोस्टमार्टम गरेर परिवारलाई बुझाउने तयारी छ । दुर्घटनामा परेर ज्यान गुमाएका २४ जनाको मात्रै पोखरामा पोस्टमार्टम हुने तयारी छ । बाँकी शव काठमाडौं पठाइने र त्यही पोष्टमार्टम हुने कास्की प्रशासनले जनाएको छ ।

प्रकाशित मिति २०७९ माघ २, सोमबार २२:०४ गते
हजुरको प्रतिक्रिया